Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

हलुवाई सेवा समाजको दोस्रो साधारणसभा सम्पन्न

हलुवाई सेवा समाजको दोस्रो साधारणसभा सम्पन्न

समाचार
पूर्णपुष्टि, पौष ११ हलुवाई सेवा समाज गाईघाट उदयपुरले आफ्नो दोस्रो साधारण सभा गाईघाटको टाउन हलमा शनिवार सम्पन्न गरेको छ । संस्थाले बर्षभरी गरेको सामाजिक कार्यहरुको बिषयमा छलफल गर्दै सभा सम्पन्न गरेको हो । सभामा बार्षिक कार्यक्रमहरुको बारेमा बिश्लेषण गर्दै आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । संस्थाका कोषाध्यक्ष अजय कुमार शाहाले आर्थिक प्रदिवेदन प्रस्तुत गर्नुभयो ।  । यस हलुवाई समाज सेवाले आम समाजका लागि सामाजिक कार्यको काम गर्नुका साथै हलुवाई जातिहरुको विकासमा जोड गर्ने हलुवाई समाज सेवा उदयपुरका अध्यक्ष देव नारायण शाहाले बताउनुभयो । शाहाले यो एउटा जातिविकासमा जोड गर्ने संस्था भएका कारण हलुवाई जातिहरुको आर्थिक, सामाजिक, राजनैतिक जस्ता क्षेत्रमा बिषेश जोड गर्दै अन्य क्षेत्रमा समेत उदाहरणीय काम गर्दै आएको बताउनुभयो । संस्थाका सचिव चन्दन शाहाले संस्थाले हलुवाई जातिहरुको निम्ति ...
प्रदेश नं १ का मुख्यमन्त्री राईबिरुद्ध पनि अविश्वासको प्रस्ताव तयारीमा प्रचण्ड – नेपाल समूह

प्रदेश नं १ का मुख्यमन्त्री राईबिरुद्ध पनि अविश्वासको प्रस्ताव तयारीमा प्रचण्ड – नेपाल समूह

समाचार
पूर्णपुष्टि, पौष ११ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड–नेपाल समूह लागि परेका छन् । संसद विघटन पश्चात बहुमद नपुगेपछि राईको पद पहिल्यै धरापमा थियो । जनताहरुमा पूर्ण विश्वास दिन नसक्ने भन्दै प्रचण्ड नेपालका समूहले राईबिरुद्ध समेत अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड(नेपाल समूहले प्रदेश(१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जनाएको छ । प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड(नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् । २०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजय...
ताप्ली बम काण्ड ः निर्दोष  ठहरीएपछि दुबै जना हिरासत मुक्त

ताप्ली बम काण्ड ः निर्दोष ठहरीएपछि दुबै जना हिरासत मुक्त

समाचार
पूर्णपुष्टि, पौष ११ ताप्लीमा बम पड्काएको आरोपमा विप्लप समूह भनी पक्राउ गरेका २ जनालाई प्रहरीले छाडेका छन् । उनिहरु दुवै जना अनुसन्धानको क्रममा निर्दोष देखिएपछि प्रहरीले छाडेका हुन् । बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरी अनुसन्धा गरिरहेका थिए । जिल्ला विकास समितिका पूर्व सदस्य गौरबहादुर देवकोटा र पविता रपालले आफुहरु नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको प्रतिबन्धित समूहमा नरहेको घोषणा गरेका छन् । विष्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ताप्ली गाउँपालिका ५ का गौरबहादुर देवकोटा र ताप्ली १ पिपलभञ्ज्याङकी पबिता रपालले शुक्रबार छुट्टाछुट्टै बिज्ञप्ती जारी गरी आफुहरु बिप्लव समूहमा संलग्न नरहेको स्पष्ट पारेका हुन् । गाउँपालिकामा बम विष्फोट भएको घट्नापछि  बिप्लब समूहमा संलग्न भएको आशंकामा ६७ वर्षीय देवकोटा र ३० वर्षीया रपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन...
पत्रकार समाललाइ मातृशाेक

पत्रकार समाललाइ मातृशाेक

समाचार
पूर्णपुष्टि, पुस १० । नेपाल पत्रकार महासंघ उदयपुरकी साधारण सदस्य एवम् रेडियाे उदयपुरकी पूर्व स्टेशन मेनेजर पत्रकार अप्सरा समाल मगरलाइ अाज मातृ शाेक परेकाे छ । केही समयअघि देखि क्यान्सर राेगले पिडित उहाँकाे अामा नरमाया समालकाे ७३ वर्षकाे उमेरमा निधन भएकाे हाे । त्रियुगा नगरपालिका १६ स्थित घरमा नै उहाँकाे अामाकाे निधन भएकाे हाे ।...
आज पनि गाईघाटमा प्रमकाे पुत्लादोहनसहित जुलुस प्रदर्शन

आज पनि गाईघाटमा प्रमकाे पुत्लादोहनसहित जुलुस प्रदर्शन

समाचार
पूर्णपुष्टि, पुस १० । प्रधानमन्त्री केपी ओलीको संसद विघटन कदमको विरोध गर्दै आज पनि उदयपुरको सदरमुकाम गाईघाटमा पुत्लादोहनसहित जुलुस प्रदर्शन भयो । जनता समाजबादी पार्टी नेपाल, उदयपुरले प्रधानमन्त्रीकाे प्रत्लादाेहनसहित प्रदर्शन गरेको हो । दिउसो गाईघाटको पुरानो पेट्रोल पोम्प नजिकको पार्टी कार्यलयबाट पार्टिका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । संसद विघटनको विषयलाई लिएर बजारमा नारा जुलुससहित र्याली निकालि पुत्ला दहन गरेका थिए । जुलुसपछि पिपल चोकमा कोणसभा गर्दै प्रम ओलीले गलत कदम नसच्याए कडा आन्दोलन गरिने चेतावनी दिएका छन्।  ...
उदयपुरमा लागुऔषधसहित १ युवा पक्राउ

उदयपुरमा लागुऔषधसहित १ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,पुष १० उदयपुरमा लागुऔषधसहित १ युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–११ बस्ने बर्ष २४ को बिनोद चौधरीलाई  विहिबार प्रहरीले पक्राउ गरेको हो । जिल्लामा हुने अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले चौधरीको साथबाट नोर्फिन–१९ एम्पुल,डाईजेपाम–१९ एम्पुल,लुपिजेसिक–१९ एम्पुल गरी जम्मा ५७ एम्पुल, ३ थान सिरिन्च, १ प्याकेट चुरोट समेत बरामत गरेको छ । पक्राउ परेको चौधरी माथि जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।...
रेष्टुरेन्ट र डिपार्टमेन्टलमा आगलागी, २ करोड ५० लाख बराबरको क्षति

रेष्टुरेन्ट र डिपार्टमेन्टलमा आगलागी, २ करोड ५० लाख बराबरको क्षति

समाचार
पूर्णपुष्टि,पुष १०  जनकपुरधामस्थित एक रेष्टुरेन्ट र डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा २ लाख ५० हजारको क्षति भएको छ । जनकपुरधामको शिवचोकमा रहेको रुफटप रेष्टुरेन्ट र मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार आगलागी  हुँदा ३ घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषा प्रहरीकाअनुसार विद्युत्को तार सट भई आगलागी भएको हो । धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो । जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झि...
१६ थान कौडासहित उदयपुरमा १३ जुवाडे पक्राउ

१६ थान कौडासहित उदयपुरमा १३ जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि,पुष १०  उदयपुरमा आज जुवा खेलिरहेका १३ जना जुवाडे पक्राउ परेका छन् । उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा  उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई–७ का  ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढी–८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन् । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकको आधारमा आज विहान राती ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । जुवाको खालबाट प्रहरीले नगद ५८ हजार ८ सय ५ रुपैया...
माईतीघरमा प्रचण्ड र नेपाल समूहको प्रदर्शन

माईतीघरमा प्रचण्ड र नेपाल समूहको प्रदर्शन

समाचार
पूर्णपुष्टि, पौष १० प्रचण्ड र नेपाल समूह आज माईतीघर मण्डला स्थित प्रदर्शनमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रति आपत्ति जनाउँदै दुवै समूहले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । उनिहरु हामि यहाँ छौ, भन्ने कालो व्यानरका साथ प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा सहभागीहरूले ’प्रतिनिधि सभा विघटन खारेज गर’, ’संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएका छन् । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन् । शुक्रबार बिहान ९ः३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् । उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् ।  ...
कटारीकाे बेलसाेतमा टायर बालेर सडकजाम, दुर्घटनाबाट मृतककाे परिवारलाई क्षतिपुर्तिकाे माग

कटारीकाे बेलसाेतमा टायर बालेर सडकजाम, दुर्घटनाबाट मृतककाे परिवारलाई क्षतिपुर्तिकाे माग

समाचार
पूर्णपुष्टि, पुस १० । सवारी दुर्घटनामा मृत्यु भएकाकाे क्षतिपुर्ति र कारवाहिकाे माग गर्दै सिद्धिचरण राजमार्गकाे मिर्चैया-कटारी सडक अन्तर्गत कटारी नगरपालिका १ बेलसाेतमा अाज विहानदेखि सडक बन्द गरिएकाे छ । हिजाेराती ट्रकले ठक्करबाट मृत्यु भएका सिन्धुली जिल्लाको दुधौली न.पा. ११ धनसरी बस्ने बर्ष ५५ को दिपक कार्कीकाे परिवारलाई उचित क्षतिपुर्तिकाे माग गर्दै सडक जाम गरिएकाे हाे । स्थानीय र कृतकका अाफन्तहरुले टायरसमेत बालेर सडक बन्द गराएका छन् । सडक बन्दले त्यस क्षेत्रकाे यातायात सेवा ठप्प बनेकाे छ । जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालका अनुसार हिजाे राती सिद्दिचरण राजमार्ग अन्तर्गत पर्ने कटारी नगरपालिका -०१ बेलसोत नजिकैकाे चुरे जंगलमा प्रदेश न.३-०२-०१३ प.००७४ नम्बर मोटरसाइकलमा सवार मृतक कार्कीलाई मिर्चैयाबाट कटारीतर्फ आउदै गरेको ना.३.ख ४३२१ नम्बर को ट्रकले पछाडी बाट ठक्कर दिएकाे थियाे । ठक्करबा...