Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

वडावासीहरुलाई  १४ नं वडाको न्यानो कपडा सहयोग

वडावासीहरुलाई १४ नं वडाको न्यानो कपडा सहयोग

समाचार
पूर्णपुष्टि, पौष १० त्रियुगा नगरपालिका वडा नं १४ ले वडावासीलाई न्यानो कपडा वितरण गरेको छ । बिषेशगरी वडाका जेष्ठ नागरिक, अपाङगता, एकल महिला, कम्जोर व्यक्ति, दलित र विपन्न परिवारहरुलाई जाडो बाट बचाउन न्यानो कपडाको सहयोग गरेको वडा अध्यक्ष कुरुङ राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई मध्येनजर गर्दै न्यानो कपडा वितरण गरिएको बताउनुभयो । हाल जाडो मौसमको समयमा कतिपय परिवारहरु न्यानो कपडा विनै रातदिन कटाउन बाध्य रहेको अवस्थामा त्यस्ता परिवारका जेष्ठ नागरिक लगाएत अन्यलाई वडाले न्यानो कपडा वितरण गरेको राईले बताउनुभयो । वडा सचिव रितकुमार राउतका अनुसार एक सय १० जनालाई जाडोमा प्रयोग हुने न्यानो सामाग्रीहरु वितरण गरिएको बताउनु भएको छ । वडाले करिब चार लाख पचास हजार रुपैया बराबरको समाग्री वडावासीलाई बितरण गरिएको राउतले बताउनुभयो । व...
हिंसाका चुनाैती र समाधानका उपाय खाेजियाे

हिंसाका चुनाैती र समाधानका उपाय खाेजियाे

समाचार
पूर्णपुष्टि, पुस १० । काेभिड महामारीकाे समयमा लैंगिक विभेदमा अाधारित हिंसाका चुनाैती र सम्बाेधनका उपायहरु पहिचान गर्ने उद्देश्यले सराेकारवालाहरुबीच जिल्लास्तरीय बैंठक अाज भयाे । महिला पुनर्थापना केन्द्र (अाेरेक नेपाल), शाखा उदयपुरकाे अायाेजनामा भएकाे वैठकले उदयपुरमा हिंसाका चुनाैती र समाधानका उपाय खाेज्ने प्रयास गरेकाे छ । जिल्ला समन्वय प्रमुख खड्ग परियार, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहाल, घरेलु तथा साना उद्याेग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ (चाैधरी), जिल्ला स्वस्थ्य प्रमुख माेहन सुवेदी, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतले चुनाैती र समाधानकाे बारेमा अा-अाफ्ना कुरा राखेका थिए । अाेरेकले सहभागिबाट अाएका कुराहरु टिपाेट गरि भावि दिनमा तयार हुने लैंगिक हिंसाविरुद्धकाे कार्यक्रममा समेट्ने जनाएकाे छ । अायाेजककाे तर्फबाट लैंगिक हि...
नाईजेरियामा नयाँ प्रकारका कोरोना

नाईजेरियामा नयाँ प्रकारका कोरोना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पौष १० कोरोना भाईरस अझै पनि नियन्त्रणमा आउन सकेका छैन् । विश्वभर कोरोना संक्रमण र यसबाट मर्नेको संख्या तिब्र रुपमै छ । कोरोना विश्वमा अन्य नयाँ प्रकारले समेत फैलिन थालेको बिज्ञहरु बताउँछन् । विश्वका बिभिन्न देशहरुमा कोरोनाको नयाँ प्रकार र थप खतरनाक सहित नयाँ स्वरुप सुरु भएको बिज्ञहरुको भनाई छ । हालै नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । ‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक रहेको अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुलाई बताएको छ । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने समते जानकारी दिए । द...
सुमित्राको बिर्से पापीलाई बजारमा

सुमित्राको बिर्से पापीलाई बजारमा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पौष १० लोक दोहोरी गायिका सुमित्रा सत्यालको  बिर्षे पापीलाई बोलको लोकदोहोरी गित बजारमा सार्वजानिक भएको छ । संचारकर्मी तथा कलकार अरविन्द्र गौतम अभिनित ‘बिर्से पापीलाई ‘’ यु ट्युब मार्फत हालै सार्वजनिक भएको हो । सुमित्रा सत्यालको शब्द संगीत तथा आवाजमा रहेको गितमा सुमित्रा सत्यालाई राजु विरही सापकोटाले सुमधुर स्वरमा सहयोग गरेका छन् । प्रेम विछोडको पीडालाई समेटिएको गितको भिडियोमा संचारकर्मि तथा कलकार गौतम र सावित्री श्रेष्ठले अभिनय गरेका छन्् । गायक राजु विरहीको निर्देशन , मरुभूमि नारायणको छायाँकन, रोशन धितालको सम्पादनमा भिडियो निर्माण गरिएको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन् । गीतले आम नेपाली लोक पारखीहरुको मन छुने भिडियोका मोडल अरविन्द्र गौतमको भनाई छ । युवा पुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको गितले निकै दर्शकहरु कमाउन सक्ने गायिका सत्यालको भनाई छ । क...
उदयपुरमा ट्रकको ठक्कर बाट मोटरसाईकल चालकको  मृत्यु

उदयपुरमा ट्रकको ठक्कर बाट मोटरसाईकल चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, पौष १० ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका वडा नं १ वेलस्रोत स्थित बिहिबार साँझको समयमा ट्रकले मोटर साईकलाई पछाडीबाट ठक्कर दिँदा दुधौली नगरपालिका ११ का ५० बर्षिय दिपक कार्कीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिसातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले मोटर साइकल चालकलाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक चालक सप्तरी कन्चनरुप नगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद अफरोज रहेको छ । ट्रक र चालक अहिले ईलाका प्रहरी कार्यलय कटारीको नियन्त्रणमा रहेको डिसपी भण्डारीले बताउनु भएको छ ।    ...
एकताबद्ध भईरहन नेकपा उदयपुरको आह्वान

एकताबद्ध भईरहन नेकपा उदयपुरको आह्वान

समाचार
पूर्णपुष्टि, पौष ९ नेपाल कम्युनिष्ट पार्टी नेकपा उदयपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम प्रति बिरोध जनाउँदै जिल्लाका नेता, कार्यकर्ता, पार्टी पंक्ति र उदयपुरवासी लाई एकताबद्ध भईरहन आह्वान गरेको छ । प्रम ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छचारी भएको भन्दै बिरोध जनाएको हो । बिज्ञप्तीमा कुनै व्यक्तिको भ्रममा नपर्न र निरंकुसताको बिरुद्धमा लड्न आह्वान गरिएको छ । पार्टीको जिल्ला अध्यक्ष विनोद कटुवाल र सचिव इश्वरमणी राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा संसद पुर्नस्थापनाको पक्षमा जोडदार आवाज उठाउन समेत आह्वान गरिएको छ ।  ...
जाडोमा आगो ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु

जाडोमा आगो ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष ९  कञ्चनपुरमा आगो ताप्ने क्रममा एक जना महिलाको जलेर ज्यान गएको छ । पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीकाअनुसार आगोमा परी थापा गम्भीर घाइते भएकी  थिइन् । थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।...
महिला सशक्तिकरण केन्द्र उदयपुरको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

महिला सशक्तिकरण केन्द्र उदयपुरको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

समाचार
पूणर्पुष्टि, पौष ९ महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १२ औँ बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ राजावासको ओरेकमा साधारण सभा सम्पन्न गरिएको हो । ‘समानता र सशक्तिकरणको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ केन्द्रले १२ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।  । साधारण सभामा स्रोत केन्द्रको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदन महिला सशक्तिकरण स्रोत केन्द्रकी कोषाध्यक्ष राधा मगरले प्रस्तुत गर्नुभयो । सो केन्द्रले समाज रुपान्तरणका लागि थुप्रै सामाजिक क्रियाकलाप तथा कार्यक्रमहरु गर्दै आएको छ । बिशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले महिला बिभेदको अन्त्य, लैँङगीक बिभेद, बिशोरीहरुका लागि सीप विकास, बालबिबाहको अन्त्य जस्ता सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ ।...
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष ९  धनकुटामा बसको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल  बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो । आज बिहान ८ बजे धनकुटा–७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री राईलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ९ आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको हो । आज चाँदीको भाउ पनि बढेको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको हो ।...