Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष ९  मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो । बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । करेन्ट लागेर घाईते भएका महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

समाचार
पूर्णपुष्टि, पुष ९ पाँचथरमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेको छ । हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको हो । हत्यामा संलग्न श्रीमान फरार रहेको छ । उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ । रातको १ बजेको समयमा उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै ३० बर्षीया श्रीमती दुर्गा उभरकोटीको हत्या गरेको पाँचथर प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर घटना स्थलमा खटी थप अनुसन्धान भईरहेको जानकारी दिएको छ । हत्यारालाई तत्काल खोजतलास गरी कार्वाही गर्ने पाँचथर प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, पुष ९ १ नम्बर प्रदेशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सुनसरी, झापा र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज–२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा स्थानीय ९० बर्षीय बेचुदास मेहेता घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको कारले ठक्कर दिंदा चौधरीको घाईते भएको प्...
लाहानमा मोटर साईकल दुर्घटना हुँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको मृत्यु

लाहानमा मोटर साईकल दुर्घटना हुँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको मृत्यु

समाचार
पूर्णपुष्टि, पौष ८ लाहान स्थित बसले मोटरसाईकल लाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नायब सुब्बा हरिलाल राईको मृत्यु भएको छ । बुधबार साँझ काठमाण्डौँ बाट पूर्व तर्फ जाँदै गरेको बसले राईको मोटरसाईकललाई ठक्कर दिएका थिए । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् । बसको ठक्करबाट राईसँगै पछाडी सवार अर्का एक जना घाईते भएको बताइएको छ । कामका सिलसिलामा उदयपुरको गाईघाट हुँदै लहान पुगेको बेला नासु राई दुर्घटनामा परेका हुन् । नेपाल निजामती कर्मचारी संगठनका सदस्य रहेका राईको मृत्युमा नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष मोहन भट्टराईले दुःख व्यक्त गरेका छन् ।  ...
उदयपुर घरेलु तथा साना उद्याेग महासंघ र महिला समितिकाे नेतृत्व चयन, नेतृत्वमा मधुकर थापा र विना राइ

उदयपुर घरेलु तथा साना उद्याेग महासंघ र महिला समितिकाे नेतृत्व चयन, नेतृत्वमा मधुकर थापा र विना राइ

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस ८ ।  नेपाल घरेलु तथा साना उद्याेग महासंघ उदयपुरकाे दशाैं जिल्ला अधिवेशनले आज मधुकर थापाकाे अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेकाे छ । बरिष्ठ उपाध्यक्षमा के.बी. ठकुरी, उपाध्यक्ष उदयबहादुर घिमिरे, महासचिव राजेन्द्र भण्डारी र काेषाध्यक्ष पदमा तामाङ चयन भएका छन् । सदस्यहरूमा दिनेश शाह सुडी, दिनेश परियार, रेबीबहादुर राउत, विन्दाकुमारी राउत, विनाेद श्रेष्ठ, खिलराज बस्नेत, भाेटराज राइ (संचारउद्यमी), ज्ञानु श्रेष्ठ,  तिर्थ तामाङ, रविन गुरुङ र मंजु थापा चयन भएका छन् । त्यसैगरी अधिवेशनसंगै भएकाे साताैं महिला जिल्ला सम्मेलनले विनादेवी राइकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । बरिष्ठ उपाध्यक्षमा मणीदेवी राइ, उपाध्यक्ष कुमारी तामाङ, महासचिव सन्जु कार्की गिरी, काेषाध्यक्ष मिना पराजुली काेइराला चयन भएका छन् । सदस्यमा मुना कटुवाल, साेभा खत्री, सिता गुरागाइ,...
उदयपुरमा बलात्कारका घटना बढ्यो

उदयपुरमा बलात्कारका घटना बढ्यो

समाचार
पूर्णपुष्टि, पौष ८ उदयपुरमा बलत्कारको घटना बढेको छ । पछिल्लो एक बर्ष उदयपुरमा बलात्कारका घटना बढेको एक तथ्यांकले देखाएको छ । बलात्कार भित्र सबैभन्दा बढि बालबालिकासँग सम्बन्धित ३८ वटा घटना रहेको इन्सेक प्रतिनिधि भरत खड्काले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बुधबार आयोजना कार्यक्रमको तथ्यांकले यस्तो देखाएको हो । बलत्कार बढी आफन्तैबाट हुने पाईएको पनि तथ्याङकले देखाएको छ । आफ्नै वुवा, आफन्त, छिमेकीबाट बालिकाहरु बलात्कारको सिकार बन्न बालिकाहरु बाध्य भएको पाईएको छ । इन्सेकले बर्ष पुस्तकमा समेटन लागेका घटना मध्ये ३ बर्षदेखि १७ बर्ष उमेर समुहका बालिका बलात्कार रहेको जनाएको छ । तथ्याङका अनुसार मानवअधिकारसँग सम्बन्धित एक सय ६ घटना मध्ये ६० वटा वलात्कार घटना रहेको पाइएको छ । घर, जंगल, बाटो कहीँ पनि बालिका सुरक्षित नरहकाले समाज कता जाँदै छ भन्ने तथ्यांकले चिन्...
गाईघाटमा १५० लिटर घरेलु मदिरा नष्ट

गाईघाटमा १५० लिटर घरेलु मदिरा नष्ट

समाचार
पूर्णपुष्टि, पौष ८ त्रियुगा नगरपालिका १३ हवाईफिल्डमा बिक्रि गर्न लागिएको १५० लिटर अबैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैध रुपमा घरेलु मदिरा उत्पादन र बिक्रि बितरण भईरहेको भन्ने बिषेश सूचनाको आधारमा मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम प्रसाद दाहालले बताउनुभयो । मदिरा सँगै २० लिटर मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ समेत नष्ट गरेको एसपी दाहालले बताउनुभयो ।...
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको १० औँ जिल्ला अधिवेशनको उद्घाटन

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको १० औँ जिल्ला अधिवेशनको उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि,  पौष ८ नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको १० औँ महाधिवेशन तथा साताैं महिला जिल्ला सम्मेलनकाे उद्घाटन बुधबार गाईघाटमा भएको छ । प्रदेश नं १ काे उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बिजयकुमार बिश्वासले कार्यक्रमको उद्घाटन गर्नुभयो । अधिवेशनसँगै महासंघले ७ औँ महिला सम्मेलन समेत गरेकाे छ । राज्यमन्त्री बिश्वासले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । साना उद्योग क्षेत्रलाई सफल बनाउँदै आत्मानिर्भरमुखि बनाउनकाे निम्ति स्थापना भएको महासंघले उद्योग, व्यवसायीहरुको लागि काम गर्दै आएकाे छ ।महासंघले बिषेश गरी साना उद्योग र लघु तथा साना उद्याेगीहरुलाई प्रोत्साहन गर्ने, उनिहरुका लागि वातावरणा सरल सहज बनाउन पहल गर्ने जस्ता काम माहासंघले गर्दै आएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री बिश्वासले नेपालमा आधुनिक प्रविधिको अभावले  हाम्रो उत्पादन चियासम्म भारतमा ल्...
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पद पनि जोखिममा

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पद पनि जोखिममा

समाचार
पूणर्पुष्टि, पौष ८ प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि ६ वटा प्रदेशमा समीकरण फेरबदलको गणित सुरु भएको छ ।  प्रचण्ड नेपाल र ओली पक्षीय सांसदहरु एकआपसमा बाँडीएपछि ६ ओटा प्रदेशका मन्त्रिहरुमा फेरवदलको संका सुरु भएको छ । पार्टी विभाजनले प्रदेश सभामा पर्ने असरको जोडघटाउ अहिलेदेखि नै शुरु भइसकेको छ । पार्टी विभाजनले सबैभन्दा अप्ठ्यारोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पारेका छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ सांसद छन् । जसमध्ये अध्यक्ष प्रचण्ड र माधव नेपालको पक्षमा ४७ र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको पक्षमा अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० सांसद मात्रै छन् । प्रमुख प्रतिपक्षी कांग्रेससहितका अन्य दलहरूसँग मिल्दासमेत राईले बहुमत पुर्याउन नसक्ने स्थिति छ ।...
आज सुनको भाउ फेरी सस्तीयो

आज सुनको भाउ फेरी सस्तीयो

समाचार
पूणर्पुष्टि, पौष ८ सुनको भाउ फेरी घटेको छ । बुधबार प्रतितोला ९ सयले सुनको भाउ घटेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला रु ९०० ले ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा बुधबार भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।...