Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

मेसीले पेलेको किर्तिमान तोड्यो

मेसीले पेलेको किर्तिमान तोड्यो

खेलकुद, समाचार
पूणर्पुष्टि, पौष ८ एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान मेसीले तोडेका छन् । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गर्दै पेलेको किर्तिमान तोड्न सफल भएका हुन् । ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए । जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३(० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।...
नेपाल वार एशोसिएशनको ६४ औँ स्थापना दिवस मनाईयो

नेपाल वार एशोसिएशनको ६४ औँ स्थापना दिवस मनाईयो

समाचार
पूर्णपुष्टि, पौष ७  नेपाल वार एशोसिएशन उदयपुरले न्याय सम्पादनमा कानुन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया गर्दै ६४ औं स्थापना दिवस मनाएको छ । न्यायिक तथा अर्धन्यायिक निकायका विशेष ब्यक्तित्वहरुको उपस्थितिमा भएको अन्तरक्रियामा पिडितलाई क्षतीपूर्तीसहित न्याय र पिडकलाई उचित सजाय दिलाउन कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताइएको छ । नागरिकहरुलाई कानुनी साक्षरता बढाउनमा पनि कानुन व्यवसायीहरुको उत्तिकै भूमिका रहने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिस दिपक खनालले न्यायको क्षेत्रमा काम गर्ने जो कोहीले समाजप्रति पूर्ण उत्तरदायि बन्दै आफु र आप्mनो पेशाको मर्यादा पालना गर्नुपर्ने बताउनुभयो । पिडितलाई क्षतिपूर्तीसहित न्याय दिलाउनु र दोषीलाई उचित सजाय दिनु नै न्यायको अन्तिम ध्येय रहेको भन्दै उहाँले त्यसप्रति सबैको भूमिका हुनुपर्ने बताउनुभयो । न्याधिस उत्तम सिलवालले स...
ओली र दाहाल दुवै समूह आ-आफ्नै समूहमा केन्द्रीय सदस्या तानातान

ओली र दाहाल दुवै समूह आ-आफ्नै समूहमा केन्द्रीय सदस्या तानातान

समाचार
पूणर्पुष्टि, पौष ७ बहुमदका लागि ओली र प्रचण्ड समूह केन्द्री सदस्य तानातानमा लागि परेका छन् । आफ्नो पक्षमा बढीभन्दा बढी केन्द्रीय समिति सदस्यहरू देखाउनका लागि उनिहरु सदस्य लुछाचुँडीमा लागि परेका हुन् । बालुवाटारमा ९ बजे बोलाइएको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक अझै सुरु हुन सकेका छैन । बैठकमा उपस्थित एक नेताका अनुसार बढि भन्दा बढी केन्द्रिय सदस्य जम्मा गर्ने काम भइरहेकाले केही समय ढिलोगरी मात्रै बैठक सुरु हुने बताउनुभयो । ’ यता दाहाल(नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने तय गरेको छ । यसरी दुवै पक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनतिर लागेको छ । दाहाल(नेपाल पक्षले भने आफ्नो पक्षमा सबै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । ’सबै केन्द्रीय सदस्...
ओली, प्रचण्ड र नेपाल समुहका केन्द्रीय सदस्यहरुको नामवली, कुन समूहमा को कती ?

ओली, प्रचण्ड र नेपाल समुहका केन्द्रीय सदस्यहरुको नामवली, कुन समूहमा को कती ?

समाचार
पूर्णपुष्टि, पौष ७ नेकपाले पार्टी फुटको अन्तिम तयारी गरिरहेका छन् । संसद बिघटनकै दिन देखी प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड ) समूह आआफ्नै पक्षीय नेताहरु सँग छलफल चलाउँदै आईरहेका छन् । सोबार पनि दुई समूह आफ्नो पक्षीय नेताहरु सँग छलफलमै व्यस्त भए ।  ओली, प्रचण्ड र नेपाल पक्षीय केन्द्री सदस्यहरु सबै आआफ्नै पक्षमा छुटिसकेका छन् । ओली, प्रचण्ड र नेपाल समूहका केन्द्रिय सदस्यहरुको नामवली यस प्रकारको छ ।  ओली समूहका केन्द्रीय सदस्यको नामावली केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकार...
उदयपुरको कोभिड अस्पताल भवन उद्घाटन

उदयपुरको कोभिड अस्पताल भवन उद्घाटन

समाचार, स्वास्थ्य
प्रकाश राई पूर्णपुष्टि, पौष ६ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ सातधारेमा रहेको कोभिड अस्पतालको भवन सोमबार उद्घाटन भएकोे छ । अस्पतालको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र स्वीजरल्याण्डका राजदुत एलीजाबेथ भोन क्यापेलरले संयुक्त रुपमा गर्नुभयो । भवन निर्माणका लागि स्वीजरल्याण्ड सरकारको तर्फबाट १ करोड ५० लाख, उदयपुरका ४ नगरपालिकाबाट १५ लाखको दरले ६० लाख र ४ गाउँपालिकाबाट १० लाखको दरले ४० लाख सहयोग जुटेको मेयर राईले बताउनुभयो । भवनमा १० ओटा कोठा बिरामी उपचारका लागि रहेका छन् । भने १ ओटा फिबर क्लिनिक, १ ओटा रिसिप्सन, १ ओटा डाक्टर कोठा र १ ओटा नर्स कोठा रहेको छ । भवन र बिभिन्न प्रयोजनका कोठहरु अत्याधुनिक हिसावले निर्माण गरिएको इन्जीनियर सागर खड्काले बताउनुभयो । उद्घाटन समारोहमा मन्त्री जिवन घिमिरेले यो अस्पताल इतिहासिक सफलताको रुपमा निर्माण भएको बताउनु भएको छ । घिम...
उदयपुरमा ब्राउन सुगर कारोबारी एक महिला सहित ३ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर कारोबारी एक महिला सहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर ६ जिल्ला प्रहरी कार्यालय उदयपुरले ब्राउन सुगर सहित ३ जनालाई आईतबार पक्राउ गरेको छ । एक महिला सहित छुट्टा छुट्टै स्थानबाट ३ जना पक्राउ परेका हुन् । गाईघाटको मेन चोकमा ब्राउन सुगर ल्याई राखेको भन्ने बिषेश सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ का ३० बर्षिय (जोनसेना) भन्ने सुमन बस्नेत पक्राउ परेका छन् । उनिका साथ बाट ०.२० ग्राम ब्राउन सुगर र ९ हजार ६ सय २० रुपयाँ नगद, स ११ प ६५९६ नम्वरको स्कुटर समेत प्रहरीले बरामद गरेका छन् । बस्नेतलाई पक्राउ गरी सोधि खोजी गर्दा त्रियुगा नगरपालिका १४ साउने घर भई त्रियुगा नगरपालिका १२ भाडामा बस्ने पार्वती मगर समेत यस कार्यमा संलग्न भन्ने बुझिएपछि निज मगरको कोठामा खान तलासी गर्दा २०.३४ ग्राम ब्राउन सुगर, ५७ हजार ८ सय नगद र ब्राउन सुगर प्रयोग गर्ने प्लेट, बिलेट, चुरोट, र सिक्का पैसा समेत फेला पारेको हुदा निज मगर समेतलाई नियन्त्रणमा लिई अनु...
संसद विघटन असंवैधानिक रहेको कानुन व्यवसायीको ठहर

संसद विघटन असंवैधानिक रहेको कानुन व्यवसायीको ठहर

समाचार
पूर्णपुष्टि, पौष ६ आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन असंवैधानिक रहेको कानुन व्यवसायीहरुले ठहर गरेका छन् । सोमवार नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निर्णय असंवैधानिक हुने व्यवसायीहरुले बताएका छन् । उक्त छलफलमा बोल्दै कानुन व्यवसायीहरू युवराज संग्रौला, टीकाराम भट्टराई, शम्भु थापालगायतले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई मान्यता नदिन आग्रह गरेका हुन् । कानुन व्यवसायीहरूका कुरा सुनेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे आजै बेलुकीसम्म आफूहरू निर्णयमा पुग्ने बताएका छन् । कानुन व्यवसायीहरुले ‘संविधानमा संसद विघटनका केही निश्चित परिस्थिति रहेको बताउँदै अहिले ती कुनै पनि परिस्थिति नरहेको बताएका छन् ।    ...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,पुष ६  आज सुनको भाउ बढेको छ । हिजो तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो । चाँदी तोलामा ४० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
प्रचण्ड उपाध्यक्षसरहको व्यक्ति हुन् ः ओली

प्रचण्ड उपाध्यक्षसरहको व्यक्ति हुन् ः ओली

समाचार
पूर्णपुष्टि, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उपाध्यक्षसरह व्यक्तिको रुपमा रहेको बताउनुभएको छ । दोस्रो अध्यक्ष भनेकै उपाध्यक्षसरह हुने भएकाले पनि मलाई कार्वाही गर्ने कुनै अधिकार नरहेको र कार्वाही गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ओली समूहपक्षीय छलपलमा सहभागी एक सांसदका अनुसार ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने समेत दाबी गरेको बताउनुभयो । ‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो । त्यो भनेको उपाध्यक्षसरहको हो । अहिले पनि  पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै सांसदले भन्नुभयो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्य...
लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, पुष ६  सुनसरीको भोक्राहा नर्सिङ–४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिङ–३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका–२ का ३७ बर्षीय सुरज राम पक्राउ परेका हुन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका  दुबैजनालाई आज विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध बरामद गरेको हो । पक्राउ परेका दुबै जना माथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।...