Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

पूर्वसमूह सँग बादलको आफ्नै भेला

पूर्वसमूह सँग बादलको आफ्नै भेला

समाचार
पूर्णपुष्टि, पुष ६ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधान्मन्त्री केपी शर्मा ओली आ–आफ्नो पक्षीय समूह सँग छलफल गर्दै रणनीति बनाउन व्यत भईरहेका बेला गृहमन्त्री राम बाहादुर थापा (बादल) पनि आफ्नो पूर्व समूह सँग छलफलमा बसेका छन् । उनि प्रचण्ड र ओली कुनै पनि समूहमा नगई आफ्नो पूर्वसमूह सँग पुलचोकमै छलफलमा बसे । आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि  बादलले केपी शर्मा ओली क्याबिनेट छोडेका थिएनन् । उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो । समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन् । बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेका स्रोतले बताएको छ । सोमबार बिहान प्रधानमन्त्...
झापामा रूखबाट लडेर एकको मृत्यु

झापामा रूखबाट लडेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि,पुष ६ झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाह्रदशी–५ स्थित बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु  भएको हो । आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर  घाँस झार्ने क्रममा अचानक लडेर लिम्बु बेहोस भएको प्रहरीले सजनाएको छ । लिम्बुलाई उपचारको लागि बि.एण्ड.सी अस्पताल बिर्तामोडमा लगिएको थियो । उपचारको क्रममा उनको सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन प्रचण्डको आग्रह

पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन प्रचण्डको आग्रह

समाचार
पूर्णपुष्टि, पुष ६ पुष्पकमल दाहाल प्रचण्डले सबैलाई एक भईकन उभिन आग्रह गर्नुभएको छ । सोमवार प्रेस विज्ञाप्ती जारी गर्दै दाहालले पार्टी एकतालाई कम्जोर बनाउनेहरु विरुद्ध एकताबद्धमुखी भई उभिन पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, पार्टी पंक्ति र जनसमुदायहरुमा आग्रह गर्नुभएको हो । आईतबार प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक, निरकुंश, पश्चगामी कदमलाई पार्टीको स्थायी कमिटि बैठकमा बिरोधको भत्र्सना गरीएको उल्लेख गर्दै यसले पार्टीलाई कुनै असर नपार्ने समेत बताउनभुयो । नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका दाहाल संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने पनि दाबी गर्नुभयो ।  ...
कांग्रेसद्धारा ४ बजे सर्वदलीय बैठकको आह्वान

कांग्रेसद्धारा ४ बजे सर्वदलीय बैठकको आह्वान

समाचार
पूर्णपुष्टि, पुष ६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ४ बजे केन्द्रीय पार्टी कार्यलय सानेपा सर्वदलीय बैठकका लागि आह्वान गरेका छन् । पार्टी सभापति शेबवहादुर देउवाले  सर्वदलीय वैठकका लागि आह्वान गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको बताए । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ । आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए ।  ...
ओली पक्षीय सांसदहरुको बलुवाटरमा  छलफल

ओली पक्षीय सांसदहरुको बलुवाटरमा छलफल

समाचार
पूर्णपुष्टि, पुष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरु सँग सोमवार वालुवाटारमा छलफल भेला गराएको छ । ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग  छलफल गरेका छन् ओली निकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन् । पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन् आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए । साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्न लागेका हुन् । यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर बानेश्वरस्थित संसद भवनको ल्होत्स...
संसद विघटनप्रति कांग्रेस सहित बिभिन्न दलको बिरोध

संसद विघटनप्रति कांग्रेस सहित बिभिन्न दलको बिरोध

समाचार
पूर्णपुष्टि, पुष ६ आईतबारको संसद विघटनको बिरोध गर्दै बिभन्न दलहरु आन्दोलनमा उत्रिने भएको छ । असंबैधानिकपूर्ण तरिकाले संसद विघटन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत अन्य दलहरुले यसप्रति आपत्ति जनाएको छ । कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । त्यस्तै कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने र बाहिर रहेका राजनीतिक दलहरूसँग छलफल गर्न सोमबार सर्वदलीय बैठक बोलाएको छ । सत्तारुढ दल नेकपाको असन्तुष्ट पक्षसहित कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा विघटनको विरोधमा एकमत भएका छन् । तीन दलले सरकारको कदमको संयुक्त रूपमा विरोध गर्ने निर्णयसमेत गरेका छन् ।  ...
आजबाट ओली समूह र प्रचण्ड समूह अलगिए

आजबाट ओली समूह र प्रचण्ड समूह अलगिए

समाचार
पूर्णपुष्टि, पुष ६ संसद विघटन भएपछि केपी शर्मा ओली र प्रचण्डको गुट अलगिएका छन् । आज बाट ओली समूहको छलफल बालुवाटार र प्रचण्डको बानेश्वरमा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ । आईतबार संसद विघटन पछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । त्यसका लागि ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।  ...
सांसद विघन सँगै आन्दोलन चर्किन सक्ने

सांसद विघन सँगै आन्दोलन चर्किन सक्ने

समाचार
पूर्णपुष्टि, पुष ६ सुरक्षा विश्लेषकहरुले आन्दोलन चर्किन सक्ने बताएको छ । आईतबार प्रधान्मन्त्रीको सिफारिसमा सांसद विघटन भएपछि देशैभर बिभिन्न पार्टी, विद्यार्थी तथा कार्यकरताहरु सडकमा उत्रिन थालेका छन् । देशैभरी सांसद विघटनको चर्को विरोध र राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहन समेत भएको छ । आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका तर, विवादमा परेका नेताको निवासमा उच्च सतर्कता अपनाइएको छ । उच्च प्रहरी अधिकारीका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरुको निवासमा सुरक्षा सतर्कता अनाइएको छ । सोमबारदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र नेता माधव नेपालको निवासमा पनि सुरक्...
ट्रकले किचेर उदयपुरमा १ जनाको मृत्यु

ट्रकले किचेर उदयपुरमा १ जनाको मृत्यु

समाचार
 पूणर्पुष्टि, पुष ५ उदयपुरगढी गाउँपालिका ७ नेपालटार रातमाटामा ट्रकले किचेर आइतबार  १ जनाको मृत्यु भएको छ । मृतक ट्रककै सहचालक ४५ बर्षिय पुर्श बहादुर कार्की रहेको जनाइएको छ । कटारी नगरपालिका घर भएका मृतक कार्कीलाई आफै काम गर्ने ना २ क ९ नम्वरको माल बाहक ट्रकले किचेको हो । उनको घटना स्थलमै मृत्यु भएको छ । घट्ना स्थलमा प्रहरीले प्रकृति मुचुल्का समेत उठाई सकेका छन् । ट्रकले ढुँगा ढुवानी गर्दै जलजले तर्फ आउँदै गर्दा दुर्घटना भएको बताइएको छ ।    ...
बिराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको तेस्रो शाखा गाईघाटमा स्थापना

बिराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको तेस्रो शाखा गाईघाटमा स्थापना

समाचार
पूणर्पुष्टि, पुष ५ मुख्य कार्यालय बिराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको तेस्रो शाखा गाईघाटमा स्थापना भएको छ । गाईघाटको हिमाली टोल स्थित पुरानो सगरमाथा डिपार्टमेन्ट रहेको घरमा यसको शाखा विस्तार भएको छ । आईतबार त्रिुयुगा नगरपालिका मेयर बलदेव चौधरीले शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले समृद्ध त्रियुगा नगरका लागि सहकारी स्थापनाले थप सहयोग पुराउने बताउनुभयो । मेयर चौधरीले तुलसी बहुमुखी सहकारीले समृद्ध त्रियुगा नगरका लागि ठुलो भुमिका खेल्ने र त्यसका लागि थप एउटा इटा थपिएको बताउनुभयो । त्रियुगा नगरमा भएको बिभिन्न कृषि खाद्यन्न उत्पादनलाई समेत सहकारीले खरिद गरी बजारीकरण गर्न नगर प्रमुख चौधरीले सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मालाई गर्नुभएको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष केदारनाथ शर्माले स्थानीय उत्पादनलाई पनि खरिद गरी बजार पठ...