Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

विद्यार्थीद्धारा उदयपुरमा सांसद विघटनको चर्को विरोध

विद्यार्थीद्धारा उदयपुरमा सांसद विघटनको चर्को विरोध

समाचार
पूर्णपुष्टि, पुष ५ उदयपुरमा विद्यार्थीहरुले सांसद विघटनको चर्को विरोध गर्दै प्रधान्मन्त्रि केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । आईतबार अचानक केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद विघटनको सूचना जारी गरेपछि देशैभरी यसको चर्को विरोध भईरहेको छ । गाईघाटको पिपलचोक स्थित प्रधान्मन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिभिन्न मुर्दावादको नाराजुलुस गर्दै चर्को विरोध गरेका थिए । नेवी संघ र अनेरास्ववियु निकटका विद्यार्थीहरुले आफ्नो स्वार्थमा रहेर पद ओगेटेको आरोप लगाउँदै अन्तिममा देश र जनतालाई ओलीले धोका दिएको विरोधमा जनाइएको छ । पुलिसले विरोध रोक्दा रोक्दै पनि उनिहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला लुकिछिपि जलाईकन छाडेका छन् ।  ...
संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्लाकी भन्ने जनअपेक्षा पुरा भएन

संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्लाकी भन्ने जनअपेक्षा पुरा भएन

समाचार
पूर्णपुष्टि, पुस ५ गते । संसद विघटनको प्रस्तावलाई आज राष्ट्रपतिले रोक्ला की भन्ने जनअपेक्षा थियो तर, त्यो पुरा भएन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएपछि जनअपेक्षा पुरा नभएको हो । विहान मन्त्री परिषद्को बैठकपछि प्रम ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजानुभएको थियो । यस्तो प्रस्ताव राष्ट्रपति समक्ष लगेको खबर लगत्तै सामाजिक सञ्जालहरुमा नागरिकहरुको तहबाटसमेत त्यो गलत हो भन्दै राष्ट्रपतिले रोक्ने आशा ब्यक्त गरेका थिए । तर, राष्ट्रपति भण्डारीले सिफारिसको आधारमा संसद विघटन गर्नुभएको छ । संसद विघटनसंगै राष्ट्रपति भण्डारीले आमनिर्वाचनको मिति समेत तोक्नु भएको छ । ताजा जनादेशका लागि भन्दै २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन तोक्नु भएको छ । अहिले प्रधानमन्त्री ओलीको यो कदम गलत भएको भन्दै...
कोरोना परिक्षण घट्यो, मृत्यु दरको संख्या जटिल

कोरोना परिक्षण घट्यो, मृत्यु दरको संख्या जटिल

समाचार
पूणर्पुष्टि, पुष ५ नेपालमा कोरोना मृत्युदर संख्या जटिल बन्दै गएको छ । कोरोना परिक्षण बाट सरकार पछि हटेपछि कोरोना संक्रमण संख्या घटेपनि मृत्युदर भने तिव्र बन्दै गएको छ । देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ । नोभेम्बर ४ मा ३० जनाको मृत्यु भएको थियो भने नोभेम्बर ३० मा २९ जना र नोभेम्बर २५ मा २८ जनाको मृत्यु भएको थियो । पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् । ...
गिरिबन्धु प्लाष्टिक उद्योगका सञ्चालक गिरीद्धारा मुसर वस्तीका २० परिवारलाई ब्लाङकेट सहयोग

गिरिबन्धु प्लाष्टिक उद्योगका सञ्चालक गिरीद्धारा मुसर वस्तीका २० परिवारलाई ब्लाङकेट सहयोग

समाचार
पूणर्पुष्टि, पुष ४ गिरिबन्धु प्लाष्टिक रिसाईकलिङ यद्योगका संञ्चालक प्रदिप गिरीले जाडोको समयमा २० परिवारलाई ब्लाङ्केट वितरण गर्नुभएको छ । चौदण्डीगढी नगरपालिका ९ का २० मुसहर परिवारलाई ब्लाङकेट सहयोग गर्नुभएको हो । गिरीले आफ्नो २८ औँ बैबाहिक बार्षिकउत्सवको अवसर पारेर जाडोको समाग्री वितरण गर्नुभएको हो ।  त्रियुगा नगरपालिका ३ मोतिगडाका उद्योग संञ्चालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य गिरीले परिवारसहित चिसोबाट बच्न २० मुसहर परिवारलाई ब्लाङ्केट वितरण गर्नुभएको हो । केही दिन अघि मात्रै हडियामा आगलागी पिडित हरि वहादुर बस्नेतको परिवारलाई पनि लत्ता कपडा र भाडा वर्तन सहयोग गर्नुभएको थियो । भान्साकोठाको पछाडीबाट अचानक आगलागी हुँदा ढुङ्गा, माटो र काठले बनेको टीनको छाना भएको दुई तले कच्ची घर, घर भित्र रहेको अन्दाजी ५० मुरी धान, लत्ताकपडा, भाडाकुडा, नगद पैसा लगायत सम्पूणर...
पक्राउ पुर्जी आदेश पछि श्रीराम उद्योगले किसानको खातामा पैसा पठाउन सुरु गर्यो

पक्राउ पुर्जी आदेश पछि श्रीराम उद्योगले किसानको खातामा पैसा पठाउन सुरु गर्यो

समाचार
पूणर्पुष्टि, पुष ४ सर्लाहीका श्रीराम चिनी उद्योगले उखु किसानलाई पैसा पठाउन सुरु गरेको छ । आफ्नो भुक्तानीका लागि काठमाण्डौँ माईतीघरमा प्रदर्शनमा रहेको किसानहरुको माग सम्बोधन गर्दै नेपाल सरकारले श्रीराम उद्योकाका संञ्चालक सहित ३ जना बिरुद्ध ठगि मुद्धामा पक्राउ पुर्जी जारी गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ दिन भित्र उखु किसानहरुको भुक्तानी बुझाउने प्रतिबद्धता सँगै उद्योगहरुलाई कडा एक्सन चालेका थिए । शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताउनुभयो । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ,’ सिंहले भन्नु भयो, ‘हामीले निगरानी गरिरहेका छौं ।’ यता अर्का उद्योग अन्नपूणर्को खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । सर्लाहीकै अर्का अन्नप...
नेपाली सेनाले उदयपुरमा निर्माण गरयाे बाह्रै महिना तरकारी उत्पादन हुने ग्रिन हाउस

नेपाली सेनाले उदयपुरमा निर्माण गरयाे बाह्रै महिना तरकारी उत्पादन हुने ग्रिन हाउस

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस ३ गते । नेपाली सेनाले आफ्ना भुतपूर्व सैनिकहरुको आय आर्जन बृद्धिको लागि ग्रीन हाउस निर्माण गरेको छ । मौसमी तथा बेमौसमी विभिन्न किसिमका तरकारीखेती गरी भूतपूर्व सैनिकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले त्रियुगा नगरपालिका वडा १३ असारीमा १० वटा ग्रिन हाउस निर्माण गरेको हो । नेपाली सेनाको सिघ्र प्रभाव आयोजना अन्तर्गत १० लाख बजेटमा ग्रीन हाउस निर्माण गरि भुतपूर्व सैनिक सहकारी संस्था, उदयपुरलाई हस्तान्तरण गरिएको छ । ग्रीन हाउस निर्माण सम्पन्न भएसंंगै एक समारोहकाबीच नेपाली सेनाको पूर्वी पृतनापती सन्तोष कुमार ढकालले सहकारी संस्थालाई हस्तान्तरण गर्नुभयो । भूतपूर्व सैनिकहरु विदेश पलायन हुनु नपरोस्, स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्दै लैजाने उद्देश्यका साथ ग्रिन हाउस निर्माण गरेको पूर्वी पृतनापती ढकालले बताउनुभयो । ग्रीन हाउसमा १२ महिना नै बेमौसमी तरकारी खेती गर्न सकि...
अपराधमुक्त समाजका लागि पुस्तकालयको महत्व

अपराधमुक्त समाजका लागि पुस्तकालयको महत्व

समाचार
पूणर्पुष्टि, पुष २ पछिल्लो समय समाजमा चेतनाहरु थुप्रै बढिरहेको छ । तर पनि सामाजिक अपाराधको चाप भने घट्न सकेको छैन । सामाजिक बिक्रि विसंगती न्युनिकरण्का लागि बिभिन्न चेतनामुलक कार्यक्रमहरु भएपनि अपराध रोकिएको छैन् । अपराधमुक्त समाजका लागि नगरदेखि घरघर सम्मको कार्यक्रमहरु बर्षेनी गर्दै आईरहेको भएपनि यस बिषयमा सम्बन्धित निकायहरु सँग कम छलफल भएको एक कार्यक्रमले उल्लेख गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकाको आयोजनामा संगम पुस्तकालयको हलमा आयोजित कोरोना भाईरस नियन्त्रण तथा अपराधिक मुक्त समाजका लागि नगरदेखि घरघर सम्म सामुदायीक सचेतना कार्यक्रममा काम र कार्यन्वयन सम्बन्धि कुनै बहस नभएको कार्यक्रममा छलफल भएको छ ।अपराधमुक्त समाजका लागि स्थानीय सरकार, प्रशासन, प्रहरी, नागरिक समाज, बालबालिका, विद्यालय लगाएतको आयोजना तथा समन्वयमा नगरदेखि घरघर सम्म कार्यक्रमहरु प्रत्येक बर्ष भईनै रहेको छ तर पनि...
उदयपुरको हडियामा आगलागी, १० लाख बराबरको क्षती

उदयपुरको हडियामा आगलागी, १० लाख बराबरको क्षती

समाचार
पूर्णपुष्टि, पुष ३ उदयपुरको चौदण्डीगढी–९ हडीयामा आगलागी हुँदा १० लाख बराबरको क्षती भएको छ । हडियाको मुसहर्नीया स्थित स्थानीय हरिबहादुर बस्नेतको टिनको छानो भएको घर र गोठमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको हो । मानवीय क्षति नभए पनि सो आगलागीबाट ४ वटा खसी र बाख्रा, ५० मुरी धानसंगै अन्य लत्ताकपडा भाडावर्तनसहित सम्पत्ति जलेर नष्ट भएको प्रहरी चौकी हडियाले जनाएको छ । प्रहरीकाअनुसार आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । चौदण्डीगढी र त्रियुगा नगरपालिकाको वारुणयन्त्रले पछि आगोलाई नियन्त्रणमा लिएको स्थानीयहरुको भनाई रहेको छ ।...
चिसो अझै बढ्न सक्ने, मौसम पूर्वानुमान

चिसो अझै बढ्न सक्ने, मौसम पूर्वानुमान

समाचार
पूर्णपुष्टि,पुष ३ आज बिहान नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । पुष ३ गते शुक्रबार दिउँसो प्रदेश नं. १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । प्रदेश नं. १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा राति आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाकाअनुुुसार पुष ४ गते शनिबार दिउँसो प्रदेश नं. १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू...
काम ढिलो गरेको भन्दै मालपोत कार्यालय तोडफोड

काम ढिलो गरेको भन्दै मालपोत कार्यालय तोडफोड

समाचार
पूणर्पुष्टि, पुष ३ काम ढिलो गर्ने पर्वतको मालपोत कार्यालय एक सेवाग्राहीद्धारा तोडफोड भएको छ । समयमै आफ्नो काम नगरी ढिला सुस्ति गरेको भन्दै कार्यालय तोडफोड गरेका हुन् । पर्वत जिल्लाको जलजला गाउँपालिका-३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयभित...