रेशम चौधरीलाई जन्मकैदको फैसाला, ३ बर्ष जेल सजाय सुनाएको लक्ष्मण चौधरीलाई पनि जन्मकैद
पूणर्पुष्टि, पुष २
टिकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्यामा संलग्न भएको आरोपित रेशम चौधरीलाई जन्मकैदको फैसाला सुनाएको छ । उच्च अदालत दिपायलले वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि जसपाका सांसद रेशम चौधरी सहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई पनि उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत कैलालीको फैसलाअनुसार तिन वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो ।
जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ल...









