Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर १७ सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–११ का २३ बर्षीय अनिल साहलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–३ बाट लागुऔषध सहित साहलाई पक्राउ गरेको हो । उनको साथबाट १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल लागुऔषध बरामत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ओखलढुङगामा नवनिर्मित २ वटा प्रहरी कार्यालय भवनको उद्घाटन

ओखलढुङगामा नवनिर्मित २ वटा प्रहरी कार्यालय भवनको उद्घाटन

समाचार
पूर्णपुष्टि,मंसिर १७  ओखलढुङगामा नवनिर्मित २ वटा प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको समुद्घटान भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुबिधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुबिधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक कार्कीले गाँस ...
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर १७  सुनसरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नर्सीङ गाँउपालिका–८ बस्ने १० बर्षीया रेहना खातुनको मृत्यु भएका हो । आज विहान पौने १० बजे भोक्राहा स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको  ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउ  नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
जाडो मौसममा भूलेर पनि नगर्नुस यी ५ गल्ती

जाडो मौसममा भूलेर पनि नगर्नुस यी ५ गल्ती

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर १६ जाडो मौसमको सुरुवात संगै देशैभर स्वभाविकरुपमा चिसो अत्याधिक बढ्दै गएको छ । विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ भने तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको र चिसो बढ्दै गएकोले यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा मानिसहरुले गर्ने साना–साना गल्तीले शारिरिक स्वास्थामा  गम्भीर असर समेत पार्न सक्छ । चिसोको सुरुवातसंगै साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नु अतिआवश्यक छ । धेरै खाना  जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ । कम पानी जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदि...
६० बर्षिय फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

६० बर्षिय फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर १६ ६० बर्षिय एक फ्रान्सेली नगरिक कृष्टियन सर्ज हेनरी नौगारेट पोखरा बाट सोमबार पक्राउ परेका छन् । उनलाई बाल यौन दूराचारको आरोपमा पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रशासन शाखाले जनाएको छ । पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट उनलाई पक्राउ गरिएको छ । उनलाई बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउने प्रयोजनार्थ आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाईएको सीआईबीले जनाएको छ । उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यौन दुराचारमा परेका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आएको पाइएको छ ।    ...
चौदण्डीगढीका उप प्रमुख र अधिकृतसहित ११ जना कोरोना मुक्त

चौदण्डीगढीका उप प्रमुख र अधिकृतसहित ११ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर १६ उदयपुररको कोभिड अस्पताल साधधारेबाट ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएको छ । चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरी र प्रशासकीय अधिकृत धुर्वराज आचार्य सहित ११ जना कोरोनाबाट मुक्त भएको चौदण्डगढी नगरपालिको मेयर खगेन्द्र राईले बताउनुभयो । १७ औ दिनसम्म आईसोलेशनको उपचार पश्चात उनीहरु संगै वडा सचिव गुमानसिंह खड्का, नगरपालिकाका कर्मचारी नेत्र विश्वकर्मा, चालक केदार कोईराला लगायतका व्यक्तिहरु कोरोना मुक्त भएको मेयर राईले बताउनुभयो । अधिकृत आचार्य भने आफ्नै क्वाटरमा होमआईसोशन बसेका थिए । उपप्रमुख चौधरी र अन्य १० जना उदयपुर कोभिड अस्पताल सातधारेको आईसोलेशन सेन्टरबाट डिस्चार्ज भएका हुन् । गत ३० गते उप प्रमुख चौधरीसहितको रिपोर्ट पोजेटिभ आएपछि आईसोलेशन भर्ना भएका थिए । कोरोना मुक्त भएकाहरुलाई नगर प्रमुख खगेन्द्र राई, सुरक्षाकर्मी, स्थानीय समाजसेवीहर...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
र्णपुष्टि,मंसिर १६ आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो । त्यसैगरी चाँदीको मूल्य पनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।...
सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर १६ प्रदेश नम्बर १ का बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका–१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई  दुर्घटना हुँदा सोही ट्याक्टरका सह–चालक बुढिगंगा गाउपालिका–१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका–९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर–१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा  साँझ ५ बजे मृत्यु भएको थियो । यस्तै झापाको दमक नगरपालिका–४ तारावारीमा सोमवार दिउँसो सवा १ बजे  मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलस...
उदयपुर सिमेन्ट उद्योग सुधारको माग गर्दै मेयरलाई ज्ञापन पत्र

उदयपुर सिमेन्ट उद्योग सुधारको माग गर्दै मेयरलाई ज्ञापन पत्र

समाचार
पूर्णपुष्टि, मंसिर १६ उदयपुर सिमेन्ट उद्योग सरोकार समितिले उद्योगमा राजनितिक हस्तक्षेप सँगै चरम भ्रष्टचार र लापर्वाही भएको भन्दै तत्काल यसको सुधार र उद्योगलाई संरक्षण गर्न लागि पर्नु पर्ने बताएको छ । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग सुधारका लागि माग राखेका छन् । आईतबार सरोकार समितिले ज्ञापन पत्र जारी गर्दै पछिल्लो समय उद्योगमा व्यापक भ्रष्टचार सँगै देशकै गौरवको उद्योगको रुपमा रहेको उद्योगलाई हेटौँडा सिमेन्ट उद्योगमा गाभ्ने यी कुराहरु जायज नभएको जनाएको छ । समितिले उद्योग बचाउन सबै नागरिक, सामाजिक अभियन्ता, राजनितिक दल, स्थानीय जनताहरुलाई एक जुट बन्न अनुरोध गरेका छन् । समितिले उद्योग काममा नभई नाममा मात्रै सिमित भएको जनाएको छ । उदयपुरे जनता मात्रै नभई देशभरीकै जनताहरुको सान, मान रहेको उद्योगको बरेमा पछिल्लो समय बिभिन्न् हो हल्ला र अनावश्यक सल्ल...
बेलकाको किरात चौकमा १० सैयाको आधारभुत अस्पताल सिल्यान्यास

बेलकाको किरात चौकमा १० सैयाको आधारभुत अस्पताल सिल्यान्यास

समाचार, स्वास्थ्य
ललित राई  बेलका ,मंसिर १६ बेलका नगरपालिकामा १० सैयाको आधारभुत अस्पताल बन्ने भएको छ । अस्पताल भवनको मंसिर १५ मा बेलकाका मेयर दुर्गा कुमार थापा ,उपमेयर राजकुमारी चौधरी , जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुबेदी लगायतले संयुक्त रुपमा गर्नुभयो । अस्पताल बेलका ६ को किरात चौकमा सिलान्यास भएको छ । १०करोड ८३ लाख ३६ हजारको कुल लागतमा भवन निर्माण हुने बेलका नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले कार्यक्रममा जानकारी गराए। अधिकृत गौतमले डीपीआर पछि लागत थपघट हुन सक्ने जानकारी समेत गराए । अस्पताल भवन सिलान्यासका क्रममा मेयर थापाले काम नगर्नेले कुनै गल्ती नगर्ने बताउदै ,काम गर्दा भएका गल्तीका ज़िम्मेवारी लिन आफु तयार रहेको बताए । मेयर थापाले बेलकामा ३८ वटा भवन लगायतका संरचना निर्माण भईसकेको,९० बर्ष अगाडी देखिको भुमि समस्या समाधान उन्मुख रहेको बताउदै नेपाल सर...