Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

३ बर्षीय बालक मृत फेला

३ बर्षीय बालक मृत फेला

समाचार
पूर्णपुष्टि, मंसिर २३ पाँचथरको हिलिहाङ गाउँपालिका(६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा मृत फेला परेको छ । गाउँपालिकाको कार्तिकेभिरको ओढारमा उनि मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान  सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...
१३ नं वडामा १९ लाख बराबरको सिंचाई कुलोको सिल्यान्यास

१३ नं वडामा १९ लाख बराबरको सिंचाई कुलोको सिल्यान्यास

समाचार
पूणर्पुष्टि, मंसिर २२ त्रियुगा नगरपालिकाको १३ नं वडा कृषि वडाका रुपमा पनि परिचित छ । यो वडामा थुप्रै आत्मानिर्भर व्यवसायीक कृषक र कृषिहरु गरिन्छ । त्रियुगा नगरपालिका भित्र रहेको १६ वडा वडाहरु मध्यकै बढी कृषियोग्य जमिन र सिंचाईको सुविधाका कारण याहाँ कृषि व्यवसाय र कृषकहरु पाईन्छ । कृषकहरुलाई सुविधा र कृषिलाई सहजताका लागि वडाले वडाको ढिक देखि बहेडुवा सम्म कुलो निर्माण गर्ने भएको छ । कुलो निर्माणका लागि आईतबार त्रियुगा नगरपालिका १३ नं वडाकी वडा अध्यक्ष पशुपति चौधरीले तत्कालै निर्माण गरिने सिँचाई कुलोको सिल्यान्यास गर्नुभयो । कुलो १९ लाख बराबरको लागतमा साना सिंचाईको सहयोगमा निर्माण हुने वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । कुलोले कृषक र कृषिलाई थप सहयोग पुराउने र थुप्रै व्यवसायीक कृषकहरु लाभान्वीत भई व्यवसायी कृषक बन्नेमा सहयोग पुग्ने बताउनुभयो । अमाहा खोलाको जरुवा पानीलाई कुलो ब...
१३ नं वडामा लैँङगिक हिंसा सम्बन्धि २० जोडिलाई २ दिने तालिम

१३ नं वडामा लैँङगिक हिंसा सम्बन्धि २० जोडिलाई २ दिने तालिम

समाचार
पूणर्पुष्टि, मंसिर २२ लैँङगिक हिंसा सम्बन्धि १६ दिने अभियान अन्र्तगत त्रियुगा नगरपालिका वडा नं १३ ले २० जोडिलाई सोमबार बाट तालिम दिन सुरु गरेको छ । लैँङगिक हिंसा अन्त्यका लागि श्रीमान श्रीमती र महिला पुरुषमा प्रत्यक्ष चेतना फैलाउन वडाका २० जोडिलाई तालिममा सहभागी गराएको वडाले जनाएको छ । उदयपुरमा भईरहेको १६ दिने अभियान अन्र्तगत यो निकै उपलब्धी र महत्वपूणर् कार्यक्रम बन्न सक्ने वडाले विश्वास दिएको छ । म हिंसा गर्दिन, म हिंसा सहन्न, लैँङगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको एक्यबद्धता भन्ने नारासका साथ वडाले तालिमको आयोजना गरेको हो । २ दिन गर्न लागिएको यस तालिमको उद्घाट १ नं प्रदेश साम्सद सुनिता चौधरीले गर्नुभयो । तालिमको उद्घाटन गर्दै साम्सद चौधरीले लैङगिक हिंसा अन्त्य गर्न पहिले सबै नागरिकहरु चेतनसिल हुनु पर्ने बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिको आफ्नै इच्छा अधि...
चौदण्डीगढी नगरपालिका ८ नं वडाका अध्यक्ष मगरको अन्यष्टी

चौदण्डीगढी नगरपालिका ८ नं वडाका अध्यक्ष मगरको अन्यष्टी

समाचार
पूणर्पुष्टि, मंसिर २२ चौदण्डीगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकुमार खपांगी मगरको सोमवार अन्यष्टी गरिएको छ । आइतवार मृत्यु भएको मगरलाई हजारौं शुभेच्छुकहरुबीज त्रियुगा नदीमा अन्यष्टी गरिएको हो । मगर गत कार्तिक २४ देखि एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछी थप उपचारको लागि अस्पताल लगिएको थियो । ६४ वर्षीय मगर विराटनगरको नोवेल अस्पतालमा उपचारकै क्रममा आईतबार साँझ ५ः३० बजेको समयमा निधन भएको हो । मगर २०७४ को स्थानीय नर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्पmबाट अध्यक्ष पदमा विजयी भएका थिए । यसअघि उनी गाउँ कार्य समितिको पूर्व सभापति समेत रहेका थिए ।...
बेलकामा गाडीको ठक्करबाट एक युवाको मृत्यु

बेलकामा गाडीको ठक्करबाट एक युवाको मृत्यु

समाचार
 २१ उदयपुरको बेलका नगरपालिकामा गाडीको ठक्करबाट एक जना युवाको मृत्यु भएको छ । बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा गाडीको ठक्करबाट स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको हो । शनिबार साँझ एक परिचय नखुलेको गाडीको ठक्करबाट खड्काको मृत्यु भएको हो । घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी सुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभउयो ।  ...
हतियार सहित एक जना पक्राउ

हतियार सहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, मंसिर २१ मोरङ सुनबर्सी(५ झुगी चोक स्थितबाट हतियार सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई शनिवार दिउसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका मण्डललाई थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ प्रहरीले जनाएको छ ।  ...
महिला हत्या कसुरमा उदयपुरका एक युवालाई जन्मकैदको फैसाला

महिला हत्या कसुरमा उदयपुरका एक युवालाई जन्मकैदको फैसाला

Breaking News 1
पूर्णपुष्टि, मंसिर २१ महिला हत्या कसुरमा पुर्पक्षमा रहेका उदयपुरका एक युवालाई एक लाख जरिवाना सहित जन्मकैद फैसाला अदालतले सुनाएको छ । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको छ । यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा राउतलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।  ...
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि, मंसिर २१ झापा सिबसताक्षी(८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी(११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक  शिबसताक्षी(७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।      ...
गाँजालाई औषधीजन्य बनस्पतिको रुपमा स्वीकार गरिने प्रस्ताव पारित

गाँजालाई औषधीजन्य बनस्पतिको रुपमा स्वीकार गरिने प्रस्ताव पारित

समाचार
पूर्णपुष्टि, मंसिर २० अब गाँजालाई औषधीजन्य वनस्पतिको रुपमा प्रयोग गरिने भएको छ । हाल गाँजालाई खतरनाक लागुऔषधको रुपमा हेरिएको थियो । गाँजालाई औषधीको रुपमा सदुपयोगका साथ प्रयोग गर्ने हो भने राम्रो र भरपर्दा औषधी बनाउन सकिने डाक्टरहरु बताउँछन् । तर यसलाई दुरुपयोग गरी सेवनमा लापर्वाही गर्न भने नमिल्ने बताउँछन् । गराष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरिसकेको छ । लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो । ...
जिप दुर्घटनामा चारको मृत्यु सात घाईते

जिप दुर्घटनामा चारको मृत्यु सात घाईते

समाचार
पूर्णपुष्टि, मंसिर २० जुम्लामा जिप दुर्घटनामा परी चार जनाको घटना स्थलमै मृत्यु भएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्वरको  जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । जिपमा सवार अन्य सात जना भने घाईते बएका छन् । घाईते मध्य एक जना १ बर्षको  बच्चा रहेको प्रहरीले जनाएको छ । यता मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय  पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ  र  ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमको...