Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

बालिका बलत्कारको आरोपमा उदयपुरमा ६३ बर्षिय एकबृद्धा पक्राउ

बालिका बलत्कारको आरोपमा उदयपुरमा ६३ बर्षिय एकबृद्धा पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर, २३  बालिका बलत्कारको आरोपमा उदयपुरको बेलका नगरपालिका बाट एक जना बृद्धा पक्राउ परेका छन् । बेलका नगरपालिकाको वडा नं ९ का ६३ बर्षिय सुर्य पोखरेललाई सोमवार इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलालले पक्राउ गरेको हो । पोखरेलले २२ गते सोमबार सोही वडाको सिटी हलमा बालिका लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।...

सगरमाथाको उचाई सार्वजानिक

समाचार
पूर्णपुष्टि, मंसिर २३ विश्वकै अग्लो सर्वोच्च सिखर सगरमाथाको उचाई बढेको छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८.८६ पुगेको सार्वजानिक भएको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मात्र रहेको थियो । भने हाल ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिध...
आनन्दको, तिम्रो बोलीले गितको भिडियो सार्वजानिक

आनन्दको, तिम्रो बोलीले गितको भिडियो सार्वजानिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,मंसिर २३ गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले ...’ को भिडियो हालै सार्वजनिक भएको छ । माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले ...’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा खत्रिले उतिकै मिठास स्वरले भरेका छन् । प्रेमिल जोडीको रोमान्चक कथावस्तुलाई समेटिएको ‘तिम्रो बोलीले ...’ बोलको गीतको भिडियोमा अनु खड्का, क्रिसल श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुलाई सन्तोष केसी, पर्ल शाक्य, युजन श्रेष्ठ, रंजित महतले अभिनयमा साथ दिएका छन् । भिडियोमा अनु खड्काको कोरियोग्राफी, प्रजिता श्रेष्ठ र स्रिष्टीना श्रेष्ठको श्रृङ्गार, आयुष महतको ड्रोन अपरेट, विबेक शाक्यको छायाँकन, सम्पादन, कलरिङ तथा निर्देशन रहेको छ । आनन्द खत्री एण्ड फ्रेण्ड्सको प्रस्तुति  ‘तिम्रो बोलीले ....
राष्ट्रीय संगितकर्मी संघ गण्डकीमा गौतम

राष्ट्रीय संगितकर्मी संघ गण्डकीमा गौतम

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,मंसिर २३ राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनमा कृष्णप्रसाद गौतम चयन भएको छ । शनिवार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको अधिवेशनले गौतमलाई नेतृत्वमा ल्याएको हो । अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा सम्पन्न भयो । अधिवेशनमा बोल्दै शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउनुभयो । उहाँले सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको समेत बताउनुभयो । शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको समेत दाबी गर्नुभयो । कलाकारलाई राष्ट्रको गहना भनिन्छ तर व्यवहारमा कलाकारहरु पिडित रहेकाले उहाँको भनाई थियो । अब कलकारहरु एकजुट भएर आफ्नो समस्या राज्य...
गाईघाटमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

गाईघाटमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २३ गाईघाटमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का ५६ वर्षिय लक्ष्मण भुजेलको चिसोले कठ्याङ्ग्रिएर मृृत्यु भएको हो । गाईघाटको डिएमगेट स्थित मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि पुरानो भवन सडकमा ओत लागि बस्ने भुजेललको अत्यादिक चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भुजेल सडकमा मागेर खाने हिड्ने गरेको प्रहरीले जनाएको छ । भुजेलको घर आदी गाईघाट–दिक्तेल सडकमा काटिए पछि बाँकी घर समेत बेचेर माग्दै हिँड्दै गरेको स्थानीयहरुको भनाई छ ।...
९० बर्षिया महिलालाई पहिलो खोप दिँदै बेलायतले कोरोना खोप सुरु गर्यो

९० बर्षिया महिलालाई पहिलो खोप दिँदै बेलायतले कोरोना खोप सुरु गर्यो

समाचार
पूर्णपुष्टि, मंसिर २३ बेलायतमा कोरोना भाईरस (कोभिट १९) को खोप प्रयोग गर्न सुरु गरिएको छ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारलाई पहिलो प्राथमिकतामा राखी खोप प्रयोग सुरु गरिएको छ । राष्ट्रिय स्वास्थ्य सेवा, इंग्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोविसले यो बेलायतकै इतिहासमा जटिल र बृहत् खोप अभियान भएको बताए । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट सुरु गरिएको हो । बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिँदै खोप प्रयोगमा सुरु गरिएको थियो । ति महिला विश्वमै कोरोना खोप लगाउने ’पहिलो’ व्यक्ति समेत बनिन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो...
मोरङमा घरैबाट उठाएर प्रध्यानाध्यापकको गोली हानी हत्या

मोरङमा घरैबाट उठाएर प्रध्यानाध्यापकको गोली हानी हत्या

समाचार
पूर्णपुष्टि, मंसिर २३ मोरङ स्थित मिक्लाजुङ गाउँपालिका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गाली हानी हत्या भएको छ । मंगलबार बिहान चार(पाँच जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताले अपहरण गरी उनको हत्या गरेको प्रहरीको आशंका छ । अपहरणमा परेको खबर सुन्नमा आउँदै गर्दा तरुन्तै हत्या भएको खबर आएको वडा अध्यक्ष नरबहादुर राईले बताउनुभयो । राईका अनुसार श्रेष्ठउलाई बिहान ६ बजे घरबाट लगिएको भनिएपनि आफुले भने यो खबर ८ बजेमात्रै थाहा पाएका बताउनुभयो । मलाई पनि एक जना भाइले अपहरण भएछ भनी खबर गर्नुभयो,’ राईले भने, ‘के हो त भनेर बुझ्दैगर्दा त गोली हानेर हत्या गरिसक्यो भन्ने खबर आयो ।’ शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगे...
संगितकर्मी संघ काभ्रेमा पुनः चन्द

संगितकर्मी संघ काभ्रेमा पुनः चन्द

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,मंसिर २३ बनेपामा सम्पन्न राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले अमरकृष्ण चन्दलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगितकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर ...
सुनको भाउ ह्वातै बढ्यो

सुनको भाउ ह्वातै बढ्यो

समाचार
पूर्णपुष्टि, मंसिर २३ सनुको भाउ तोलाको १५ सयले बढेको छ । लगतार ओरालो लागेको सुनको भाउ फेरी बढेको हो । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ ।  ...
प्रहरी जवानको प्राविधिक लिखित परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

प्रहरी जवानको प्राविधिक लिखित परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

समाचार
मोरङ  मङ्सिर २२ गते बिराटनगरमा नक्कली परिक्षार्थी पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका (४ गोग्राहा माध्यामिक बिद्यालयमा अर्कैको नाममा परिक्षा दिरहेको अवस्थामा एक जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो । लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा दिइरहेको अवस्थामा सुनसरीको हरिनगरा गाउँपालिका(१ का १८ बर्षीय बिल्साद आलम पक्राउ परेका छन् । उनी हरिनगरा(१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । नक्कली परिक्षार्थी भन्ने जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  ...