Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा सोमबार देखि स्वास्थ्य बिमा सुभारम्भ

उदयपुरमा सोमबार देखि स्वास्थ्य बिमा सुभारम्भ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर २४ सोमवार देखि उदयपुरमा स्वास्थ्य विमा सुरु भएको छ । नेपाल सरकारले देशभरी ६१ जिल्लामा लागु गरेको स्वास्थ्य विमा उदयपुरमा पनि सुरु गरिएको हो । उदयपुरको ८ ओटै पालिकाहरुमा स्वास्थय विमा सुरु गरिएको छ । सामान्य परिवारका बिरामीलाईसमेत उपचारमा पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले राष्ट्रिय बीमा बोर्ड टेकुमार्फत कार्यक्रम अघि सारेको थियो । वीमा वोर्डले सोमबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी वीमा कार्यक्रम लागु भएको जानकारी दिएकोछ । कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका जेष्ठ नागरिक भुवानसिंह श्रेष्ठलाई वीमा परिचयपत्र हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । लगत्तै सांसद थापालाई वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर निरौलाले वीमा कार्यक्रममा आवद्द भएको परिचयपत्र दिनुभयो । उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका वडाध्यक्ष भिमबहादुर पुलामी मगर,...
बसेर समय बिताउनेहरुलाई व्यामको कति आवश्यक

बसेर समय बिताउनेहरुलाई व्यामको कति आवश्यक

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर २४ कुनै पनि क्रियाकलाप विना बसेर समय बिताउनेहरुलाई व्यामको अति आवश्यक देखिन्छ । यसरी एकोहोरो तरिकाले बसिरहँदा शरिरमा धेरै स्वास्थ्य समस्याहरु आउने गर्दछ । पछिल्लो समय गरिएको एउटा उपयोगी अध्ययनले सक्रिय र निष्क्रिय दुवैथरी जीवनशैली अपनाएकाहरूको आनीबानीकै हिसाबले जीवन कति लामो वा छोटो भन्ने तय पनि गर्छ भनेर पत्ता लागेको छ । अध्ययनमा दसौं हजार मानिसका विवरण संकलन गरी उनीहरूका दैनिकी विश्लेषण गरिएको थियो। त्यसमा असाध्यै कम हलचल गर्ने मानिसहरू युवावस्थामै मृत्युको शिकार हुने उच्च जोखिममा रहेको देखिएको थियो । मानिसका चालचलनबारे हालै गरिएका सर्भेहरूमा एक वर्षयता महामारी प्रकोपसँगै धेरैले एक वर्ष अगाडिको तुलनामा आफ्नो सक्रियता घटाएर एकै ठाउँ बसेको बस्यै गर्न थालेको देखिएको छ। यो शारीरिक गतिहिनताले शरीरमा दीर्घकालीन समस्या पैदा गर्नेछ भन्नेमा कुनै शंकै छैन । महामार...
भन्सार छली गरी ल्याएका करिव ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद

भन्सार छली गरी ल्याएका करिव ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद

समाचार
पूर्णपुष्टि,मंसिर २४ झापा र मोरङ जिल्लाको सिमानाँका अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो । भारतिय बजार पानीटंकीबाट खरिद गरी  भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर–७ सतिघट्टा एरियाबाट बरामद गरेको प्रहरीले जनाएको छ ।...
विराटनगरमा भन्सार छलेको सामान बरामद

विराटनगरमा भन्सार छलेको सामान बरामद

समाचार
पूर्णपुष्टि,मंसिर २४ विराटनगरमा भन्सार छलेको करिब २ लाख मूल्य बराबरको थर्मकोट प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको १४७ सेट थर्मकोट प्रहरीले फेला पारेको हो । अन्दाजी २ लाख रुपैयाँ बराबरको जाडोमा लगाउने थर्मकोट भन्सार छलेर ल्याइएको हुनाले उक्त सामान कारवाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,मंसिर २४ नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९४ हजार १ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन मुल्य तोलामा ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधबार घटेर तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।...
आगलागी हुँदा करिब १३ लाख बराबरको क्षती

आगलागी हुँदा करिब १३ लाख बराबरको क्षती

समाचार
पूर्णपुष्टि,मंसिर २४ पाँचथर फिदिमका एक स्थानीयको घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको क्षती भएको छ ।  फिदिम नगरपालिका–४ गढीकामा मङ्गलबार साँझ ६ बजे सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । ढकालको घरमा आगलागी हँदा दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब १ लाख, ५ तोला सुनसमेत जल्दा करीब  १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगो निभाउनका लागि फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतको शाहाएताले आगलागी नियन्त्रत्रमा लिएको प्रहरी जनाएको छ ।...
मास्तिर पो थुकेर मरेछु

मास्तिर पो थुकेर मरेछु

साहित्य
गजल मास्तिर पो थुकेर मरेछु । ऐनामा हेरेर लुकेर मरेछु । कसैले भन्यो, ए ! कुकुर हतारमा हजुर भनेर मरेछु । आफैतिर कुद्दै आयो चोर सरकार भन्दै ढोगेर मरेछु । श्रीमतिले कुटेर स्ट्याचु भनी त्यत्तिकै स्ट्याचु पो बनेर मरेछु । सुटुक्क लुकेर खैनी खान लाग्या माडेर ताली  पो ठोकेर मरेछु ।             गोठकृष्ण ठकुरी              मोतिगडा, उदयपुर   ...
महासचिव मोहन वैद्यले उदयपुरबाट गरे सरकारको लामो आलोचना

महासचिव मोहन वैद्यले उदयपुरबाट गरे सरकारको लामो आलोचना

समाचार
पूर्णपुष्टि, मंसिर २४ । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य (किरण) ले उदयपुरको गाईघाटमा आज भएको पत्रकार सम्मेलन सरकारको कडा आलोचना गर्नुभयो । क्रान्तिकारी पत्रकार महासंघ, १ नं. प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा सरकार असक्षम भएको बताउदै उहाँले दुईतिहाई वहुमतको सरकारले जनजीविका, रोजगार र राष्ट्रिय स्वधिनताको सन्दर्भमा काम गर्न नसकेको बताउनुभयो । नाममात्रको कम्युनिष्ट सरकारको संज्ञा दिदै उहाँले  सिमा सुरक्षा र एमसिसिको सन्दर्भमा वर्तमान सरकारले ठोस कदम चाल्न नसकेको बताउनुभयो । एमसिसिको नाममा अमेरिकाले नेपाललाई रणभूमि बनाउन लागेको र भारतले छिमेकीको नाममा सिमा थिचोमिचो गर्दा पनि सरकारले चुप बसेको आरोप लगाउनुभयो । कोरोना महामारीमा जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताउनुभयो । सरकार भाषणमा मात्र सिमित रहेको उहाँले बताउनुभयो । संघीय जनगणतन्त्रका लागि...
लिम्चुङबुङमा कृषि उत्पादन फस्टाउँदै

लिम्चुङबुङमा कृषि उत्पादन फस्टाउँदै

लिम्चुङबुङ डायरी, समाचार
पूणर्पुष्टि, मंसिर २३ लिम्चुङबुङमा कृषि उत्पादनहरुले आत्मनिर्भर परिवारमा टेवा पुराउन थालेको छ । पालिका भित्रको गाउँवस्तिमा उत्पादित कृषि उत्पादन पालिकामै निर्माण भएको कृषि बजारमा लगेर बेच्न सकिने भएपछि स्थानीयहरु व्यवसायी कृषि उत्पादन तर्फ लागि परेको छ । अध्यक्ष कृषि परियोजना अन्रर्गत उत्पादित सम्पूणर् कृषि तथा पशुपालकहरुलाई पालिका अध्यक्ष मेजर कुमार राईले बाराहा कृषि बजारमा लगी बेच्न सकिने र आर्थिक आम्दानीमा थप लाग्न आग्रह गर्नुभएको छ । पछिल्लो समय त्यहाँ टमाटर, करेला, काउली, लसुन, प्याज, र फलफुलमा सुन्तला, किभि लगाएतका उत्पादनहरु फस्टाउँदै गएको छ । अध्यक्ष राईले सबै उत्पादनलाई लिम्चुङबुङ कृषि बजारमा लागि बिक्रि वितरण गर्नु समेत आग्रह गर्नुभयो । अध्यक्ष राईले गाउँमा भएको उत्पादनलाई स्थानीय स्थरमै भरपर्दो मुल्यमा बिक्रि गर्न कृषि बजारले ठुलो मदत गरेको बताउनुभयो । पालिका भित्...
उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला विश्वकै कोरोना खोप लगाउने पहिलो व्यक्ति

उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला विश्वकै कोरोना खोप लगाउने पहिलो व्यक्ति

समाचार
पूणर्पुष्टि, मंसिर २३ उत्तरी आयरल्यान्डी ९० बर्षिया महिला विश्वमै कोरोना खोप लगाउने पहिलो ब्यक्ति रहेकीछीन् । बेलायतले मंगलबार देखि सुरु गरेको कोरोना भाईरसको खोप उत्तर आयरल्यान्डकी ९० वर्षीया मार्गरेट कीननलाई पहिलो खोप दिदैँ खोप प्रयोग सुरुवातीको उद्घाटन भएको थियो । कोरोनाविरूद्ध खोप लगाएकी विश्वमै पहिलो ९० वर्षीया मार्गरेट केनानलाई स्वास्थ्यकर्मीहरुले ताली बजाएर शुभकामना दिएको थियो । उनी फाइजर(बायोएनटेक कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरूद्ध खोप लगाउने संसारकै पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा उनिलाई खोप दिइएको छ । उनि अर्को हप्ता मात्रै ९१ बर्ष पुग्दैछिन् । पछिल्लो एक वर्षमा संसारभरि साढे १५ लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्ध मंगलबार खोप लगाउने आफु पहिलो व्यक्ति रहेकोमा भाग्यमानी रहेको उनिले प्रतिक्रिया दिईन् ।‘यो मेरो निम्ति जन्मदिनको...