Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा मृतकका २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक हस्तान्तरण

नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा मृतकका २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक हस्तान्तरण

समाचार
पूणर्पुष्टि, मंसिर २६ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले मृतको २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक शुक्रबार हस्तान्तरण गरेको छ । बैदेशिक म्यादी विमा अन्तर्गत २ परिवारलाई १३ /१३ लाखको दरले जम्मा २६ लाख बराबरको मृत्यु दावी चेक गाईघाट शाखाले हस्तान्तरण गरेको हो । त्रियुगा नगरपालिका वडा नं २ मोथीयाहीकी मृतक परिवारकी श्रीमती सुमा राई र अर्का मृतक परिवार त्रियुगा नगरपालिका वडा नं १३ की चन्द्रीमाया मगरलाई १३/१३ लाखको दरले चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका  प्रमुख प्रेम कुमार राईले बताउनुभयो । मोथीयाहीकी सुमा राईकी श्रीमान २२ बर्षिय ज्योति कुमार राईले बैदेशिक रोजगारका लागि दुवाई जाने शिलशिलामा बैदेशिक म्यादी विमा अन्तर्गत ३ हजार विमा रकम जम्मा गरी श्रावन २६ गते दुवाई उडेका थिए । फागुन २५ गते बिदेश बाट घर फर्किएका राईको घर नजिकैको खोलाम...
सवारी दुर्घटनामा २ को मृत्यु, १९ घाइते

सवारी दुर्घटनामा २ को मृत्यु, १९ घाइते

समाचार
पूर्णपुष्टि,मंसिर २६ चितवनमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलम मृत्यु भएकोे छ । मृत्यु हुनेमा बोलेरो चालक इच्छाकामना गाउँपालिका–६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र अन्य ५ जनाको पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ । उपचारत ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा दुर्घटना भएको हो । ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
मोरङमा बलात्कार लुकाउन मिलापत्र गरेको आरोपमा ६ पक्राउ

मोरङमा बलात्कार लुकाउन मिलापत्र गरेको आरोपमा ६ पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर २६  मोरङमा बलात्कारको घटना लुकाउन मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेको छ । उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै प्रहरीले नियन्त्रणमा लिइएको हो । धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बेलबारी नगरपालिका–८ का ३२ वर्षीय सुरेशकुमार खवासले भदौ २४ गते धनपालथान–५ स्थित आफ्नो खेतमा मल छर्ने क्रममा २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए ।...
सवारी दुर्घटना एक जनाको मृत्यु

सवारी दुर्घटना एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २६ झापामा सवारी दुर्घटना परी एक जनाकोे मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा स्थानीय ३३ बर्षीय ललित चौधरीको मृ्त्यु भएको हो । बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईको ठक्करबाट चौधरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २६ बझाङको बित्थडचिरमा बसको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–९ सुनकुडाकी दीपिका विष्टलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीकाअनुसार चालक दीपक बोहोरा र बसलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलत पठाएको प्रहरीले जनाएको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

समाचार
पूर्णपुष्टि,मंसिर २६ आज देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको हो । आज देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै  तराईका अधिकांश  भूभागहरुमा  विहानदेखी नै वायुको  पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । महाशाखाकाअनुुुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । त्यसैगरी प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्र...
अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, मंसिर २६ अस्मिता अधिकारी र आशिष कणर्को स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक“ भएको छ । गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापाली, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र आरोहि ईन्टरटेनमेन्ट स्टुडियोको रेकर्ड रहेको छ । विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरति को कथा भिडियोमा देखाउन खोजिएको छ । https://www.youtube.com/watch?v=6GFLeGcS_3Y&feature=share&fbclid=IwAR1TToUzeCmQ-ujjg1js94j7uVsukc86rv9UFT_PF6fGrPCQ19qYy98VwOk...
शिक्षामा कोभिडको असर र शिक्षाअधिकारको विषयमा अन्त्तरकृया

शिक्षामा कोभिडको असर र शिक्षाअधिकारको विषयमा अन्त्तरकृया

शिक्षा, समाचार
पूणर्पुष्टि, मंसिर २६ । “वर्तमान अवस्थामा शिक्षा र स्थानिय स्तरमा शिक्षाको अधिकार” विषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएकोछ । ७२ औं विश्व मानवअधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपाल, जिल्ला समन्वय समिति उदयपुरको आयोजना र संगम सामुदायीक पुस्तकालयको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा शिक्षा विदएवं अनुसन्धान अन्वेशनकर्ता ईन्द्र याम्फु राईले कोभिड १९ कारणले देशभरी सार्वजनिक विद्यालय शिक्षामा परेको असर, अवसर र चुनौतीहरुको बारेमा एक खोजमुलक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै शिक्षा सरोकार मञ्च उदयपुरका अध्यक्ष जसबहादुर कार्कीले उदयपुरको शैक्षिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा शिक्षाविद् राईले कोभिड १९ को समयमा सात वटै प्रदेशबाट नमुनाको रुपमा सात वटा जिल्ला छनौट गरि गरिएको अनुसन्धान र सर्वेक्षणलाई ...
उदयपुरको लिम्चुङबुङमा छोरीको कुटाइबाट बाबुको मृत्यु

उदयपुरको लिम्चुङबुङमा छोरीको कुटाइबाट बाबुको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २५ उदयपुरको लिम्चुङबुङमा छोरीको कुटाइबाट बाबुको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा २८ वर्षिया छोरी अनिता थापामगरको कुटाईबाट  ५५ वर्षिय बुबा नेत्र बहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो । प्रहरीकाअनुसार मादक पदार्थ सेवन गरेर बाबु र आमा विचको झगडा भएको निहुमा छोरीको कुटाईबाट बाबुको मृत्यु भएको हो । गाउँलेले आमा बाबुको ठूलो झगडा भईरहेको छोरीलाई सुनाएपछि छोरीले बाबुलाई कुटपिट गरेको थियो । कुटपिटबाट बाबुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा रहेको लिम्चुङबुङ गाउँपालिका–२ का वडा सदस्य बोधबहादुर थापामगरले जानकारी दिए । घटना बारे थप अनुसन्धानको लागि मृतकका छोरी र श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
जंगली हात्तिले क्षेती पुराएको ८ घरलाई भुमि अधिकार मञ्च र केयर नेपालको राहत सहयोग

जंगली हात्तिले क्षेती पुराएको ८ घरलाई भुमि अधिकार मञ्च र केयर नेपालको राहत सहयोग

समाचार
पूर्णपुष्टि, मंसिर २४ त्रियुगा नगरपालिका ६ माटे खोला र मोहनपुरमा जंगली हात्तिले क्षति पुराएको ८ घरलाई राहत उपलब्ध भएको छ । भुमि अधिकार मञ्च उदयपुर र केयर नेपालले खाद्यन्न र लत्ता कपडा बुधबार क्षति पुगेको घरघरमै पुगेर वितरण गरेको हो । भूमि अधिकार मञ्चले खाद्यन्न र केयर नेपालले लत्ता कपडा सहयोग गरेको हो । भूमि अधिकार मञ्चले प्रत्येक ८ घरलाई ५० केजीको दरले चामल, १० किजीको दरले आँटा, ५ केजीको दरले चिउरा, ३ केजीको दरले, दालमोठ, ३ केजीको दरले चिनी, ३ केजीको दरले नुन र २÷२ ढल्ला सावुन लगाएत खाद्यन्न सहयोग गरेको भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताउनुभएको छ । यता केयर नेपालले प्रत्येक ८ परिवारलाई १÷१ ओटा बाल्टीन, १÷१ ओटा त्रिपाल, १÷१ ओटा स्पम्प,स्वीटर, साडी सावा १÷१ पिस, कुर्ता सरुवाल १÷१ जोड ब्रस मन्जन लगाएतका घरायसी र लत्ता कपडा सहयोग गरेको संयोजक राईले बताउनुभयो ।...