Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

गाईघाटका कर अधिकृत बुढाथोकी सरुवा, २ बर्षमा करिब ६४ करोड राजश्व संकलन गर्न सफल

गाईघाटका कर अधिकृत बुढाथोकी सरुवा, २ बर्षमा करिब ६४ करोड राजश्व संकलन गर्न सफल

समाचार
पूर्णपुष्टि, मंसिर २९ करदाता सेवा कार्यलय उदयपुर गाईघाटका कर अधिकृत सुमन बुढाथोकी हेटौँडा सरुवा हुनुभएको छ । गाईघाटमा कर अधिकृतको रुपमा निकै राम्रो कामको प्रशंसा लिएर बुढाथोकी आन्तरिक राजश्व कार्यलय हेटौँडा सरुवा हुनुभएको हो । बुढाथोकीले गाईघाटमा रहेर राजश्व संकलनमा निकै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । आफ्नो कार्यकाल अबिधिभर करिब ६४ करोड बराबरको राजश्व संकलन गर्न सफल बुढाथोकी आम सेवाग्राहीहरुको प्रसंशाको व्यक्ति समेत बन्नु भएको छ । कोरोना भाईरसको बाबजुत पनि करदाता सेवा कार्यलय गाईघाटले राजश्व संकलनमा निकै जोखिम मोलेर राज्यलाई सहयोग गरेको छ । कटारी, रामपुर, बेल्टार लगाएत स्थानहरुमा कर तिर्न समस्या भएका साना तथा ठुला व्यापारीहरुका लागि कर सिविरको आयोजना गरी कर कार्यलयले राजश्व संकलनमा सहयोग पुराएको हो । करदाता सेवा कार्यालय गाईघाटले २ बर्षमा करिब ६४ करोड राजश्व संकलन गर्न सफ...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २९ सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट  आज एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको मृत्यु भएको हो । हिजो राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्ष फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए । घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान शुरु गरिएको छ । दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ । स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।...
४ फरार प्रतिवादी पक्राउ

४ फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर २९ विभिन्न मुद्दाका ४ फरार प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर भिमदत्त नगरपालिकाका पवन जोशी, कैलाली बेलादेवीपुरका ३३ वर्षीय बमबहादुर सार्की, कैलाली धनगढी उपमहानगरका २२ वर्षीय धिरज भट्ट र सोही ठाउँका २३ वर्षीय सुरेश ऐरलाई प्रहरीले पक्राउ गरेकोे हो । मानव बेचविखन तथा ओसारपोसार मुद्दामा फरार रहेका जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जोशीलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ । त्यस्तै सार्कीलाई उच्च अदालत कञ्चनपुरले २०६८ जेठ १० गते मानव बेचविखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद र एक लाख जरिवाना सुनाएको थियो । अदालतको आदेशलगत्तै सार्की फरार अवस्थामा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । यता लागूऔषध खैरो हिरोईन मुद्दामा भट्ट र ऐर फ...
चौदण्डीको साधारेमा २ ओटा मोटरसाईकल एकआपसमा ठोक्कीदा एकको मृत्यु २ जना घाईते

चौदण्डीको साधारेमा २ ओटा मोटरसाईकल एकआपसमा ठोक्कीदा एकको मृत्यु २ जना घाईते

समाचार
पूणर्पुष्टि, मंसिर २९ चौदण्डीगढी नगरपालिका ६ सातधारेमा मोटर साईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत आईतबार २ ओटा मोटर साईक एक आपसमा ठोक्किदा तुवाचुङ नगरपालिका चेस्मीटारका भविन्द्र परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । परियार हाल त्रियुगा नगरपालिका २ स्थित कोठाभडामा बस्दै आएको थियो । घम्भीर घाईते भएका परियारको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी अर्का मोटर साईकलमा सवार खोटाङ बाह्रपोखरी गाउँपालिका ४ बस्ने २९ वर्षिय दिवस राई गम्भिर घाइते भएका छन् भने सोही मोटर साइकलमा पछाडि सबार सोही ठाउँका २६ वर्षिय साधना राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । घम्भीर घाईते राईको बिपिमा उपचा...
उदयपुरको कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्या शुन्य

उदयपुरको कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्या शुन्य

समाचार
पूर्णपुष्टि,मंसिर २८ उदयपुरको कोभिड अस्पतालमा बेल्टारका सबै विरामी निको भएर घर फर्किए संगै अस्पतालमा कोेरोना संक्रमितको संख्या  शुन्य भएकोे छ । संक्रमित ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरु सबै डिस्चार्ज भएसँगै अस्पताल रित्तिएको हो । पछिल्लो  २ सातायता ११ संक्रमित भेटिएकोमा ७ जनाको अस्पतालमा र ४ जना घरमै आईसोलेसनमा बसेर निको भएको चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राईले बताउनुभयो । उनका अनुसार जिल्लामा कोविड संक्रमण उच्च हुँदै गएपछि जिल्लाका ८ वटै स्थानीयतह मिलेर बेलटचारमा कोविड अस्पताल सञ्चालनमा ल्याउँदा स्थानीय संक्रमितलाई धेरै सहज भएको छ । सशस्त्र प्रहरी बलको व्यारेक राख्न २ वर्षअघि नगरपालिकाले निर्माण गरेको संरचनामै कोविड अस्पताल सञ्चानलमा ल्याउँदा जिल्लाभरीका  जनतालाई फाइदा भएको मेयर राईले बताउनुभयो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ते...
पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर २८ तेह्रथुममा पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका–६ सुदापका कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर ती बालिकाहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो । शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट  निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।...
नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारण सभा आज

नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारण सभा आज

समाचार
पूर्णपुष्टि,मंसिर २७ नेपाल पत्रकार माहासंघ शाखा उदयपुरको साधारण सभा शनिवार गाईघाटको चप्पनमा हुँदै छ । महासंघले  बिभिन्न कार्यक्रम तथा काम कार्वाहीको प्रतिवेदन प्रस्तुत गर्दे साधारण सभा गर्न लागिएको महासंघले जनाएको छ । सम्पूर्ण साधारण सदस्यहरुवीच सभा हुन लगेको हो । साधरण सभामा माहासंघले गरेको बार्षिक कार्ययोजनाको प्रतिवेदन, आर्थिक प्रतिवेदन पार्दशीता लगाएत विषयमा छलफल तथा अन्र्तक्रिया सहित कार्यक्रम गर्ने महासंघका अध्यक्ष भरत खड्काले जानकारी दिनुभएको छ ।...
३ लाख ८५ हजार रुपैयाँसहित कौडा खेलिरहेका ५ पक्राउ

३ लाख ८५ हजार रुपैयाँसहित कौडा खेलिरहेका ५ पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर २७ नवलपरासीमा ३ लाख ८५ हजार रुपैयाँसहित कौडा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपुरको देवचुली नगरपालिका–१ मा रहेको मेघापार्कबाट कौडा खेलिरहेको अवस्थामा  ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  हो । देवचुली–१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका–२ का सन्दीप गुरुङ, वडा नम्बर–११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र  लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।...
चौदण्डीको कालिका माध्यमिक विद्यालयमा कानुन विषयको पढाई सुरु

चौदण्डीको कालिका माध्यमिक विद्यालयमा कानुन विषयको पढाई सुरु

शिक्षा, समाचार
पूणर्पुष्टि, मंसिर २७ चौदण्डीगढी नगरपालिका सिर्वानी स्थित कालिका माध्यमिक विद्यालयले कानुन विषयमा समेत पढाई  सुरु गरेको छ । वडा नं ६ सिर्वानी स्थित शुक्रबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत सहित कानून विषय कार्यक्रमको उद्घाटन गर्नुभयो । हाल देशव्यापी रुपमै कानुन विषयको निकै महत्व हुन थालेको छ । चौदण्डीमा मात्रै नभई कानुन विषय जिल्लामै पनि न्युन अध्यान हुेने विषय हो । कालिका माध्यमिक विद्यालयमा कानुन विषयमा समेत पढाई हुन थाले पछि विद्यार्थीहरुको रोजाई अनुसार कानुन विषयमा समेत अध्यान गर्न सजिलो भएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । आफु पनि कानुन विषयमा निकै रुचि राख्ने भएकाले यो एउटा निकै महत्वपूणर् शिक्षा विषयको सुरुवाती गरेको प्रमुख राईले बताउनुभयो । उहाँले हाम्रो सपना तपाईहरुको पुस्तालाई पुरा हुने गरी तपाईहरुको इच्छा अनुसा...
काठमाण्डौँ बाट गैँडाको खाग सहित ५ जना पक्राउ

काठमाण्डौँ बाट गैँडाको खाग सहित ५ जना पक्राउ

समाचार
पूणर्पुष्टि, मंसिर २६ गैँडाको खाग सहित बाटमाण्डौँमा ५ जना शुक्रबार पक्राउ परेका छन् । गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्री गर्न कोठामा  राखिराखेको अवस्थामा गैंडाको खाग सहित उनिहरुलाई पक्राउ गरेको हो । अपराध महाशाखाबाट खटिएको टोलीले बिहीआर काठमाडौं  महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य,  ३९ वर्षका अनिल श्रेष्ठ,  नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङलाई पक्राउ गरेको हो । पक्राउ पर्ने ५ जना सहित खाग थप अनुसन्धानका लागि जिल्ला वन कार्यलय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।...