Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

ट्रक दुर्घटनामा सिन्धुलीका दुई युवाको मृत्यु

ट्रक दुर्घटनामा सिन्धुलीका दुई युवाको मृत्यु

समाचार
पूर्णपुष्टि, मंसिर ३० ट्रक दुर्घटनामा सिन्धुलीका २ युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।  ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,मंसिर ३० सुनको भाउमा आज सामान्य गिरावट आएको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ मंगलबार तोलामा १ सय रुपैयाँले घटेको हो । चाँदी हिजो जस्तै तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।...
अनुमति पत्र नभएका चालकले सवारी चलाउँदा दुर्घटना, वृद्धाको मृत्यु

अनुमति पत्र नभएका चालकले सवारी चलाउँदा दुर्घटना, वृद्धाको मृत्यु

समाचार
पूर्णपुष्टि,मंसिर ३०  विराटनगरमा अनुमति पत्र नभएका चालकले सवारी चलाउँदा दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ की ६५ वर्षीया वृद्धा महिला विखियादेवी साहको सोमबार राति मृत्यु भएको हो । विराटनगर–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीकाअनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राति १० बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानबाट विक्रमले अनुमति पत्र नै नलिइकन मोटरसाइकल चलाउने गरेको खुलेको छ । प्रहरीकाअुसार साह दुर्घटना गरेलगत्तै पक...
ठुलो मात्रमा भन्सार छलेर ल्याइएको चिनी बरामद

ठुलो मात्रमा भन्सार छलेर ल्याइएको चिनी बरामद

समाचार
पूर्णपुष्टि,मंसिर ३० मोरङमा भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको १ लाख ४७ हजार बजार मूल्य बराबरको चिनी प्रहरीले बरामद गरेको छ । सोमबार धनपालथान गाउँपालिका–४ का सुनिल राजबंशीको गोदाम नजिकै बोरामा लुकाएर राखिएको अवस्थामा चिनी बरामद भएको हो । गोदामबाट २ हजार ४ सय ६० किलो चिनी र चिनी पल्टी गर्ने ४ जनालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो चिनी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको जनाइएको छ ।...
कोसीटप्पुको रैथाने हात्ति मुकुनालाई  मार्ने तयारी

कोसीटप्पुको रैथाने हात्ति मुकुनालाई मार्ने तयारी

समाचार
पूर्णपुष्टि,मंसिर ३० कोसि टप्पुको रैथाने भाले हात्ति मुकुनालाई मार्ने तयारी भएको छ । कोसि टप्पु वन्य जन्त आरक्षण भित्र रहेको मुकुनाले ३ बर्षको अबधिमा करिब १८ जना मानिसको ज्यान लिएपछि मार्ने तयारीमा सुनसरी प्रसान पुगेको हो । जनताको माग अनुरुप हात्ति मार्ने निर्णय भईरहेको सुनसरी प्रसाशनले जनाएको छ । आरक्षण बाहिर निस्केर आतंकि मच्चाउँदै मान्छे मार्न थालेपछि स्थानीयहरुले मार्नु पर्ने माग अघि सारेको छ । मार्ने नर्णयनै लिनसकेको भएपनि जनताहरुको मागलाई सम्बोधन गरी निर्णय गर्ने जनाएको छ । प्रशासनको अनुसार उनिहरुको माग मार्ने नै रहेको छ । ’ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनताको मागअनुसार नै निर्णय गरिने जनाएको छ । सोमबार मात्र मकुनाको आक्रमणबाट कोसी गाउँपालिका(६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो। गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले ...
अनौठो शिशुको जन्म

अनौठो शिशुको जन्म

समाचार
पूर्णपुष्टि,मंसिर ३० कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक युवत्तिले अनौठो शिशुलाई जन्म दिएकिछिन् । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा १८ वर्षीया करिना लुहारले दुवै हात नभएको शिशुलाई जन्माएकी हुन् । शिशुका बुबा शङ्करकाअनुुसार पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको बताए । उनले भने ‘शिशुका दुवै हात छैन्, आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।’...
एक अर्ब भन्दा बढी कोरोना विमा भुक्तानी,  भुक्तानीको दावी संख्या बृद्धि

एक अर्ब भन्दा बढी कोरोना विमा भुक्तानी, भुक्तानीको दावी संख्या बृद्धि

आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ३० नेपालमा कोरोना विमा भुक्तानी बृद्धि भएको छ । सामान्यतया महामारी र युद्धको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बीमा पोलिसीका कारण बीमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् । पछिल्लो समय कोरोना विमा भुक्तानीको रकम विमा कम्पन्नीहरुले थुप्रै वेहोर्नु परेको छ । संक्रमणको संख्या बृद्धि र कोरोना विमा संख्याको बृद्धि भएपछि अबौँ माथी भुक्तानी विमा कम्पनीहरुले बेहोर्नु परेको हो । कोरोना विमा गर्ने करिब ११ हजार भन्दा बढी संक्रमितले भुक्तानी पाएका छन् । ११ हजार संक्रमितहरुले करिब १ अर्ब ७ करोड ४५ लाख ५० हजार बराबरको भुक्तानी बुझि सकेका छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलका अनुसार पछिल्लो केही दिनयता भुक्तानीको दर निकै बढेको बताउनुभयो । सोमबारसम्म मात्रै ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ ...
बेलकामा लागुऔषधसहित १ युवा पक्राउ

बेलकामा लागुऔषधसहित १ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,मंसिर ३० उदयपुरको बेलकामा लागुऔषधसहित १ जना युवा पक्राउ परेको छ । बेलका नगरपालिका–३ का १९ वर्षिय कौशल माझीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनलाई बेलका नगरपालिका–५ बाट इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले नियन्त्रमा लिएको हो । उनको साथबाट १० ट्याब्लेट नाईट्राभेट बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेको माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सरकार विरुद्ध उदयपुरमा पनि कांग्रेसको विशाल विरोध प्रदर्शन

सरकार विरुद्ध उदयपुरमा पनि कांग्रेसको विशाल विरोध प्रदर्शन

समाचार
रामबाबु राई पूर्णपुष्टि, मंसिर २९ प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशव्यापी रुपमा मंसिर २९ गते सरकार विरुद्ध विशाल विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस उदयपुरको आयोजनामा गाईघाटमा पनि विरोध र्याली सहित पिपलचोकमा सरकारको काम कार्वाहीको आलोचना गर्दै विरोध गरेका हुन् । सरकारले गरेका बिभिन्न काम कार्वाही चित्त बुझ्दो नरहेको र सरकार सच्चीनलाई अनेकौँ अबसरहरु दिँदा पनि खेर फालेको हँदा नेपाली कांग्रेस बाध्य भएर सडकमा सरकारको विरोध गर्न् पर्ने अवस्था आएको कार्यक्रममा बक्ताहरुले बोलेका छन् । बक्ताहरुले भ्रष्ट सरकारको आरोप लगाउँदै बरिष्ट नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिई दुव्र्यवहार गरेको समेत आरोप लगाएको छ । कम्युनिष्ट सरकारले देशमा भ्रष्टचार, बलत्कार, अन्याय अत्याचारलाई संरक्षण गरिरहेको अवस्थामा बरिष्ट नेता पौडेललाई दुव्र्यवहार गर्नु सरकारले थप गल्ती गरेको बक्त...
उदयपुरमा नयाँ ट्राफिक प्रमुखको आगमन ः ट्राफिक सचेतना बाट दुर्घटना न्युनिकरण गर्ने उद्घोष

उदयपुरमा नयाँ ट्राफिक प्रमुखको आगमन ः ट्राफिक सचेतना बाट दुर्घटना न्युनिकरण गर्ने उद्घोष

समाचार
पूर्णपुष्टि, मंसिर २९ जिल्ला ट्राफिक कार्यलय उदयपुर गाईघाटमा नयाँ ट्राफिक प्रमुखको रुपमा कमल कार्कीको आगमन भएको छ । उहाँ धरानबाट उदयपुर सरुवा भएर आउनुभएको हो । जिल्ला ट्राफिक कार्यालय गाईघाट बाट होम प्रसाद खनाल १५ दिन अघि मात्रै ईटहरी सरुवा भएपछि कार्की उदयपुर आगमन भएको थियो । कार्कीले मंसिर १४ गते बाट उदयपुरमा कार्यभार सम्माल्न थाल्नु भएको हो । प्रमुख कार्कीले सडक दुर्घटनालाई न्युनिकरणमा प्रमुख जोड गर्ने बताउनुभएको छ । उहाँले बिषेशगरी अहिले सडक दुर्घटना हुनुमा व्यापक सवारी चाप प्रत्येक घर प्रत्येक व्यक्तिको सवारीका कारण सडक दुर्घटना बढेको बताउनुभयो । कार्कीले सवारीको चाप सँगै स्थानीय सरकारले विकासको गतिविधिमा पनि ध्यान दिनु पर्ने बताउनुभयो । स्थानीय स्थरमा सम्पूर्ण गतिविधिहरु स्थानीय सरकारको अधिकारमा रहेको हुँदा सडक व्यवस्थापन बजार व्यवस्थापनमा सहजता ल्याउनु पर्ने उहाँले बताउनुभयो ।...