Monday, August 10News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ

लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ९ झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट हिजो दिउँसो लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ६ जनालाई पक्राउ गरेको हो । नगरपालिका–३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका–६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी–५ का १६ बर्षीय बालक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ । यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका–३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ आज सुनको भाउ घटेको छ । सुन तोलाको दुई सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

समाचार
पूर्णपुष्टि, चैत ९ भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किदा छ जना घाईते भएका छन् । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिण्डर पड्किएर आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु डा.ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेको जनाईएको छ । त्यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने...
नाली खन्दा बम भेटियो

नाली खन्दा बम भेटियो

समाचार
पूर्णपुष्टि, चैत ९  कैलालीको टीकापुरमा नाली खन्दा बम फेला परेकोे छ । टिकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको हो । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ ।...
नेपालमा गैंडा गणना सुरु

नेपालमा गैंडा गणना सुरु

समाचार
पूर्णपुष्टि, चैत ९ आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो । पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैंडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले ४३ वटा गैंडा मरेका चितवन निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा पाइएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेका निकुञ्जले जनाएको छ । यसमध्ये चोरी सिकारीबाट जम्मा ६ वटा गैंडा मरेका छन् ।  १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन् । पाँच÷पाँच वर्षमा गैंडा गणना गर्ने सरकारको नीति भ...
अफगानिस्तान भ्रमणमा अमेरिकी रक्षामन्त्री

अफगानिस्तान भ्रमणमा अमेरिकी रक्षामन्त्री

समाचार, संसार
पूर्णपुष्टि, चैत ९ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अफगानिस्तानको भ्रमण गर्नुभएको छ । अमेरिकी रक्षा मन्त्रि अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मेमा सबै अमेरिकी सेनालाई फिर्ता गर्नुपर्नेछ । सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेको जनाईएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अघिल्लो सरकारले गरेको सहमति मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठिन हुने बताउँदै आउनुभएको छ । रक्षामन्त्री अस्टिनले यसै हप्ता जापान, भारतलगायतका एसियाली देशक...
आज राष्ट्रपति भण्डारी बङ्गलादेश जाँदै

आज राष्ट्रपति भण्डारी बङ्गलादेश जाँदै

समाचार
पूर्णपुष्टि, चैत ९ दुई दिने भ्रमणका लागी राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश जाँदै हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशिधर मिश्रले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीलाई त्यहाँको  ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा ...
घर आगलागी हुँदा ३ वर्षिय बालकको जलेर मृत्यु

घर आगलागी हुँदा ३ वर्षिय बालकको जलेर मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  उदयपुरमा घर आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । कटारी नगरपालिका–१० पाल्सिङ बरालथुम्कामा घर आगलागी हुँदा ३ वर्षिय बालक अर्बिन्द्र थापाको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । हिजो राती परालको कुनिउबाट अचानक आगो सल्किदा नजिकैको तीन घर जलेर नष्ट भएसंगै बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट सुजन थापाको ढुंगामाटोले बनेको फुसको छानो भएको दुईतले घर, १ वटा मतान, १ वटा बाख्राखोर, १ लाख ५० हजार नगद, २ वटा बाख्रापाठा, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएका छन् । उनको नगद जिन्सी गरी करिब ३० लाखको क्षती भएको अनुमान छ । जलेर मृत्यु हुने बालक अर्बिन्द्र उनकै छोरा हुन् । प्रकाश थापाको ढुंगामाटो र फुसको छानो भएको तीनतले घर, दुईवटा मतान, १ लाख ५० हजार नगद, २ तोला सुन, १५ तोला चाँदी, १ वटा भैसीको पाडो, २ वटा ...
राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणमा ३ वटा सम्झौता हुने

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणमा ३ वटा सम्झौता हुने

समाचार
पूर्णपुष्टि, चैत ८ राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणको बेला तीन वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । भोलिदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, पशुपक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनको विषयमा पनि सम्झौता पत्रमा हस्ताक्षर हुने जनाएको छ । त्यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका सिलसिलामा छलफल हुने जनाईएको छ । राष्ट्रपति भण्डारी सोमवार बिहान बङ्गलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।...
सरकारले साढे ९० अर्ब आन्तरिक ऋण लियो

सरकारले साढे ९० अर्ब आन्तरिक ऋण लियो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ८  सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ । चालु आव साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण सरकारले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सङ्घीय सरकारले २० अर्ब पाँच करोडको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँको विकास ऋण पत्र गरी कुल ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको बैंकले जनाएको छ । चालु आवको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा राजस्वबाट आठ अर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ बेहोर्ने उल्लेख गरेको थियो । अपुग रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ । दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य रहेकोमा सरकाले सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ लिइसकेको...