Monday, August 10News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा थप १५० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १५० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २० पुगेको छ । अहिले नेपालमा एक हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै आज थप तीन जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।...
विमानस्थलबाट नक्कली सहायक सेनानी पक्राउ

विमानस्थलबाट नक्कली सहायक सेनानी पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ९ पोखरामा नक्कली सहायक सेनानी पक्राउ परेको छ । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने एक युवा पक्राउ गरेको हो । नक्कली कागजात बनाएर निर्माणाधीन विमानस्थल प्रवेश गर्ने मुस्ताङको थासाङ गाउँपालिका ४ निबासी १८ वर्षिय तेञ्जिङ गुरुङ भनिने विपिन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । नेपाली सेनाको सहायक सेनानी बताएर परिचयपत्र सहित विमानस्थलको प्रवेशद्वारबाट प्रवेश गरेका विकले शंकास्पद व्यवहार गर्न थालेपछि त्यहाँ खटिएको टोलीले चेकजाँच गर्दा नक्कली सहायक सेनानी भएको पत्ता लगेको प्रहरीले जनाएको छ । विकलाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न पोशाक, बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र १ थान र नक्कली वाकीटकी रेडियो सेट १ थान सहित नियन्त्रणमा लिइएको प्रहरीले जना...
शेयर बजार २४ अङ्कले घट्यो

शेयर बजार २४ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९  आज शेयर बजार परिसूचक नेप्से २४ अङ्कले घटेको छ । होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४.८ अङ्कले घटेर २५ सय १४.३९ विन्दुमा झरेको छ । सोमवार बैंकिङ समूहको शेयर २१ अङ्कले, विकास बैंकको १९ अङ्कले, फाइनान्स समूहको आठ, माइक्रो फाइनान्सको ९२, उत्पादनको एक सय २९, अन्यको ३०, जीवन बीमाको तीन सय १५ र निर्जीवन बीमा समूहको शेयर एक सय ८३ अङ्कले घटेको छ । दुई सय ११ कम्पनीका एक करोड नौ लाख ३१ हजार कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रुडेन्टियल इन्स्योरेन्स र सपोर्ट लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् र चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।...
१३ नं वडामा लेखा तथा क्षमता विकास बारे ३ दिने तालिम सुरु

१३ नं वडामा लेखा तथा क्षमता विकास बारे ३ दिने तालिम सुरु

समाचार
पूर्णपुष्टि, चैत्र ९ १३ नं वडाको अयोजनामा वडा भरिका १८ ओटै टोल विकास संस्थाका पदाधिकारीहरुलाई लेखा तथा क्षमता बिकासबारे ३ दिने तालिम सोमबार देखि सुरु गरिएको छ । ं महिला जनप्रतिनिधि रहेको १३ न वडामा टोल विकास संस्थामा पनि महिलाहरुकै बढी नेतृत्व रहेको छ । आफ्नो गाउँ ठाउँको विकासलाई सबै भन्दा नजिक बाट नियाल्ने टोल विकास संस्थालाइ चुस्त दुरुस्त राखि  पार्दर्शी र दिगो संस्थागत विकासमा जोड गर्दै समृद्ध वडाको रुपमा स्थापित गर्ने भन्दै यो तालिमको अयोजना गरेको वडाले जनाएको छ ।महिलाहरुले नेतृत्व गरेको वडामा महिला नेतृत्वलाई पनि थप सहयोग र महिलाको सफल नेतृत्वलाई पनि यस तालिमले प्रतिनिधित्व गर्ने भन्दै तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन जिल्ला समन्वय समितिको उप–प्रमुख गंगा राईले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै राईले आफुले पनि लामो समय संस्थामा काम गरेको स्मरण गर्दै दिगो संस्था र...
प्रधानमन्त्री ओली विप्लव विच भेटवार्ता

प्रधानमन्त्री ओली विप्लव विच भेटवार्ता

समाचार
पूर्णपुष्टि, चैत ९  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सरकारी निवास बालुवाटार पुग्नु भएको थियो । भेटमा उहाँले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताउनुभएको जनाईएको छ । विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको प्रधानमन्त्रि ओलीले जवाफ दिनुभएको जनाईएको छ ।...
टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

समाचार
पुर्णपुष्टि, चैत ९ टिपरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । कटहरी गाउँपालिका–२ मा बसोबास गर्ने ३६ बर्षीय बच्चु डुमको मृत्यु भएको हो । आईतवार बेलुका साँढे ५ बजे मोरङ कटहरी गाउँपालिका–३ मा को १ ख ४७८३ नम्बरको टिपरले ठक्कर दिँदा साईकल यात्रीको गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका डुमको कोशि अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई पक्राउ गरेर यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
बाघको छालासहित ४ जना पक्राउ

बाघको छालासहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ९ बाँकेमा पाटे बाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा अवैध बाघको छाला तथा हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा पाटे बाघको छालासहित पक्राउ परेका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ५० वर्षीय गंगाबहादुर खत्री, २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका–४ का ३८ वर्षीय ३८ वर्षीय जयलाल नेपाली पक्राउ परेका हुन् । चिसापानी तर्फबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका चार जनालाई रोकेर चेकजाँच गर्ने क्रममा नेपालीले बोकेको झोलामा पाटेबाघको एक थान छाला र गंगबहादुरले बोकेको प्लाष्टिकको बोराभित्र बाघको जस्तो देखिने हड्डी २ केजी ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका चारै जनालाई अनुसन्धान तथा आव...
समय नाघेको औषधि छिट्दा स्वास्थ्य समस्या

समय नाघेको औषधि छिट्दा स्वास्थ्य समस्या

समाचार
पूर्णपुष्टि, चैत ९ महोत्तरीमा लामखुट्टे मार्नका लागि म्यान नाघेको औषधी छर्किदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । जलेश्वर नगरपालिका–५ को पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद नाघेका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको जनाएको छ । औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको जनाइएको छ । छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद सकिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीयले बताएका छन् । वडाले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरेको छ । स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको मा...
करेन्ट लागेर एक जनाको ज्यान गयो

करेन्ट लागेर एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ९ करेन्टलागेर दार्चुलामा एक जनाको ज्यान गएको छ । दुहूँ गाउँपालिका–३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर बमकोे ज्यान गएको हो  । घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
साहित्यकार लेखक महासंघको अध्यक्षमा मुकारुङ

साहित्यकार लेखक महासंघको अध्यक्षमा मुकारुङ

समाचार, साहित्य
पूर्णपुष्टि, चैत ९ ‘आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ’ को अध्यक्षमा लेखक राजन मुकारुङ चयन हुनु भएको छ । ललितपुरमा सम्पन्न महासंघको प्रथम राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ । त्यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिएका छन् । महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा....