Monday, August 10News That Matters

Month: ५ वर्ष अगाडि

आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

समाचार
पूर्णपुष्टि, चैत १० आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँ घटेर ८६ हजार सात सयमा कायम भएको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ । हिजो सुन प्रतितोला ८७ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजा दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा एक हजार दुई सय ६० रुपैयाँमा थियो ।...
हराएका ३० मोटरसाइकल भेटिए, चोरीमा संलग्न २ पक्राउ

हराएका ३० मोटरसाइकल भेटिए, चोरीमा संलग्न २ पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १० काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० वटा मोटरसाइकल ट्रफिक प्रहरीले फेला पारेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको महाशाखाले जनाएको छ । उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ समेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ र मोरङका आशिष खत्रीलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, ट...
मोबाइल पड्किँदा १ जनाको मृत्यु

मोबाइल पड्किँदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १०  मोवाईल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक जनाको मृत्यु भएको छ । अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।...
नेपाल र बङ्गलादेशबीच ४ वटा सम्झौता

नेपाल र बङ्गलादेशबीच ४ वटा सम्झौता

समाचार
पूर्णपुष्टि, चैत १०  नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा रेल मार्गसहित चार वटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँको समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेको जनाइएको छ । रीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्र...
कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १०  अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाईएको छ । उनलाई चोट लागेकाले उपचार भइरहेको जनाईएको छ । आक्रमण के कारणले भयो भन्नेबारे नखुलेको जनाईएको छ ।...
स्कुल बस पल्टिँदा २ जनाको मृत्यु

स्कुल बस पल्टिँदा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १०  दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको मृत्यु भएको हो । तुलसीपुर–१६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु कक्षा ११ मा पढ्ने विद्यार्थी भएको अनुमान गरिएको छ । दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको  छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि  बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।...
२०७८ सालको बिदाको सूची सार्वजनिक

२०७८ सालको बिदाको सूची सार्वजनिक

समाचार
पूर्णपुष्टि, चैत १०  सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । त्यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ । किराँत राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । त्यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ । त्यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जा...
बंगलादेशमा रोहिङ्ग्या शिविरमा भिषण आगलागी

बंगलादेशमा रोहिङ्ग्या शिविरमा भिषण आगलागी

समाचार, संसार
पूर्णपुष्टि, चैत १० बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबै भन्दा ठूलो शिविरमा भिषण आगलागी भएको छ । कक्स बजार नजिकै रहेको शिविरमा आगलागी हुदाँ एक हजारभन्दा धेरै घर जलेर नष्ट भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको जनाईएको छ । गत जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए । तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ । नयाँ शिविर कक्स बजारभन्दा सुरक्षित रहेको र बस्ने व्यवस्था राम्रो...
उदयपुरमा लागुऔषधसहित ६ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १० उदयपुरमा लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–४ नमुनाबाट सोमबार दिउँसो करिब साढे ४ बजे लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । त्रियुगा नगरपालिका–१३ बस्ने ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दिपक रम्तेल, २४ वर्षीय हरी खड्का, चौनपा–५ बस्ने २३ वर्षीय सुनिल राई, सप्तरी जिल्लाको कंकालिनी नगरपालिका–७ बस्ने २५ वर्षीय ऋषीकुमार क्षेत्री र कंकालिनी नपा–५ बस्ने २० वर्षीय बब्लु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका विशेष प्रहरी टोलीले सप्तरीबाट उदयपुर तर्फ  आउदै गरेको सवारी साधन तथा मानिसहरुलाई रोकी चेकजाँच गर्दा  उनीहरुलाई ३.३८ ग्राम ब्राउन्सुगर, ७ बोतल कोरेक्स र ५० ग्राम गाँजा ,६ थान मोवाईल र नगद तीन हजार पाँच सय २५ रुपैयाँसमेत फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ...
आजदेखि त्रिदेशीय फुटबल सुरु हुदै

आजदेखि त्रिदेशीय फुटबल सुरु हुदै

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १०  आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने जनाईएको छ । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ । त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।...