Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १०  सप्तरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका कंचनरुप नगरपालिका–११ निवासी २२ वर्षीय राजु सरदारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । ञतिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका सरदारलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
आज नेप्से साढे १४ अङ्कले बढ्यो

आज नेप्से साढे १४ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १०  आज शेयर बजार परिसूचक नेप्से साढे १४ अङ्कले बढेको छ । नेप्से १४.५७ अङ्कले बढेर २५ सय २८.९५ विन्दुमा पुगेको हो । मङ्गलवार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर एक सय २९ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७६ र माइक्रो फाइनान्स समूहको शेयर ६९ अङ्कले बढेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, उत्पादन, जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । दुई सय आठ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ५२ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । मङ्गलवार साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्ससहित आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय १९ रुपैयाँ पुगेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई जलविद्युत् ...
गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गर्दा घाईते

गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गर्दा घाईते

समाचार
पूर्णपुष्टि,चैत १० गृहकार्य नगरेको भन्दै अछाममा प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गर्दा घाईते भएका छन् । साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी युवराज खड्का घाइते भएका हुन् । चैत ३ गतेकै घटना भए पनि आज मात्रै बाहिरीको हो । प्र.अ खड्काले युवराजलाई गणित विषयको गृहकार्य नगरेको भन्दै कुटपिट गरेको पिडितले बताएका छन् । गणित विषय निकै गाह्रो लाग्ने भएकोले आफुले गृहकार्य नगरेपछि सरले गालामा हानेको पिडितले बताएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्र.अ खड्काले गृहकार्य नगरेपछि युवराजलाई कुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ । यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन् ।...
भीरबाट लडेर एक बालिकाको ज्यान गयो

भीरबाट लडेर एक बालिकाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत १० अछाममा भीरबाट लडेर एक बालिकाको ज्यान गएको छ । बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाट लडेर बालिका गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी बालिकालाई प्रहरीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान  भएको हो । बालिका भीरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  ...
‘माउन्टेन गाइड’ को अनुमतिपत्र वितरण सुरु

‘माउन्टेन गाइड’ को अनुमतिपत्र वितरण सुरु

समाचार
पूर्णपुष्टि, चैत १०  पर्यटन विभागले माउन्टेन गाइड (पर्वतीय पथ प्रदर्शक) परिचयपत्र वितरण सुरु गरेको छ । विभागले पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको जनाएको छ । शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ । नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको विभागले जनाएको छ । विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ । विभागले अनुमतिपत्र वितरणका लागि गत चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो । कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराउनुभएकाले उहाँले पहिलो अनुमतिपत्र प्राप्त गर्नुभएको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको विभागले जनाएको छ । अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन...
प्रहरीको गोली लागेर २ जना घाइते

प्रहरीको गोली लागेर २ जना घाइते

समाचार
पूर्णपुष्टि, चैत १० कैलालीको लम्कीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि उत्पन्न भएको तनावलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा दुई जना घाईते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले जनाएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितर–बितर बनाउन हवाई फायरसमेत गरेको जनाईएको छ । ठक...
मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत १० मोटरसाइकल दुर्घटनामा सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा दुई जनाको ज्यान गएको छ । स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई हिजो राति दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका स ६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको विराट नर्सिङ होम र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार एक जनाको लहान नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
३१ वर्षीय युवाको पुल बनाउने क्रममा खसेर मृत्यु

३१ वर्षीय युवाको पुल बनाउने क्रममा खसेर मृत्यु

समाचार
पूर्णपुष्टि,चैत १० मुगुमा ३१ वर्षीया युवाको काठको पुल बनाउने क्रममा खसेर मृत्यु भएको छ । मुगुको मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाटमा काठको पुलबाट खसेर छिरिङ तन्दुप लामाको हिजो दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर टाढा शव फेला पारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अमेरिकास्थित नेपाली दूतावासद्धारा एसियाली मूलका नागरिकमाथिको आक्रमणको निन्दा

अमेरिकास्थित नेपाली दूतावासद्धारा एसियाली मूलका नागरिकमाथिको आक्रमणको निन्दा

समाचार
पूर्णपुष्टि, चैत १०  अमेरिकास्थित नेपाली दूतावासले पछिल्लो समय अमेरिकामा एसियाली मूलका नागरिकमाथी भईरहेको आक्रमणको निन्दा गरेको छ । दुताबासले एक विज्ञप्ति जारी गर्दै कुनै पनि वर्ग वा वर्णलाई लाक्षित गरेर हुने हिंसा तथा विभेद निन्दनीय हुने जनाएको छ । एटलान्टामा आठ जना मानिसको ज्यान जाने गरी भएको आक्रमण र सन्फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरमाथिको आक्रमणप्रति दूतावास गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले यी घटनाका दोषीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्ने सबै अमेरिकी नागरिकप्रति पनि आभार व्यक्त गरेको छ । नेपालीहरु मनैदेखि शान्तिप्रेमी मानिसहरु हुन् । विविधता, आपसी सम्मान र सौहार्दता नेपालीहरुको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले नेपालीले पनि अन्य मानिसबाट सोही कुराको अपेक्षा राख्छन् विज्ञप्तिमा उल्लेख छ । आफ्नो आदर्शलाई कायम राख्न र ...
अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद

अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद

समाचार
पूर्णपुष्टि,चैत १० झापा बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे १ ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा सिकिम गोल्डेन नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय–२ का २८ बर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...