Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ

अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ

समाचार
पूर्र्णपुष्टि,चैत ११ दुई जना किशोरीलाई अपहरण गरी जबर्जस्ती करणी गरेको आरोपमा रुकुम पूर्वका दुई जना पक्राउ परका छन् । रुकुमकै १४ र १५ वर्षीया दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा २३ र १४ वर्षीय पुरुष पक्राउ परेका हुन् । चैत १ गते बाटै हराएका ती किशोरीहरु ९ दिनसम्म परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको उजुरी परेको थियो । उजुरी परे लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुई किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ । चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा ...
विद्युत सर्ट भई आग्जनी हुँदा १० लाख क्षति

विद्युत सर्ट भई आग्जनी हुँदा १० लाख क्षति

समाचार
पूर्णपुष्टि, चैत ११ सर्लाहीकोे एक घरमा विद्युत सर्ट भई आग्जनी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बरहथवा नगरपालिका–९ ब्रहमस्थान बस्ने राजकुमार महतोको मंगलबार राति आग्जनी भएको थियो । आग्जनीमा घर, घरभित्र रहेको तीन लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको नष्ट हुँदा नौं लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही आगोले राजकुमारका छिमेकी जोगि  महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा जलेर भएको प्रहरीले जनाएको छ । उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
१० केजी गाँजासहित एक जना पक्राउ

१० केजी गाँजासहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११ मोरङबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । केराबारी–१० निबासी २९ वर्षीय रणबहादुर राई १० केजी गाँजासहित पक्राउ परेको हो । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवारी गरी आएका राईलाई चेकजाँच गर्दा बोरामा बाँधेर मोटरसाईकलको पछाडी लुकाएर राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लागुऔषधसहति एक जना पक्राउ

लागुऔषधसहति एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११  झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचिनगर–६ का २० वर्षीय विवेक नेम्वाङ १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको हो । भारतको पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको नेम्वाङमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।...
उदयपुरमा लागुऔषधसहति २ जना पक्राउ

उदयपुरमा लागुऔषधसहति २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११  उदयपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेको छ । कटारी नगरपालिका–१ बेलस्रोतबाट लागुऔषधसहित मंगलबार पक्राउ परेको हो । लागुऔषध ओसारपसार विक्रि वितरण भैरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका विशेष प्रहरी टोलीले संकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा कनपा–३ बस्ने २२ वर्षीय ऐसान खान र २० वर्षीय सुमन वोगटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खानले लगाएको कालो ज्याकेटको गोजीमा कालो प्लाष्टिकको झोला भित्र लाकाई छिपाई ल्याउदै गरेको अवस्थामा निट्राभेट १० लेखिएको १५ ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको ७२ ट्याब्लेट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध बोक्ने १ ब्यक्ति पक्राउ

मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध बोक्ने १ ब्यक्ति पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११  सर्लाहीमा मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने एक जना पक्राउ परेको छ । नबलपुर–मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका–४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३०एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप–वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको प्रहरीले जनाएको छ । तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका–४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको लामामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भारतमा फेरि स्वास्थ्य मापदण्डमा थप कडाइ

भारतमा फेरि स्वास्थ्य मापदण्डमा थप कडाइ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ११  भारतले कोरोना भाइरसको सङ्क्रमण पुनः तीव्र रूपमा बढेपछि नयाँ निर्देशिका जारी गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने दुई सय ७७ जनाको ज्यान गएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४७ हजारभन्दा धेरै पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरि नै परीक्षणको दायरासमेत अझ बढाइने जनाईएको छ । भारतको गृह मन्त्रालयले निकालेको वक्तव्यमा देशका सबै भागमा कोरोना भाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न गराउन आग्रह...
खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने

खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने

समाचार
पूर्णपुष्टि, चैत ११ चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आगामी आइतबार बेइजिङ जाने भएको हो । बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डौ फर्किने नेपाल एअरलाइन्सले जनाएको छ । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जान लागेको हो ।...
नेपालमा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १०  नेपालमा आज थप १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ३ हजार १९ जनाको मृत्यु भईसकेको छ ।...
पत्रकार दुष्टद्धारा प्रेस युनियन परित्याग

पत्रकार दुष्टद्धारा प्रेस युनियन परित्याग

समाचार
पूर्णपुष्टि, चैत १०  उदयपुरका सक्रिय पत्रकार तथा खुवालुङ बचाउ अभियन्ता राजेन्द्र राई (दुष्ट)ले नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन परित्याग गरेको छ । खुवालुङ वचाउ अभियानमा क्रियासिल रहेकै कारण मानसिक तनाब झेल्नु परेको भन्दै पत्रकार राईले शनिवार एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियान परित्याग गरेको घोषणा गरेको हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा अभ्यास्तरत छ । तर पनि हाम्रो मानविय व्यवहार, चरित्र भने उही पुरानो संस्कार शैलीमा रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लामा अति संक्रिण ब्राहमवादी सोच, सामन्ति मानशिक्ता, व्यक्तिवादी चरित्र र अहंकारी प्रवृत्ति हावीबाट आजित भएको छु । त्यसै कारण यो सबैलाई आत्मसाथ गर्न असमर्थ भएको विज्ञप्तिमा उल्लेख छ । एक किरातीको सन्तान भएकाले आफ्नो पहिचान, सह अस्तित्व र आफ्नो पूर्खाहरुको स्वभिमानलाई कुल्चेर दास, गुलामी बन्न नसक्ने विज्ञप्ति...