Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा लागुऔषाध ट्यावलेट सहित ३ जना पक्राउ

उदयपुरमा लागुऔषाध ट्यावलेट सहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र १२ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बाट लागुऔषाध ट्याव्लेट सहित ३ जनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल ,डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    ...
आज नेप्से ४१ अङ्कले बढ्यो

आज नेप्से ४१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ११  आज शेयर बजार परिसूचक नेप्से ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१.३ अङ्कले बढेर २५ सय ७०.२५ विन्दुमा पुगेको छ । बुधवार बैंकिङ समूहको शेयर साढे २२ अङ्कले बढेको छ । यस्तै व्यापार समूहको तीन सय ८१ अङ्कले, होटल तथा पर्यटनको एक सय ७८, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले बढेको छ । बुधवार दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी, रैराङ र सान्जेन जलविद्युत् ...
केन्द्र मोशन पिक्चर्सले गर्यो पल र मलिका सँग ६ महिनाको सम्झौता, अन्य कम्पनीहरुमा एक साथ काम गर्न नपाउने

केन्द्र मोशन पिक्चर्सले गर्यो पल र मलिका सँग ६ महिनाको सम्झौता, अन्य कम्पनीहरुमा एक साथ काम गर्न नपाउने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत ११ केन्द्र मोशन पिक्चर्सको नयाँ संझौताले नायक पल शाह र नायिका मलिका महतलाई अन्य म्युजिक कम्पनीहरुमा ६ महिना अलग गराएको छ । केन्द्र मोशन पिक्चर्सले उनिहरुलाई ६ महिनाको लागि सम्झौता गरी म्युजिक भिडियोको काम गर्ने भएपछि अन्य कम्पनीहरुमा दुवैले एक साथ काम गर्न भने नपाउने भएको छ । एक साथ काम गर्न नपाउने भएपनि उनिहरुले छुट्टाछुट्टै काम गर्न भने पाउने छ । तर एक साथको लागि भने पल र मलिकालाई केन्द्र मोशन पिक्चर्सले सम्झौता गरिसकेको छ । पछिल्लो समय पल र मलिकाको जोडीलाई दर्शकहरुको बढ्दो चासोका कारण उनिहरु केन्द्र मोशन पिक्चर्सको सम्झौतामा ६ महिनाको लागि केन्द्रिद भएको हो । यस कम्पनीले यी जोडिको २ ओटा मात्र म्युजिक भिडियो बनाएका थिए । ती दुवै म्युजिक भिडियो करोडको क्लब माथि पुगेको छ । फुलबुट्टे सारीले हाल ४ करोड माथि भ्युज पाएको छ भने टाढा भएपनि गितले पनि २ करोडको हाराहा...
ट्याक्सी दुर्घटना एकको ज्यान गयो

ट्याक्सी दुर्घटना एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत ११ पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको ज्यान गएको छ । ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बुको दुर्घटनामा परी ज्यान गएको हो । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई युवा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई युवा पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ११ होटलमा खाजा खाने क्रममा साथी–साथीबीच झगडा हुँदा आफ्नै साथीलाई धारीलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । प्रभुकृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीको भनाइ छ । त्यसपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले प्रभुकृष्ण र दिवाकरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पदमलाई उपचारका लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर गरिएको प्रहरीले जनाएको छ । ...
पढाउने बाहानामा २ किशोरीलाई बन्धक बनाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

पढाउने बाहानामा २ किशोरीलाई बन्धक बनाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ११ पढाउने भन्दै गाउँबाट बजार ल्याएर बन्धक बनाई जबरजस्ती करणी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्धक बनाइ जबरजस्ती करणीको आरोपमा रुकुमको २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम जिल्लाका २३ र १४ बर्षिय युवा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार २३ बर्षिय युवा एम्वुलेन्स चालक रहेको खुलेको छ । श्रेष्ठले भन्नुभयो, ‘उनीहरुले गाउँबाट पढाइदिन्छु भन्दै ल्याएर बन्धक बनाएका रहेछन्, हामी थप अनुसन्धान गर्दैछौँ ।’  चैत १ गते जिल्लाको भूमिगाउँबाट किशोरीहरुलाई एम्बुलेन्स चालक र अर्का युवकले  पढाइदिने भन्दै रूकुमकोट बजारमा ल्याएका थिए । उता घरतिर कुनै खवर नगरी युवतीहरू हराएपछि परिवारमा हल्लीखल्ली भयो । घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्र...
बंगलादेशमा २१ वर्षपछि प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ लाई मृत्युदण्ड

बंगलादेशमा २१ वर्षपछि प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ लाई मृत्युदण्ड

समाचार
पूर्णपुष्टि,चैत ११ बंगलादेशमा बम राखि प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो । विशेष अदालतको न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताउनुभएको छ । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताउनुभएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार रहेका छन् ।  ...
सिरक डसना उद्योगमा आग्जनी हुँदा ७ लाख क्षति

सिरक डसना उद्योगमा आग्जनी हुँदा ७ लाख क्षति

समाचार
पूर्णपुष्टि,चैत ११ भरतपुरको एक सिरक डसना उद्योगमा आज आग्जनी भएको छ । महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् र्सट भइ आग्जनी भएको हो । आग्जनीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । आग्जनीबाट रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहान ९ बजे आग्जनी भएकोमा आधा घण्टापछि मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा आएको थियो ।...
सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन मुख्यमन्त्रि राईको निर्देशन

सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन मुख्यमन्त्रि राईको निर्देशन

समाचार
पूर्णपुष्टि, चैत्र ११ १ नं प्रदेशका मुख्यमन्त्रिी शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिन प्रदेशसभा सदस्यहरुलाई निर्देशन गर्नुभएको छ । एमाले संसदिय दलका नेता समेत रहेका राईले एमालेका नेता तथा प्रदेश सभाका सदस्यहरुलाई तत्काल आफुहरुमाथि लागेको अविश्वासको प्रस्ताव फिर्ता गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री राईको अध्यक्षतामा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सदस्यहरूले सात दिनभित्र अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबल भइसकेको छ । सर्वोच्चको फैसलाले नेकपा पुरानै एमाले र माओवादी केन्द्रको हैसियतमा पुगेपछि नेपाल समूहका ५ जना प्रदेशसभा सदस्यले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेशसभा सदस्यहरूले प्रस्ताव...
नेपालमा पनि दोस्रो चरणको कोरोना त्रास फैलिँदै, सरकार लकडाउन र नाका दुवै बन्द नगर्ने पक्षमा

नेपालमा पनि दोस्रो चरणको कोरोना त्रास फैलिँदै, सरकार लकडाउन र नाका दुवै बन्द नगर्ने पक्षमा

समाचार
पूर्णपुष्टि, चैत्र ११ पछिल्लो समय नेपालमा पनि दोस्रो चरणको कोरोनाको त्रास उत्पन्न सुरु भएको छ । गत चैत्र ११ बाटै नेपालमा पनि लकडाउन गरिएको थियो । आज लकडाउनको ठिक एक बर्ष पुरा भएको छ । विश्वभर अझै पनि नियन्त्रण हुन नसकेको कोरोनाले नेपालमा फेनि फेरी त्रास बढाउन सुरु गरेको छ । फेरी दोस्रो चरणको कोरोना विश्वभर फैलिरहेको र छिमेकी देश भारतमा पनि यसको त्रास बढ्नुका साथै संक्रमणले तिब्र गति लिएको छ । नेपालमा लगतार करिब ४ महिनाको लकडाउनले बिभिन्न क्षेत्रलाई पूर्ण रुपमा असर पुराएको भन्दैे यो पल्ट लकडाउन र नाका कुनै पनि बन्द नगर्ने पक्षमा सरकार अडिक रहेको बुझिएको छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो । ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विग...