Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

आगलागीबाट ४ वटा घर जलेर नष्ट

आगलागीबाट ४ वटा घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, चैत १३  भोजपुरमा वनमा लागेको डढेलो गाउँ पसेपछि चार घर जलेर नष्ट भएको छ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेपछि बिहीवार बेलुका हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट हतुवागढी–८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको प्रहरीले जनाएको छ । मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको सामुदायी वनमा भिषण आग्लागी, नियन्त्रण हुन नस्दा सनुवागाउँ उच्च जोखिममा

उदयपुरको सामुदायी वनमा भिषण आग्लागी, नियन्त्रण हुन नस्दा सनुवागाउँ उच्च जोखिममा

समाचार
पूर्णपुष्टि, चैत १२ उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित सनुवा सुक्नाई सामुदायीक वनमा सोमबारदेखि लागेको आगोे अझै नियन्त्रमा आउन सकेको छैन । आगो अझै नियन्त्रमा नआएपछि सनुवागाउँ उच्च जोखिममा परेको हो । सोमबार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा शुरु भएको डढेलो बिहिबार दिउँसोसम्ममा नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्य कमला खड्काले बताउनुभयो । डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ । सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डढेलो फैलिएपछि सनुवागाउँ डढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ...
उदयपुरमा ६ जुुवाडे पक्राउ

उदयपुरमा ६ जुुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १२ उदयपुरको चौदण्डीगढीमा जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालीका–४ बसाह स्थित नन्दु थापामगरको घरमा जुवा तास खेल भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधबार ६ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका–४ बसाह बस्ने ३८ वर्षीय नन्दु थापामगर, ३६ वर्षीय उमेश घिमिरे, ३२ वर्षीय भाईकुमार राई, सप्तरी सप्तकोशी नगरपालीका–१ का ३७ वर्षीय कुमार राई, ४९ वर्षीय ढक बहादुर मगर, अग्नीसाईर कृष्णशरन गाउँपालिका–४ का ४० वर्षीय बिनोद कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको साथबाट मोबाईल ६ थान, तास ३९ बुङ्, रु ३४,००० (चौतिस हजार) नगद समेत बरामद भएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई  थप अनुसन्धान भई रहेको छ ।...
टाउको काटिएको अवस्थामा युवकको शव भेटियो

टाउको काटिएको अवस्थामा युवकको शव भेटियो

समाचार
पूर्णपुष्टि,चैत १२ आज सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा भेटिएको हो । रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको  सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

समाचार
पूर्णपुष्टि,चैत १२ नक्कली नेपाली नोट र नोट छाप्ने पिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो । कीर्तिपुरस्थित उनीहरुको डेरा चेकजाच गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरीले जनाएको छ ।...
पेस्तोलसहित दुई युवा पक्राउ

पेस्तोलसहित दुई युवा पक्राउ

समाचार
पूर्णपुष्टि,चैत १२ पर्सामा कटुवा पेस्तोलसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ सिर्सिया निवासी २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता पक्राउ परेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्लाको वीरगञ्ज  महानगरपालिका–१३ श्रीपुरस्थित हुलाकी सडकमा हिँडिरहेका दुई जना युवा माथि शंका लागि उनीहरूलाई खानतलासी गर्दा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीकाअनुसार अभियुक्तहरूलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।...
भारतले कोरोना खोप निर्यातमा रोक लगायो

भारतले कोरोना खोप निर्यातमा रोक लगायो

समाचार
पूर्णपुष्टि,चैत १२ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा भारतले अनिश्चितकालीन समय सम्म रोक लगाएको छ । पछिल्लो समय फेरी भारतमा कोरोना बढ्न थालेपछि खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुने सम्भावना छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप रहेको छ ।...
पानीमा डुबेर एक महिलाको मृत्यु

पानीमा डुबेर एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत १२ मोरङमा पानीमा डुबेर एक महिलाको हिजो मृत्यु भएको छ । असुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको हो । बुधवार दिँउसो बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि घटना स्थलमा पुगेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
स्कुटर चोरी गर्ने २ जना पक्राउ

स्कुटर चोरी गर्ने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र १२ मोरङको बुढिगंगा गाउँपालिका २ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै प्रहरीले चोरी गर्ने व्यक्तिहरु खोजतलास गर्ने क्रममा स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...
ठगी गर्ने २ जना पक्राउ

ठगी गर्ने २ जना पक्राउ

समाचार
सुनसरी, चैत्र १२ गते ईटहरी उप–महानगरपालिका ९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका १० का ४१ बर्षीय जल्ला उदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र  सम्पर्क बिहिन भए संगै आफु ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए । ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...