Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

समाचार
पूर्णपुष्टि, चैत १३  प्रदेश १ सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रिहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् । सहकारी मन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव...
अवैध काठ ओसार्ने २ जना पक्राउ

अवैध काठ ओसार्ने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १३  कन्चनपुरमा अटो रिक्सासहित अवैध काठ ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । काठ ओसारपसारमा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ पक्राउ गरेका हुन् । म १ ह ८०५ नम्बरको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अटोरिक्सामा चार वटा सालका गोलिया लैजाँदै गरेको अवस्थामा काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको प्रहरीले जनाएको छ ।...
बृहत पोषणसम्बन्धि ३ दिने तालिम सम्पन्न

बृहत पोषणसम्बन्धि ३ दिने तालिम सम्पन्न

समाचार
पूर्णपुष्टि,चैत १३ उदयपुरमा बृहत पोषणसम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको आयोजनामा भएको बृहत पोषणसम्बन्धि तिन दिने तालिम सम्पन्न भएको हो । परियोजनाको कार्यक्षेत्र अन्तर्गत रौतामाइ गाउँपालिका–१ बाहेका वडाहरु, त्रियुगा नगरपालिका–१५,  उदयपुरगढि गाउँपालिका– १ र २, कटारी नगरपालिका–८ र ९ र ताप्ली गाउपालिका– १,२,३ र ५ नम्बर वडामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई बृहत पोषणसम्बन्धि तालिम दिइएको हुरेण्डेकले जनाएको छ । समुदायमा रहेका कुपोषित बालबालिकाहरुको पहिचान गरि समुदायस्तरबाटै सुपोषित बनाउने लक्ष रहेको छ । यस परियोजनाले स्वास्थ्य तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु सम्बन्धित गाउँपालिका र वडा संगको सहकार्यमा संञ्चालन गर्दै आइरहेको जनाईएको छ । कुपोषित बालब...
गोरु काट्ने दुई पक्राउ

गोरु काट्ने दुई पक्राउ

समाचार
पूर्णपुष्टि,चैत १३ कास्कीका गोरु काटेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १३ आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी आज चाँदीको भाउ १ हजार २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
बजेट बनाउन अर्थ मन्त्रालयद्धारा सुझाव माग

बजेट बनाउन अर्थ मन्त्रालयद्धारा सुझाव माग

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १३ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएसँगै मन्त्रालयले सुझाव माग गरेको हो । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ । अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यस छलफलमा सरोकारवाला निकायबाट आएका सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बज...
दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १३ मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । हिजो दिउसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय  मुस्तफी मियाको न्युरो अस्पताल  बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक...
ठुलो परिमाणमा भन्सार छली गरीएको सामान बरामद

ठुलो परिमाणमा भन्सार छली गरीएको सामान बरामद

समाचार
पूर्णपुुष्टि, चैत १३  झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिव ५ लाख बराबरको कस्मेटिक समानहरु बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका–६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बराबरको अबैध समान बरामद गरेको हो । उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
खूकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

खूकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १३ सुनसरीमा खुकुरी प्रहर गरी आफ्नै श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेको छ । धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हिजो अपरान्ह साँढे ५ बजेको समयमा माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोली घटना स्थल पुगेको थियो । खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा विहिबार बेलुका पौने ६ बजे मत्यु भएको थियो । श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई प्रहरीले नियन्त्रमा लिएको छ । माझीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
त्रियुगामा आगलागी हुदा १८ लाखको क्षती

त्रियुगामा आगलागी हुदा १८ लाखको क्षती

समाचार
पूर्णपुष्टि, चैत १३ उदयपुरको त्रियुगा नगरपालिका–१० रातमाटेका भवकुमारी न्यौपानेको घरमा आगलागी हुदा १८ लाख बराबरको क्षती भएको छ । विहानको राती करिब साढे २ बजे काठ, टायलको छानो भएको दुई तले घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहीले जनाएको छ । घरमा आगलागी भएको सुचना पाउनसाथ तत्काल सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहयोगमा आगो करिब ३ः५५ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आग्लागीबाट घरसहित धनमाल करिब १५ लाख बराबरको क्षती भएको छ भने घरमा रहेको रातमाटे टोल विकास समितिको दराज, टेवुल र कुर्सी करिब तीन लाख बराबरको जलेर क्षती भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानविय र पशुचौपाय भने क्षती नभएको प्रहरीले जनाएको छ ।...