Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

तेस्रो कटारी मेयर कप फुटबलको उपाधि कटारी ३ ले जित्यो

तेस्रो कटारी मेयर कप फुटबलको उपाधि कटारी ३ ले जित्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १४ उदयपुरको कटारीमा शुक्रबार सम्पन्न तेस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि कटारी , ३ ले हात पारेको छ । दोस्रो मेयर कपको विजेता समेत रहेको कटारी ३ ले फाईनलमा कटारी ५ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै कटारी ३ ले लाभकर सहित नगद ७६ हजार २ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पारेको छ  । त्यसैगरी उपविजेता कटारी ५ ले  लाभकर सहित नगद ३८ हजार ७ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कटारी ५ का सागर राई , उदयमान खेलाडी कटारी ३ सुरन धामी , उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु सर्वोत्कृष्ट गोलकर्ता कटारी ३ का प्रताप राई , म्यान अफ द म्याच कटारी ३ कै प्रशिल कार्की र उत्कृष्ट  गोल रक्षक कटारी ३ कै  रोशन राना घोषित भए । प्रतिष्पर्धात्मक  फाईनल खेलमा कटारी ३ का प्रशिल क...
देशकै पहिलो सिकलसेल उपचार केन्द्र

देशकै पहिलो सिकलसेल उपचार केन्द्र

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १३  बर्दियामा देशमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना भएको छ । बारबर्दिया नगरपालिकाले देशमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको हो । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । नगरपालिकाको नगद चार करोड ३३ लाख ५० हजार ३८ रुपैयाँ लगानीमा केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाले जनाएको छ । टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले अस्पताल निर्माण गर्ने सम्झौता गरी काम गरिरहेको जनाईएको छ । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जानु नपर्ने भएको छ । भवन निर्माण भएपछि करीब ६० हजार जनताले सेवा पाउने अनुमान गरेको छ । पश्चिम नेपालमा थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै पीडित भएका छन् ।...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, १२ लाख ३ हजार बढीको हात खाली

ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, १२ लाख ३ हजार बढीको हात खाली

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत्र १३ आज बाँडफाँड भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाट १२ लाख बढीको हात खालि भएको छ । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् । यस कम्पनीको आईपिओ भाग्यशाली ५ लाख ९४ हजारले प्राप्त गरेको छ । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बाँडफाँटको जिम्मा लिएको थियो । ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो । ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर...
लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ

लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ

समाचार
मोरङ, चैत्र १३  मोरङको बिराटनगर महानगरपालिका–१८ बाट लागुऔषध ट्याब्लेट सहित तिन जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे भारतीय नागरीक अररिया बैजनाथपुरका २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका–१८ का २ जना बालक पक्राउ परेका हुन् । उनीहरुको साथबाट डाईजापाम –१ सय ९० ट्याब्लेट , फेनारगन–१ सय ९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
झापा, चैत्र १३  झापाको मेचीनगर नगरपालिका–७ बाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेको छ । प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ बर्षीय नारायण किसानलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
मोटरसाईकल बसमा ठोकिदा १ जनाको मृत्यु

मोटरसाईकल बसमा ठोकिदा १ जनाको मृत्यु

समाचार
मोरङ, चैत्र १३ मोरङको सुन्दरहरैचामा बसमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–६ मा आज दिउँसो साँढे १ बजे बसमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा बालिका करणीको आरोपमा एक युवालाई १८ बर्ष कैद

उदयपुरमा बालिका करणीको आरोपमा एक युवालाई १८ बर्ष कैद

समाचार
पूर्णपुष्टि, चैत्र १३ बालिका करणी गर्ने उदयपुरको एक युवालाई उदयपुर जिल्ला अदालतले १८ बर्ष कैद फैसाला सुनाएको छ । कैद सँगै क्षतिपुर्ति बापत ७५ हजार जरिवाना समेत अदालतले भराउन आदेश दिएको छ । १२ बर्षिया बालिका करणी गरेको आरोपमा पक्राउ परेका उदयपुरगढी गाउँपालिका ५ का २४ बर्षिय छविलाल श्रेष्ठलाई जिल्ला न्यायाधिश माधबप्रसाद सुबेदीको इजलासले यस्तो फैसाला गरेको हो । फैसलामा कसुरदारबाट पीडित राहत कोषमा दुई हजार दुई सय रुपैँया भराउन समेत अदालतले आदेश गरेको श्रेष्तेदार धनबहादुर कार्कीले बताउनुभयो । २०७७ असार २४ गते बालिकालाई करणी गरेको भन्दै पीडित परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीसँगै पक्राउ परेका कसुरदारलाई अदालतले साउन १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।  ...
सार्वजनिक यातायातमा कडाइ, मास्क नलगाउने यात्रुलाई कारबाही गरिने

सार्वजनिक यातायातमा कडाइ, मास्क नलगाउने यात्रुलाई कारबाही गरिने

समाचार
पूर्णपुष्टि,चैत १३ पछिल्लो समयमा कोरोना भाईरस कोभिड–१९ को जोखिम बढे संगै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । छिमेकी देश भारतमा दिनकै ५० हजार संक्रमण भेटिन थालेपछि नेपालको सुरक्षामा थप सर्तकता अपनाउन सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो । सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्र कडाइ गर्ने निर्णय भएको छ । सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्क...
लागुऔषध कारोवारमा संलग्न १ महिलासहित ४ पक्राउ

लागुऔषध कारोवारमा संलग्न १ महिलासहित ४ पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १३ सुनसरीमा लागुऔषध कारोवारमा संलग्न एक महिलासहित चारजना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोईनसहित चारैजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान–१७ का २१ बर्षीय अर्पण धमला रहेका छन् । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाई नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । कोठामा ब्राउनसुगर सहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ...
उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १३ उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–४ गुरुङ चौरीबाट लागुऔषधसहित स्थानीय ३५ वर्षीय अर्जुन राई पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका विशेष प्रहरी टोलीले राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट नाईट्राभेट १० लेखिएको १३ ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...