Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

भारतमा ज्येष्ठ नागरिकलाई खोप लगाइँदै

भारतमा ज्येष्ठ नागरिकलाई खोप लगाइँदै

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १७  आजदेखि भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने जनाईएको छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ । यसका लागि एक डोजका लागि नागरिकले २ सय ५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन पाइनेछ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६०  वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।...
उदयपुरमा  लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १७ उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ बाट लागुऔषधसहित पक्राउ परेको हो । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिप्रका उदयपुरबाट खटेका प्रहरी टोलीले आईतबार करिब साढे ११ बजे स्थानीय २५ वर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । हिडिरहेको अवस्थामा शंकालागी चेकजाच गर्ने क्रममा उनको साथबाट फेनेरागन ३० एम्पुल, नोफिन ३० एम्पुल र डाईजोल्याव ३० एम्पुल बराम गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको थारुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुल्ने

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुल्ने

समाचार
पूर्णपुष्टि, फागुन १७  शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभर दर्शनार्थीका लागि खुला गरिने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आगामी २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो । पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका मात्र खुला गरी दुई वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । शिवरात्रीपछि भने पहिलेजस्तै पश्चिम र उत्तर ढोका खुला हुने र बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म मन्दिर खुला हुने कोषले जनाएको छ । पशुपतिमा दर्शनको लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।...
केरुङ नाका सञ्चालनमा आउने

केरुङ नाका सञ्चालनमा आउने

समाचार
पूर्णपुष्टि, फागुन १७  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक÷दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पु¥याउन नसकिएकाले समस्या भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेको जनाईएको छ । अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यक सामग्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दै...
म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन १७ म्यानमारमा प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ’कू’ को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ’कू’ भएपछि विश्वभर यसक...
आजदेखि प्रि–मनसुन सुरु

आजदेखि प्रि–मनसुन सुरु

समाचार
पूर्णपुष्टि, फागुन १७ आजदेखि सिजनको हिसाबले प्रि–मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन सुरु भएको हो । मार्च १ तारिखदेखि तीन महिनासम्मको समयलाई प्रि–मनसुन मानिन्छ  । मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि–मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि–मनसुन सुरु भएको एक÷दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन्  । यस्तै, यो  सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । प्रि–मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम प...
फागुन १७ गते गाईघाटमा हुस्सु (फोटो फिचर)

फागुन १७ गते गाईघाटमा हुस्सु (फोटो फिचर)

Breaking News 1
पूर्णपुष्टि, फागुन १७ आज गाईघाटमा पुस, माघको सितलहर चल्दा जस्तै धेरै हुस्सु लगेको छ । बाक्लो हुस्सु लागेको कारण विहान हिडडुल गर्न चिसोले कठिनाई भएको छ । फोटो फिचर
सोलु एफ एमको स्टुडियोमा आगलागी

सोलु एफ एमको स्टुडियोमा आगलागी

समाचार
पूर्णपुष्टि, फागुन १७ सोलुखुम्बुमा रहेको प्रदेश न.१ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एमको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा गतराति साढे १२ बजे आगलागी भएको हो । स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङ भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिले जनाएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खलिसकेको छैन । स्टुडियोमा लागेको आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा लिएकोे थियो । २०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।...