Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

प्रधानसेनापति थापाले कोरोना विरुद्धको खोप लगायो

प्रधानसेनापति थापाले कोरोना विरुद्धको खोप लगायो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १७ प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएको छ । प्रधानसेनापति थापाले कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएको हो । प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोत नखुलेको ३ लाख रुपैयाँसहित महिला पक्राउ

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित महिला पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १७ सप्तरीमा स्रोत नखुलेको तीन लाख रुपैयाँ नगदसहित एक महिला पक्राउ परेको छ । छिन्नमस्ता गाउँपालिका–१ निवासी ५५ वर्षीया गीता देवी महतो स्रोत नखुलेको रकमसहित पक्राउ परेको हो । आज बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेपछि यो क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भइरहेको देखिएको हो । यसअघि ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो । छिन्नमस्ता गाउँपालिका–५ निवासी ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका थिए । उनीहरुको साथबाट स...
बेलकामा अबैध काठको फर्निचर बरामद, २ जना पक्राउ

बेलकामा अबैध काठको फर्निचर बरामद, २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १७ उदयपुरको बेलका नगपालिकामा अबैध काठको फर्निचर  सहित जिल्ला प्रहरी कार्यालय उदयुरले २ जनालाई आईतबार पक्राउ गरेको छ । जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत बेलका नगरपालिका ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्ग बाट अबैध फर्निचर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो । पक्राउ पर्नेमा ट्याक्टर चालक बेलका नगरपालिका ९ का २४ बर्षिय कृष्ण बहादुर शाही ठकुरी र काठ धनि सुनसरी बराह क्षेत्र नगरपालिका २ की धनु राईलाई रहेको छ । उनिहरुलाई स १ त ७९१६ नं को ट्याक्टरमा सखुवा जातको काठ लोडगरी सुनसरी तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट करिब १ लाख बराबरको बिभिन्न फर्निचर सम्बन्धि सामाग्रीहरु लोबेड ...
२०७८ सालमा ३ वटा दशैँ

२०७८ सालमा ३ वटा दशैँ

समाचार
पूर्णपुष्टि, फागुन १७  आगामी २०७८ सालमा तीन वटा दशैँ परेको छ । यस वर्ष अर्थात २०७७ सालको चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैँ पनि बैशाख ७ गते मङ्गलवार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोमा उल्लेख छ । यसैगरी २०७८ सालको चैत २६ गते शनिवार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ  । वडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १८ गते लक्ष्मीपूजा र भाइटीका कात्तिक २० गते शनिवार परेको छ ।...
ट्याक्टरको ट्रली पल्टेर एकको मृत्यु

ट्याक्टरको ट्रली पल्टेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन १७ मोरङमा ट्याक्टरको ट्रलीले किची एक जनाको मृत्यु भएको छ । रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको हो । आज दिउसो साढे १ बजे उर्लाबारी –१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।...
उदयपुरमा ६ बोरा अबैध सुर्ति बरामत

उदयपुरमा ६ बोरा अबैध सुर्ति बरामत

समाचार
पूर्णपुष्टि,फागुन १७ आज बिहान साढे ५ बजेको समयमा उदयपुरमा ६ बोरा सुर्ति बरामत भएको छ । त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा काठमाण्डौबाट गाईघाट तर्फ आउदै गरेको बसलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाँच गर्दा  अबैध सुर्ति बरामत भएको हो । बा ४ ख ८६४३ नम्बरको बसमा ६ बोरा सुर्ति फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी कर दाता सेवा कार्यालय उदयपुर,गाईघाट पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भिमहादुर दाहालले बताउनुभयो ।...
राष्ट्रपतिले गरीन फागुन २३ गते संसद बैठकको आह्वान

राष्ट्रपतिले गरीन फागुन २३ गते संसद बैठकको आह्वान

समाचार
पूर्णपुष्टि, फागुन १७ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्। विज्ञप्तिमा फागुन २३ गते दिउँसो ४ बजे संसद बैठक बस्ने उल्लेख गरिएको छ । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो। संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।...
क्यान्सरको उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन, स्वदेशमै गुणस्तरीय क्यान्सर उपचार सेवा

क्यान्सरको उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन, स्वदेशमै गुणस्तरीय क्यान्सर उपचार सेवा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,फागुन १७ स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने उद्देश्यले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएको छ । अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । नेपालीहरुले क्यान्सरको उपचार समयमै नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन समस्या समाधान भएको छ । क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन, ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ मा गुणस्तरीय सेवा सुलभरुपमा...
आज सुनको भाउमा वृद्धी

आज सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन १७ लगाताररुपमा घटिरहेको सुनको भाउ आज बढेको छ । आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । हिजो तोलामा सुनको भाउ ८८ हजार तीन सय रुपैयाँ थियो भने आज आज तोलामा चाँर सय रुपैयाँले बढेर सुन ८८ हजार सात सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
पूर्वप्रधानमन्त्री  भट्टराईलाई क्यानसर नभएको चिकित्सकको निष्कर्ष , तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यानसर नभएको चिकित्सकको निष्कर्ष , तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

समाचार
पूर्णपुष्टि,फागुन १७ पूर्वधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका थिए । भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ, भने तत्कालै उनको ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष छ । चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई÷तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।...