Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

पूर्व राष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

पूर्व राष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

समाचार, संसार
पूर्णपुष्टि, फागुन १८  फ्रान्सको पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई त्याहाको अदालतले तीन वर्ष जेल सजाय तोकेको छ । पूर्व राष्ट्रपति सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति थियो । सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ । सार्कोजीलाई आफूले गरेको काम गलत थाहा हुँदाहुँदै पनि स...
आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्ने

आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो । ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ । आज दिउँसो ३ बजे यो ऋणपत्र बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ  ५० हजार रुपैयाँले भाग ...
आज मौसम सफा रहने

आज मौसम सफा रहने

समाचार
पूर्णपुष्टि, फागुन १८  आज देशभरको मौसम सफा रहने भएको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको जनाएको छ । भोलि पनि आज जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र पर्सि बिहीवारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने जनाएको छ ।...
ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १८  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । त्यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग्दा दुई सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...
फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि

फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि

समाचार
पूर्णपुष्टि, फागुन १८  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गतराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो । डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ सय ९३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख छ । निगमले यसअघि गत फागुन ४ गते मूल्य बढाएको थियो ।...
नेपाललाई चीनले  थप ३ लाख डोज कोरोना विरुद्धको खोप दिने

नेपाललाई चीनले थप ३ लाख डोज कोरोना विरुद्धको खोप दिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १८ नेपाललाई चीनले थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतवासले सोमबार एक सूचना जारी गर्दै खोप उपलब्ध गराउने जानकारी दिएको हो । यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।...
नेप्से ४१ अंकले बढ्यो

नेप्से ४१ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १७  आज शेयर बजार परिसूचक नेप्से करिब ४१ अंकले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४०.६४ अंकले बढेर २५ सय १५.० तीन विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै २७ अंकले, व्यापारको ९७, होटल तथा पर्यटनको ५६, विकास बैंकको ३८, जलविद्युतको ३१, फाइनान्सको २३, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६८,  अन्यको २७, माइक्रो फाइनान्सको ८१, जीवन बीमाको तीन सय ५९ र लगानी समूहको शेयर झण्डै दुई प्रतिशतले बढेको छ । दुई सय नौ कम्पनीका एक करोड १८ लाख ३८ हजार कित्ता शेयर पाँच अर्ब ६९ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको सबैभन्दा धेरै ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज चन्द्रागिरी हिल्स लिमिटेडको झण्डै १० र कर्पाेरेट विकास बैंकको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।...
संवैधानिक आयोगका नियुक्ति खारेजको माग

संवैधानिक आयोगका नियुक्ति खारेजको माग

समाचार
पूर्णपुष्टि, फागुन १७ मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संसदीय सुनुवाइ बिना संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । मन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति खारेज गर्न माग गरेका हुन् । माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत विभिन्न ११ वटा आयोगमा भएका ३२ जनाको नियुक्ति खारेज गर्नुपर्ने माग गरेका छन् । संवैधानिक आयोगहरूको स्वतन्त्रतालाई कमजोर पार्ने गरी ल्याएको अध्यादेशलाई नेपाल सरकारले तत्काल फिर्ता गरी कुनै पनि परामर्श र संसदीय सुनुवाइ प्रक्रियासमेत अवलम्बन नगरी यी आयोगहरूमा गरिएका नियुक्तिलाई रद्द गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनुसार मंसिर ३० ...
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १७ नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार दुई सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार सात सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप ६४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या दुई लाख ७० हजार चार सय ७१ जना पुगेको मन्त्रालयले जनाएको । अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका  मन्त्रालयले जनाएको छ ।...
विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १७ नेपाल सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ गरेको छ । सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ परेको हो । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको संयुक्त टोलीले गौशाला नगरपालिका–११ स्थित तारेचौरीबाट महोत्तरी–सर्लाही इन्चार्ज सुस्लिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।...