Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा अवैध सुनसहित एक पक्राउ

त्रिभुवन विमानस्थलमा अवैध सुनसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १८ १६० ग्राम अवैध सुनसहित ४२ बर्षीय युवा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको छ । नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो । सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका–६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको सुनको ३ थान बाला र २ थान औंठीसहित पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।...
कुकुरको टोकाइबाट १२ बर्षीया बालिकाको मृत्यु

कुकुरको टोकाइबाट १२ बर्षीया बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन १८ कुकुरको टोकाइबाट धनुषामा १२ बर्षीया बालिकाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको कुकुरको टोकाईबाट मृत्यु भएको हो । शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कुकुरले टोकेको केही बेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।...
विमानस्थलबाट अवैध सुनसहित १ जना पक्राउ

विमानस्थलबाट अवैध सुनसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १८ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेको छ ।  सुनको ३ थान बाला र २ थान औंठी करिब १ सय ६० ग्राम अवैध सुनसहित स्याङ्जा चापाकोट नगरपालिका–६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना गतराति पक्राउ परेको हो । हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।...
विप्लवसँग वार्ता गर्न बादलको नेतृत्वमा वार्ता टोली गठन

विप्लवसँग वार्ता गर्न बादलको नेतृत्वमा वार्ता टोली गठन

समाचार
पूर्णपुष्टि, फागुन १८ सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जनाएको छ ।...
स्यानिटाइजर सेवन गर्दा एक महिलाको मृत्यु

स्यानिटाइजर सेवन गर्दा एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन १८ कोसी अस्पतालमा उपचारको क्रममा ६५ बर्षीया महिलाको स्यानिटाइजर सेवन गर्दा मृत्यु भएको छ ।  शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी अम्बिका अधिकारीले स्यानिटाइजर खाएकी थिइन् । घरायसी वादविवादको कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्यानिटाजर सेवन गरेपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार दिउँसो १ बजे उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।...
ताप्लेजुङमा भीषण आगलागी

ताप्लेजुङमा भीषण आगलागी

समाचार
पूर्णपुष्टि, फागुन १८  ताप्लेजुङको दोभानेमा भीषण आगलागी भएको छ । दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागीबाट अहिलेसम्ममा पाँच घर जलेर नष्ट भएको छ । आगो निभाउने प्रयास भए पनि तत्काललाई नियन्त्रणमा आउने सम्भावना कम छ । बिहान आठ बजेदेखि आगलागी हुन सुरु भएको प्रहरीले जनाएको छ । मेरिङ गाउँपालिका– ३ पर्ने दोभान बजारमा १ सय ५० घर रहेका छन् ।...
ब्राउन सुगरसहित चार पक्राउ

ब्राउन सुगरसहित चार पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १८ ईलाम नगरपालिका –७ स्थितबाट ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । ईलाम सुर्योदय नगरपालिका–१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षिय अनिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, एक थान स्टिलको प्लेट, ५ को तीन थान नेपाली नोट र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तनहुँको होटलमा आगलागी

तनहुँको होटलमा आगलागी

समाचार
पूर्णपुष्टि, फागुन १८ तनहुँको व्यास नगरपालिकामा संचालित एक होटलमा आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गतराति करिब २ बजे आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । होटल नजिकै रहेको तरकारी लाइनको ट्रान्समिटर पड्किएर होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको थियो ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज सुनको भाउ घटेको छ । सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
ट्रक एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

ट्रक एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन १८ नवलपुरको दुम्कौलीमा दुई वटा ट्रक एकआपसमा ठोकिन्दा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गतराति दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् । दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । दुर्घटनामा परी ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका निबासी ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहीले जनाएको छ । दुर्घटनामा ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेक...