Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

नाबालक छोराको हत्या गर्ने बावु पक्राउ

नाबालक छोराको हत्या गर्ने बावु पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १८ बैतडीमा आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेको हो । राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । छोराको कुटाइबाट घाइते भएका बुबा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । राजबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ढिस्कोले पुरेर १ जनाको मृत्यु

ढिस्कोले पुरेर १ जनाको मृत्यु

समाचार
मोरङ, फागुन–१८ मोरङ सुनवर्षीमा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका – ४ गान्धी आश्रम निबासी २० बर्षीया बन्सुगिया यादवको मंगलबार दिउँसो साढे १ बजे माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् । सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा  माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनि सगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।...
२८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

२८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

समाचार
मिलन परियार, फागुन १८ रौतामा ३ दिने जिवन उपयोगि तालिम गरिएको छ । लिम्चुङबुङ, रौतामाई र त्रियुगा १५ का २८ जना बालबालिकाहरुलाई तालिममा सहभागी गराइएको थियो । जाल्पा एकिकृत विकास समाजको आयोजना, वल्र्ड भिजनको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयमा तालिम दिइएको हो । शनिवार बाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको छ । तालीममा बालबालिका हरुलाई जीवन उपयोगी सीप अन्तर्गत तनाव ब्याबस्थापन ,प्रभाबकारी संञ्चार लक्ष्य निर्धारण ,किसोर किशोरी अबस्थामा हुने परिबर्तन, समुदायमा सुरक्षित र असुरक्षित स्थानको पहिचान , लैगिङ्तामा आधारित हिंसा , बाल अधिकार ,बाल बिबाहका असर र बालबिबाह न्यूनीकरणमा बालबालिकाको भुमिका बिषयमा तालिम दिईएको हो । बाल बालिकाको क्षमता अभिबृदी गर्ने उद्देश्यलेले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष पुस्पराज पोखरेलले जानकारी दिनुभयो ।  ...
आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था गर्न राष्ट्रपतिको आग्रह

आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था गर्न राष्ट्रपतिको आग्रह

समाचार
पूर्णपुष्टि, फागुन १८ राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पनसर््थापनाको पहल गर्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी हुन् । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको वक्तव्यमा उल्लेख छ । दोभान बजारमा मंगलबार आगलागी हुँदा ५० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...
नेप्से परिसूचक ५९ अंकले घट्यो

नेप्से परिसूचक ५९ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९.७० अंकले घटेर २ हजार ४ सय ५५.३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले ओरालो लागेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँमा सिमित भयो । नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९.१८ प्रतिशत अर्थात २ सय ७८.४९ अंकले बढेको छ । अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ०.८ प्रतिशत अर्थात १६.८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन...
ब्राउन सुगरसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १८  ईलाममा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । इलामको सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बु पक्राउ परेकोे जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । उनीहरुको साथबाट ७ सय ५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट एक थान, नेपाली पाँच रुपैयाँको नोट तीन थान र लागुऔषध सेवनमा प्रयोग हुने ढुङग्रोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सोमवार साँझ ५ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ताप्लेजुङ : ५० घर जलेर नष्ट

ताप्लेजुङ : ५० घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, फागुन १८  ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा आज विहानदेखि लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएको  । बस्तीमा लागेको आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्नथालेपछि खतरा झनै बढेको प्रहरीले जनाएको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको जनाईएको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जनाएको छ । दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको नोक्सानीको वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने प्रहरी...
लैँङ्गिक समनता तथा हिंसा न्युनिकरणमा १३ नं वडा अग्रसर, एक सय बढी महिलाहरुलाई ४ दिने अनुशिक्षण तालिम

लैँङ्गिक समनता तथा हिंसा न्युनिकरणमा १३ नं वडा अग्रसर, एक सय बढी महिलाहरुलाई ४ दिने अनुशिक्षण तालिम

समाचार
पूर्णपुष्टि, फागुन १८ त्रियुगा नगरपालिका वडा नं १३ ले महिलाहरुका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । महिला नै जनप्रतिनिधि पाएको सो वडाले १५ प्रतिशत बजेट महिला कार्यक्रममा लगानी गर्दे आएको छ । समाजमा घट्ने बिभिन्न महिला तथा लैँङ्गिक हिंसा न्युनिकरणको उदाहरणीय मैलामैत्री वडाको रुपमा स्थापित हुन वडाले हरेक बर्षको बजेटमा महिलाहरुलाई प्राथामिकतामा राखेर काम गर्दै आईरहेको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । हालै वडाले मंगलबार देखी शुक्रबार सम्म १ सय बढी महिलाहरुलाई लैँङ्गिक समनता तथा हिंसा बिषयक अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । अनुशिक्षण तालिममा अति विपन्न महिला, आदिवासी जनजाति महिला र अपाङगता भएको महिलाहरुलाई बिषेश प्राथामिकता दिएको छ । तालिममा महिलाहरुमा घट्ने बिभिन्न हिंसाका घटना तथा लैँङ्गि हिंसा बारे सचेतना मुलक जानकारीहरु दिईने वडा सचिव भिमा राईले बताउनुभयो । ब...
भाई भेट्न गएका दाई चरेससहित पक्राउ

भाई भेट्न गएका दाई चरेससहित पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १८ पर्साको वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक एक जना लागूऔषधसहित पक्राउ परेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २२ वर्षीय मिङमा शेर्पा लागुऔषध चरेसहित पक्राउ परेको हो । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा करिब १० ग्राम चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र चरेस बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिएका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२ महिनामा १८ हजार पर्यटक भित्रिए

२ महिनामा १८ हजार पर्यटक भित्रिए

पर्यटन, समाचार
पूर्णपुष्टि, फागुन १८  नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । जनवरी र फेब्रुअरी महिनामा कुल १८ हजार २० जना पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् भने फेब्रुअरमा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो । नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८ हजार ७ सय ९१ जना पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेब्रुअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो । दुई महिन...