लिम्चुङ्बुङमा माटो परिक्षण शिविर सम्पन्न
मिलन परियार
लिम्चुङ्बुङ, फागुन २०
उदयपुरको कर्णली भनेर चिनिने लिम्चुङ्बुङ गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ ।
लिम्चुङ्बुङ गाउँपालिका–३ बाराहामा गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम अन्तरगत कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र उदयपुरको प्राविधिक सहयोगमा बुधबार माटो परिक्षण शिबिरसम्म्पन भएको हो ।
माटोमा भएको अवस्था पहिचान गरी त्यस माटोमा कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजक लिम्चुङ्बुङ गाउँपालिका कृषि शाखाले जनाएको छ ।
पालिकालाई कृषि क्षेत्रमा आत्मानिर्भर बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष कृषि परियोजना कार्यक्रम अन्तरगत पालिकाको ५ वटै वडामा माटो परिक्षण शिबिर संचालन गरिएको लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । माटोको पहिचान गरी आधुनिक प्रविधिबाट खेती गर्न आबश्यक भएकाले माटो परिक्षण अनिवार्य रहेक...









