Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

ट्राफिक दाई (गजल)

ट्राफिक दाई (गजल)

साहित्य
तुलसा भट्टराई, उदयपुर राम्रो काम ट्राफिक दाई ! सचेतना जगाउनु है ! अनावश्यक बज्ने ध्वनी सबैतिर हटाउनु है ! लाग शिक्षक पत्रकार सहयोगी बिगुल फुक्न साथमा साथ काधमा हात सबैले लगाउनु है ! उच्छृङ्खल, मदिरा खाई साधन चलाउनेलाई कडा गरी ट्राफिक दाई ! दुर्घटना भगाउनु है ! शिक्षित, सभ्य र बाध्यतामा परेकाहरूलाई नै जथाभावी नरोकी सहयोगी हात बढाउनु है ! सपथ नै दायित्व हो हर्दम् जनताकै सुरक्षामा खटी कार्य गर्दा पुरस्कार, धन्यवाद पाउनु है ! एक थुकी सुकी हजुर सयले थुकी नदी भन्छन् ट्राफिक नियम मान्नलाई सबैले सघाउनु है !  ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २०  आज सुनको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
लागुऔषसहित १ जना पक्राउ

लागुऔषसहित १ जना पक्राउ

समाचार
सुनसरी, फागुन–२० सुनसरी धरानबाट लागुऔषसति एक जना पक्राउ परेको छ । धरान – १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेतबहादुर मगर लागुऔषध सहित पक्राउ गरिएको हो । बुधबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा डाईजोल्याव १० ऐम्पुल, फेनेरागन २३ ऐम्पुल, एभिल १३ ऐम्पुल र लुपिजेन्सिक ११  ऐम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेको मगर माथी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।...
दोस्रो मेयर कप आमन्त्रित मार्सल आर्ट महोत्सव हुने

दोस्रो मेयर कप आमन्त्रित मार्सल आर्ट महोत्सव हुने

खेलकुद, समाचार
आशिष वस्नेत  कटारी २० फागुन ,  उदयपुरको कटारीमा “दोस्रो कटारी मार्सल आर्ट महोत्सव २०७७” हुने भएको छ । आगामी चैत्र ५ देखि १३ गतेसम्म “दोस्रो कटारी मार्सल आर्ट खेल महोत्सव हुने भएको हो । आज कटारीमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिका अध्यक्ष दिपक ब्लोन तामाङ्गले महोत्सवको जानकारी गराएको थियो । प्रदेश १ र तेक्वान्दो तर्पm प्रदेश २ बाट समेत प्रतियोगीहरुले सहभागिता जनाउने बताउनुभयो । प्रतियोगितामा १ सय ६४ मेडलका लागि १५ टिमका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलन मार्पmत जानकारी गराईएको छ । पहिलो प्रतियोगिता चैत्रको ५ देखि ७ सम्म गराँस तेक्वान्दो डोजाङ्गको आयोजनामा १५ स्वर्ण पदक ,रजत तर्पm १५ र कास्य तर्पm ३० मेडलका लागि प्रतिस्पर्धा हुनेछ । त्यसैगरी तेक्वान्दोमा २० देखि २५ टिमले सहभागीता जनाउनेछन् । तेक्वान्दोमा करिब ३ सय खेलाडी र रेफ्रीहरु कटारीमा प्रतिष्पर्धाका ला...
मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
मोरङ, फागुन–२० मोरङ सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका –३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । सोही स्थानमा गतराती ९ बजे प्र १–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएको थियो । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक स्थनीयय ३१ बर्षीय देवकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
पश्चिमी वायुको आंशिक प्रभाव

पश्चिमी वायुको आंशिक प्रभाव

समाचार
पूर्णपुष्टि, फागुन २० आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने जनाएको छ ।...
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

समाचार
पूर्णपुष्टि, फागुन २० आज सरकार र नेत्र विक्रम चन्द (विप्लव) समूहबीच तीन बुँदे सहमति भएको छ । बालुवाटारमा भएको दोस्रो चरणको छलफलको क्रममा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै सरकारको तर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् । सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा (बालद) र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । सरकार  र नेत...
सेनाको आक्रमणमा ३८ जना प्रदर्शनकारीको मृत्यु

सेनाको आक्रमणमा ३८ जना प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन २०  म्यानमारमा सेनाको आक्रमणबाट बुधबार ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ । यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । म्यानमारमा हरेक...
ट्रकको ठक्करबाट २ जनाको मृत्यु

ट्रकको ठक्करबाट २ जनाको मृत्यु

समाचार
झापा, फागुन २० पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापा कनकाई नगरपालिका ४ मा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान –१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ –१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भएका उनीहरुको वि एण्ड वि अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारमा सवार मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश  मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञानबहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएको प्रहरीले जनाए...
ब्राउन सुगरसहित १ जना पक्राउ

ब्राउन सुगरसहित १ जना पक्राउ

समाचार
झापा, फागुन– २० झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । भद्रपुर नगरपालिका –६ का २६ बर्षीय बिशाल मण्डललाई ब्राउन सुगरसहित पक्राउ परेको हो । भद्रपुर –५ स्थित बसपार्कबाट बुधबार दिउसो पौने ३ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, भिभो कम्पनीको मोबायल फोन थान २ र डब्ल्यूवी ७४ ए क्यू ३८६४ नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।...