Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

रसुवागढी नाका ३ सातापछि खुल्यो

रसुवागढी नाका ३ सातापछि खुल्यो

समाचार
पूर्णपुष्टि, फागुन २१  आजदेखि बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका खुलेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको जनाएको छ । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए । भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए । यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर  व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ । चिनि...
एउटै मञ्चबाट ओली र विप्लवले सम्बोधन गर्दै

एउटै मञ्चबाट ओली र विप्लवले सम्बोधन गर्दै

समाचार
पूर्णपुष्टि, फागुन २१ आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)ले एउटै मञ्चबाट संयुक्त रुपमा सम्बोधन गर्दै छन् । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीले जनाएको छ । दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् । सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।...
उदयपुरमा १ फरार प्रतिबादी पक्राउ

उदयपुरमा १ फरार प्रतिबादी पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २० उदयपुरमा एक जना फरार प्रतिबादी पक्राउ परेको छ । हातहतियार खरखजना तथा गौबध मुद्दामा गत वर्ष पुस १० गतेबाट फरार रहेको बेलका नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय मिन्जु राई पक्राउ परेको हो । गतराती करिब ९ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटेको प्रहरी बिशेष  टोलिले फरार प्रतिबादी राईलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा बाख्रा चोर पक्राउ

उदयपुरमा बाख्रा चोर पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २० उदयपुरमा बाख्रा चोर पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेको खसिबजारबाट बेच्न राखेको अवस्थामा रौतामाई गाउँपालिका–३ लाफागाउँ निबासी ३३ वर्षीय निरबहादुर कार्की पक्राउ परेको हो । त्रिनपा–१५ निबासी विष्णुकुमार के.शी.को बाख्रा चले त्रिनपा–१४ को ईन्द्रकमल सामुदायिक वनमा खसि बाख्रा चराउन लगेको बेला ४ वटा बाख्रा चोरी भएपछि तत्काल के.शी.ले जिल्ला प्रहरी कार्यालय उयदपुरमा खबर गरेको थियो ।खबर पाए लगतै जिप्रका उदयपुरबाट विशेष प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा त्रिनपा–४ फर्सेट स्थित सरगरमाथा ड्राई फुड एण्ड मिट हाउसमा काम गर्ने कार्कीलाई चोरी गरी खसिबजारमा बेच्न राखेको अवस्थामा फेला पारी बाख्रासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । चोरेको बाख्रासहित पक्राउ परेको कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपाल दक्षिण एसियामा तेस्रो

नेपाल दक्षिण एसियामा तेस्रो

समाचार
पूर्णपुष्टि, फागुन २० नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक पाएको छ । दक्षिण एसियामा नेपालभन्दा बढी स्वतन्त्रता भएका मुलुकमा भारत ६७ अंकसहित पहिलो स्थानमा छ भने भुटानको ६१ अंक छ । नेपाल र श्रीलंकाको समान अंक छ । दक्षिण एसियामा अफगानिस्तानको सबैभन्दा कम २७ अंक छ । पाकिस्तानले ३७, बंगलादेशले ३९ र माल्दिभ्सले ४० अंक पाएका छन् । नेपालले राजनीतिक स्वतन्त्रतातर्फ २५ र नागरिक स्वतन्त्रतातर्फ ३१ अंक पाएको छ । फ्रिडम हाउसले विश्वका विभिन्न २ सय १० मुलुकमा गरेको अध्ययनबाट यो प्रतिवेदन तयार पारेको हो । त्यसका लागि विभिन्न माध्यमको प्रयोग गरी सम्बधित मुलुकको राजनीतिक तथा नागरिक स्वतन्त्रताको विषयमा अध्ययन गरिएको थियो । फ्रिडम ...
आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २० आज नेप्से परिसूचक ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९०.२७ अङ्कले बढेर २ हजार ५ सय ६.२८ अङ्कमा पुगेको छ । जीवन बीमा समूहको शेयर ५ सय ७१.९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ३ सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६.७१ अङ्कले बढेको छ । २ सय ६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो । सूर्याेदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
सम्झना बोहरा हत्यामा संलग्न अभियुक्त पक्राउ

सम्झना बोहरा हत्यामा संलग्न अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २० गुल्मीमा २१ वर्षीया युवतीको हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलार्ई प्रहरीले सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आज सार्वजनिक गरेको हो । लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले खुलाएको छैन । सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो । खत्रीले २९ गते नै हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खत्रीले बेपत्ता भएकी सम्झनाको खोज तलास गर्ने कार्यमा पनि सक्रियता देखाएका थिए । पछि उनैले शवको गन्ध ...
ताप्लेजुङको बजारमा लागेको भिषण आगलागीले ४० करोड क्षति

ताप्लेजुङको बजारमा लागेको भिषण आगलागीले ४० करोड क्षति

समाचार
पूर्णपुष्टि,फागुन २० ताप्लेजुङको दोभान बजारमा भएको आग्नीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले नगद ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा करिब एक करोडको क्षति भएको कार्यदलले जनाएको छ । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गतराती मात्र क्षतिको विवरण तयार गरेको थियो । मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।...
ट्याक्टर ४० मिटर तल झर्दा सह–चालकको मृत्यु

ट्याक्टर ४० मिटर तल झर्दा सह–चालकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २० भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । भोजपुर गाउँपालिका–५ का १८ बर्षीया प्रदिप तामाङको दुर्घटनामा मृत्यु भएको हो । आज बिहान पौने ७ बजे सोही स्थानमा को २ त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा सहचालक प्रदिप तामाङ गम्भिर घाईते भएका थिए । घाईते तामाङको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सवाँ ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २० सर्लाहीबाट आठ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । गाँजासहित महोत्तरीको पिपरा गाउँपालिका–३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...