Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

आज मेलम्चीको पानी सुन्दरीजलमा झर्ने

आज मेलम्चीको पानी सुन्दरीजलमा झर्ने

समाचार
पूर्णपुष्टि, फागुन २२  आज मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो । अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने जनाएको छ । यो सफल परीक्षणपछि अब तीन महिना भित्र काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना रहेको छ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाड...
लागुऔषाध दुरव्यसनी   नियन्त्रण सम्बन्धि कटारीमा साँस्कृतिक कार्यक्रम

लागुऔषाध दुरव्यसनी नियन्त्रण सम्बन्धि कटारीमा साँस्कृतिक कार्यक्रम

समाचार
आशिष वस्नेत  पूर्णपुष्टि फागुन २१  कटारी नगरपालिका ५ मा लागुऔषध नियन्त्रण सम्बन्धि सडक नाटक तथा सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरिएको छ । ।समग्र ५ नम्बर वडा युनियनको आयोजनामा वडाको भवरीदेवी आधारभूत विद्यालयको परिसरमा चेतनामुलक नाटक साथै सांस्कृतिक कार्यक्रम गरिएको हो । युनियनका सल्लाहाकार रामसिंह राईले समाजमा लागुऔषध दुव्र्यसनीका कारण आपराधिक कृयाकलापहरु बढिरहेका वेला युवाहरुको पहलमा समुदायमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी सहायक निरिक्षक सुवास थापाले लागु औषध नियन्त्रण सम्बन्धि यो कार्यक्रम निकै उपलब्धी मुलक रहेको बताउनुभयो । यो संस्कृतिक तथा चेतनामुखी सडक नाटकले लागुऔषाध दुव्र्यसनिलाई नियन्त्रण गर्न थप प्रयास र सहयोग पुगेको थापाले बताउनुभयो ।कार्यक्रममा वडा सदस्य हेमा विश्वकर्माले युवाहरुको कार्य सराहनिय भएको भ...
सुकुम्वासीहरुको नितिगत समस्या बारे गाईघाटमा जिल्ला अगुवा कार्यकर्ता भेला तथा छललफल

सुकुम्वासीहरुको नितिगत समस्या बारे गाईघाटमा जिल्ला अगुवा कार्यकर्ता भेला तथा छललफल

समाचार
पूर्णपुष्टि, फागुन २१ उदयपुरमा नितिगत कुराहरुको झमेलाले सुकुम्वासीहरुलाई अल्मलायको भन्दै जिल्लाभरी रहेको अगुवा सुकुम्वासी कार्यकर्ताहरु भेला भएको छ । जिल्ला भुमि अधिकार मञ्च  उदयपुरको आयोजनामा अगुवा सुकुम्वासीहरुलाई उपस्थिति गराई नितिगत बिषयमा प्रष्ट पारिएको छ । राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका माहासचिव वल बहादुर तामाङ र सामुदायीक आत्मानिर्भर सेवा केन्द्रका प्रतिनिधि विनोद गौतमले नितिगत बारे सुकुम्वासीहरुलाई प्रष्ट पार्नु भएको छ । कार्यक्रममा उहाँहरुले सुकुम्वासी व्यवस्थाहरु बारे जानकारी गराउँदै आयोगले आफुहरु सँग भएको पूर्ण नितिको पाठ अगुवा सुकुम्वासीहरु सामु प्रष्ट पारेको छ । आयोगको नितिमा भएको कुराहरु प्रष्ट पार्दै उदयपुरभरी नै लालपुर्जाको लागि सुकुम्वासीहरुको जग्गा प्रक्रियामा तत्काल सम्बन्धित निकाय तथा स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनुभयो । उहाँहरुले आयोग सँग २ ओटा सुकुम्व...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ईलाम, फागुन २१  ईलामको सुर्योदयमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको हो । ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा गतराती साँढे ८ बजे बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
संसदीय दलको नेतामा प्रचण्ड

संसदीय दलको नेतामा प्रचण्ड

समाचार
पूर्णपुष्टि, फागुन २१  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन हुनु भएको छ । सो समूहले यसअघिनै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाई सकेका थिए । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो ।बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताउनुभयो । उहाँले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताउँदै आफ्नो समूह बहुमद र मजबुद रहेको बताउनुभयो । आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गर्नु भएको थियोे ।  ...
मानव बेचविखनका फरार अभियुक्त १४ बर्ष पछि प्रहरी फन्दानमा

मानव बेचविखनका फरार अभियुक्त १४ बर्ष पछि प्रहरी फन्दानमा

समाचार
पूर्णपुष्टि, फागुन २१ मानाव बेचविखनमा संलग्न फरार  अभियुक्त १४ बर्ष पछि प्रहरी फन्दामा परेको छ । बाराको साविक नरही गाविस–९ बेलाही टोल बस्ने जगदिश दासलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । दासलाई शुक्रबार बिहान करैयामाई गाउँपालिका–८ बाट पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।गौतमका अनुसार ०६३ मंसिर २१ गते साँझ ७ बजे काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहित ४ जना व्यक्तिहरुले कटुवा बन्दुक देखाई रोकेका थिए । उनीहरुले बसका धनी खोटाङको साविक दिक्तेल गाविस–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए । खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरुले फिरौती मागेका थिए । फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएक...
मुटु रोगको उपचार अब कटारी बाटै हुने

मुटु रोगको उपचार अब कटारी बाटै हुने

समाचार, स्वास्थ्य
आशिष वस्नेत २१ फागुन , शुक्रबार  अब मुटुरोगकको सफल उपचार कटारी बटै हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखा प्रमुख मुटुरोग विभागका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेशकुमार साहले कटारीबाट पनि उपचार सेवा प्रदान गर्ने भएको छ । साहाले कटारी मोडल हेल्थ केयर प्रालिबाट सेवा दिने हुनुभएको हो । केयर प्रालिले आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कटारी बाट पनि मुटु रोगको सफल उपचार हुने कुरामा ढुक्क गराउनुभयो । प्रालिका प्रमुख डाक्टर गणेशलाल दासले कटारीबाट मुटुरोगीहरुलाई सहज उपचार गराउने व्यवस्थाका लागि डाक्टर साहले कटारीबाट उपचार गराउने व्यवस्था मिलाएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै डा. साहले विरामीहरुलाई काठमाडौं जान आउन गाह्रो हुने भएकाले सरकारले प्रदेशमा पनि शाखा स्थापना गरेको थियो । प्रदेशको रुपमा जनकपुर शाखाबाट उपचार गरिरहेको अवस्थामा विरामीहरुको औष...
हेटौँडामा मिनी रङ्गशाला निर्माण सुरु

हेटौँडामा मिनी रङ्गशाला निर्माण सुरु

समाचार
पूर्णपुष्टि, फागुन २१ वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारको क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम सुरु भएको छ । खेलमैदानको वरपर आठ लेनको ४ सय मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु गरिएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा  ११ लाख बजेट विनियोजन गरेको छ । अहिलेसम्म मकवानपुरमा एथ्लेटिक्स ट्र्याक निर्माण भएको थिएन । यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र परेको थियो । अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने जनाईएको छ । यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ । प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । पिप्ले ...
न्युजिल्यान्डमा ७.२ रेक्टरको भूकम्प

न्युजिल्यान्डमा ७.२ रेक्टरको भूकम्प

समाचार, संसार
पूर्णपुष्टि, फागुन २१ न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । ७.२ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको  जनाएको छ । अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।...
राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

समाचार
पूर्णपुष्टि, फागुन २१ बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । राजपरिवारसहितको टोली सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् । सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । टोली नेपालमा ७९ दिनसम्म बस्ने विज्ञप्तिमा उल्लेख छ । टोलीले सन् २०२० मा नेपालका लोबुचे पिक र मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।...