Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

समाचार
ताप्लेजुङ, फागुन–२२ ताप्लेजुङ मिक्वाखोला गाऊपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । भोजपुर ओख्रेसावु निबासी २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी निबासी २२ बर्षीय अम्बरबहादुर कामी रहेको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटोले किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
भोजपुर, फागुन–२२ भोजपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । रामप्रसादराई गाऊपालिका–४ का ५१ बर्षीय ईन्द्रबहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको हो । शुक्रबार साझ पौने ६ बजे को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज दिउसो सभा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २२ उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ घर भई त्रिनपा–१३ को तरकारी बजारमा गमलाको पसल गर्ने प्रमिला सहनीको पसलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् । प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा खटेको विशेष प्रहरी टोलीले सिराहा जिल्लाको लहान नगरपालिका–१७ घर भई हाल त्रिनपा–११ बस्ने ५५ वर्षीय राजकुमारी सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनीलाई चार सय ग्राम गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मङ्गल ग्रहमा पहिलो पटक गुड्यो रोबोट

मङ्गल ग्रहमा पहिलो पटक गुड्यो रोबोट

समाचार
पूर्णपुष्टि, फागुन २२  अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोबोटको यान पहिलो पटक मङ्गल ग्रहको सतहमा परीक्षण यात्रा गरेको छ । पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई हप्ता पूरा भइसकेको छ । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको झण्डै सात महिनापछि गत फागुन ७ गते मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो । दुई हप्तामा वैज्ञानिकले यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ । मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । वैज्ञानिकले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्राग ऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अ...
दोस्रो टी–२० मा श्रीलङ्काको जित

दोस्रो टी–२० मा श्रीलङ्काको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २२ वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेट प्रतियोगीतामा श्रीलङ्काले जित हात पारेको छ । आज भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ४३ रनले पछि पार्दै जित हात पारेको हो । श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज १८ ओभर ४ बलमा अलआउट भयो । वेस्ट इन्डिजले १ सय १७ रन मात्र बनायो । वेस्ट इन्डिजका ओबेड म्याककोएले सर्वाधिक २३ रन बनाए । लेन्डल सिमोन्सले २१, क्रिस गेल १६, कप्तान काइरन पोलार्डले १३ रन जोडे । श्रीलङ्काका हसरंगा डा. सिल्भा र लक्शान शन्दकानले ३÷३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । श्रीलङ्काले दनुष्का गुनाथिलकाको ५६ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए । श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा वेस्ट इन्डिजसँग १–१ को बराबरी गरेको छ । पहिलो खेल वेस्ट ...
महत्वपूर्ण  कोरोना खोप सबैले ढुक्कका साथ लगाउन स्वास्थ्य कार्यालय उदयपुरको अनुरोध

महत्वपूर्ण कोरोना खोप सबैले ढुक्कका साथ लगाउन स्वास्थ्य कार्यालय उदयपुरको अनुरोध

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २२ जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना खोप सबैले ढुक्कका साथ लगाउन आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसले कसैलाई पनि आक्रमण गर्न सक्ने भएकोले यो अति आवश्यकीय खोपको रुपमा लगाउन सबैमा अनुरोध गरेको हो । कोरोना अझै पनि नियन्त्रणमा नआइएसकेको हुदा यसको नियन्त्रणको पहिलो पाटो नै खोप रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउँदा बिभिन्न असरहरु देखिने भन्ने भ्रमले कम मात्रामा मानिसहरुले खोपको प्रयोग गरिरहेको स्वास्थ्य कार्यालयल उदयपुरले जनाएको छ । कुनै पनि खोपले दिने प्रतिक्रिया असर नभई रियाक्सन हो भन्दै सामान्यतया खोप लगाएपछि त्यसले कुनै एक खालको प्रतिक्रिया दिन्छ तर त्यो असर नभई त्यसको सकरात्मक असर रहेको स्वास्थ्य कार्यालयले एक पत्रकार सम्मेलनमा जानकारी दिए । खोपको असर थियो भने सायद मानिस अंग भंग हुन्थयोहोला तर लाखौँ मानिसहरु सामान्य खोपको प्रत...
चोरी भएको मुर्ती अमेरिकाद्धारा नेपाललाई हस्तान्तरण

चोरी भएको मुर्ती अमेरिकाद्धारा नेपाललाई हस्तान्तरण

समाचार
पूर्णपुष्टि  फागुन २२  ललितपुरको पाटनबाट ३७ वर्षअघि हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव–कमलाजाको मूर्ति हस्तान्तरण गर्नुभएको थियो । नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो । मूर्तिबारे सूचना दिने न्यू...
एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, फागुन–२२ सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुहबी नगरपालिका– ८ निबासी ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट घाईते भएकी चौधरीको गतराती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालकलाई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
स्कुटी दुर्घटनामा चालकको मृत्यु

स्कुटी दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, फागुन–२२  मोरङ  ग्रामथानमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु भएको छ । स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा ग्रामथान गाऊपालिका–४ का २५ बर्षीय धिरज माझी मृत्यु भएको हो । शुक्रबार साँझ ६ बजे कटहरी –७ तकिया चोक स्थितमा  प्र१–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आज केहि पहाडी भू–भागमा हल्का पानी पर्ने

आज केहि पहाडी भू–भागमा हल्का पानी पर्ने

समाचार
पूर्णपुष्टि, फागुन २२  आज देशको केहि पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी तीन वटा प्रदेशको हिमाली क्षेत्रका केहि ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रही बाँकी भू–भागको मौसम सफा रहने जनाएको छ । अहिले केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको जनाएको छ ।...