Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २३ आज सुनको भाउमा बृद्धी भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको थियो । शुक्रबार १ हजार २ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको महासंघले जनाएको छ । ld...
हाईस र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

हाईस र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि ,फागुन २३ मोरङ सुन्दरहरैचा नगरपालिका–७ गोठगाऊ स्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर ठोक्किदाँ मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवालको दुर्घटनामा मृत्यु भएको हो । बा ४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र २–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भिर घाईते भएका थिए । घाईते दुवैको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा  र सह–चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको र...
१३ नं. वडाको कालोपत्रे सडक उद्घाटन

१३ नं. वडाको कालोपत्रे सडक उद्घाटन

समाचार
पूर्णपुष्टि, फागुन २३ । कालोपत्रे सडकले गाउँ सजिए पछि त्रियुगा नगरपालिकाको १३ नं. वडाबासीमा खुसी छाएको छ । वडाबासीको खुसीकाबीच लक्ष्मीपुर–पोर्ताहा कालोपत्रे सडकको आज नगरपालिकाका मेयर बलदेव चौधरीले कालोपत्रे सडकको उद्घाटन गर्नुभयो । स्थानीय वडाबासी, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार लगायतको उपस्थितिमा कालोपत्रे सडकको उद्घाटन गरिएको वडाध्यक्ष पशुपति चौधरीले बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका इन्जिनियर ब्रम्हदेव चौधरीका अनुसार लक्ष्मीपुर चौकदेखि पोर्ताहासम्म ३ किलोमिटर १ सय ४५ मिटर कालोपत्रे सडकले १३ नं. वडा सजिएको छ । लक्ष्मीपुरको बरुवाखोला किनारदेखिको कालोपत्रे सडकले पोर्ताहामा मदनभण्डारी राजमार्गमा जोडेको छ । सहरी पूर्वाधारको लगानीमा सडपूक कालोपत्रे बनेको हो । ४ करोड २ लाख ३८ हजार बजेटमा निर्माण कम्पनी सगरमाथा भानुमती जेभिले ४ करोड १ लाख ६३...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २३ झापामा लागुऔषधसहित शनिबार दुई जना पक्राउ परेका छन् । झापा बुद्धशान्ति –३ स्थित झिलमिले पुलबाट स्थानीय २३ बर्षीय मुकुन्द राजबंशी र झापा भद्रपुर –८ सगरमाथा चौकबाट स्थानीय २४ बर्षीय दिनेश राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा मुकुन्दको साथबाट ५ ग्राम ४१० मिलिग्राम  लागुऔषध र दिनेशको साथबाट ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
नेकपा नामबारे सर्वोच्चले फैसला गर्दै

नेकपा नामबारे सर्वोच्चले फैसला गर्दै

समाचार
पूर्णपुष्टि, फागुन २३ आज सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ । बमकुमार श्रेष्ठ र कुमार रेग्मी न्यायाधीशको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला गर्न लागेको हो । यसअघि गत २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले स्थगित भएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुग्नुभएको थियो ।...
आज पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना

आज पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन २३ आज पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा र वाग्मती र प्रदेश–१ का केहि ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । अहिले पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भइरहेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।...
लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन सुरु हुँदै

लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन सुरु हुँदै

समाचार
पूर्णपुष्टि, फागुन २३  आजदेखि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थितमा दुई दिने सम्मेलन सुरु हुन लागेको हो । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने जनाईएको छ । सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगले जनाएको छ । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाईएको छ ।...
प्रजको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

प्रजको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २३  लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन गरिएको प्रहरी जवान जनपदको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जना शनिबार पक्राउ गरेका हुन् । नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८...
कोभ्याक्स अन्तर्गतको खोप आउँदै

कोभ्याक्स अन्तर्गतको खोप आउँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३  आज कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ । कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज कोभिड–१९ विरुद्धको खोपमध्ये आईतबार ३ लाख ४८ हजार डोज आउने भएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ । कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्गतको खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।...
आज संसदको ७ औं अधिवेशन हुने

आज संसदको ७ औं अधिवेशन हुने

समाचार
पूर्णपुष्टि, फागुन २३ आजदेखि प्रतिनिधिसभाको सातौं अधिवेशन शुुरु हुुने भएकोछ । संसद बैठक दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा लागेको छ । यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हु...