गाईघाटमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु
पूर्णपुष्टि, फागुन २३
गाईघाटमा त्रियुगा नगर खेलकुद महोत्सव आईतबार बाट सुरु भएको छ । बिभिन्न ८ विद्यामा खेलाइने खेलको त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले औपचारिक रुपमा आज उद्घाटन गर्नुभयो ।
बिभिन्न विद्यामा फुटवल, भलिवल, क्रिकेट, साईकलिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टन आदि खेलहरु खेलाइने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको कार्यालय सचिव उदय राईले बताउनुभयो ।खेल आजबाट बिभिन्न स्थानहरुमा सुरु भएको छ । फुटवल थारुहट रंगशालामा सुरु भएको छ भने साइकलिङ चप्पनमा भएको छ । भलिवल बोक्से नयाँवस्तिमा हुने छ, क्रिकेट पूर्वपश्चिम बसपार्क छेउ हुनेछ भने अन्य व्याडमिन्टन, कराँते, बक्सिङ, लगायतका खेलहरु बोक्से कवर्डहलमा हुने सचिव राईले बताउनुभयो ।
उद्घाटनको दिन चप्पनमा साईकलिङ प्रतियोगिता भईसकेको छ भने थारुहट रंगशालामा फुटवल प्रतियोगिता भएको छ । अन्य खेलहरु चरणबद्ध रुपले खे...








