Wednesday, August 5News That Matters

Month: ५ वर्ष अगाडि

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २४ दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र सोही ठाउँका २३ बर्षीय तिलक थापाको दुर्घटनामा मृत्यु भएको हो । ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
जमीनमा महिलाको स्वामित्व बढ्यो

जमीनमा महिलाको स्वामित्व बढ्यो

समाचार
पूर्णपुष्टि, फागुन २४ २०६१ सालपछि राजस्व छुटमा घर जग्गा आफ्नो नाममा हुने महिलाको संख्या ६ लाख ५२ हजार ८ सय ६६ पुगेको छ । सरकारले आर्थिक वर्ष २०६१/०६२ देखि महिलाको नाममा रजिष्ट्रेसन पास गर्दा लाग्ने शुल्कमा छुट दिने नीति लिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङले सम्पत्तिमा महिलाको स्वामित्व बढाउने सरकारको नीति प्रभावकारी भइरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ग्रामीण भेगमा ८ करोड ८० लाख ५१ हजार ७ सय ४६ र शहरी क्षेत्रमा ९२ करोड १४ लाख ५१ हजार ५ सय ६६ रुपैयाँ राजस्व छुटमा महिलाले घरजग्गाको स्वामित्व लिएको विभागको तथ्यांकमा छ । त्यस्तै, आव २०७५/०७६ मा ग्रामीणमा १७ करोड ८७ लाख ८३ हजार ५ सय ३८ र शहरी क्षेत्रमा ९६ करोड २६ लाख ८१ हजार ७ सय ८२ रुपैयाँ छुट भएको तथ्यांक छ । आव २०७६/०७७ मा राजस्व छुट बढेर ग्रामीणमा १८ करोड २७ लाख ९० हजार ७ सय ३४ र शहरी क्षेत्रमा ...
आज प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

आज प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

समाचार
पूर्णपुष्टि, फागुन २४ आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक सरेर ३ बजे बस्ने जनाईएको छ । सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइने जनाएको छ । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपालाई  आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ ।...
करेन्ट लागेर सह–चालकको मृत्यु

करेन्ट लागेर सह–चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन–२४ मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । गतराती ९ बजे दुहबी –२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएको थियो । उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।...
चीनबाट २० टन युरिया मल आयात

चीनबाट २० टन युरिया मल आयात

समाचार
पूर्णपुष्टि, फागुन २४ चीनबाट पहिलो पटक युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४ सय बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारको अनुमतिमा चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४ सय बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । एक हजार २ सय मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाण्डौ, ८ सय मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने जनाएको छ ।...
अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध

अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध

समाचार
पूर्णपुष्टि, फागुन २४  स्वीजरल्याण्डमा बुर्का र नकाबसहितका अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लागेको छ । सार्वजनिक ठाउँमा अनुहार छोप्ने पोसाक लगाउनु पर्ने नपर्ने भन्ने विषयमा भएको  जनमत सङ्ग्रहमा नपर्नेमा बहुमत आएको हो । जनमत सङ्ग्रहले मुस्लिम महिलाले लगाउने बुर्का वा नकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक ठाउँमा प्रतिबन्ध लगाउने पक्षमा सामान्य बहुमत आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । प्रतिबन्धको समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको जनाईएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले भने यो निर्णय मुस्लिम समुदायका लागि कालो दिन भनेको जनाईएको छ । सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थिय...
११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ

११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २४ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार ताराकुमारी श्रेष्ठ रंगेहात पक्राउ परेको छ । हल्दार श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि पक्राउ गरेको आयोगले जनाएको छ । श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको आयोगले जनाएको छ । सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको जनाईएको...
थारुहट रंगशालामा सुरु फुटवल प्रतियोगिताको पहिलो खेल बराबरीमा

थारुहट रंगशालामा सुरु फुटवल प्रतियोगिताको पहिलो खेल बराबरीमा

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको पहिलो फुटवल प्रतियोगिता बराबरीमा टुंगिएको छ । आईतबार खेलकुद महोत्सव उद्घाटनको पहिलो खेल त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले खेलेको थियो ।खेल अबधिभर दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी गराइएको थियो । पेनाल्टीमा पनि दुवै टिमले बराबरी प्रतिस्पर्धा गरेको थियो । त्रियुगा नगरपालिका भरीका १६ वडा मध्य १४ वटा वडाहरुले खेलमा सहभागी जनाएको छ ।  ...
ताप्लेजुङको आगलागीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको दुःख ब्यक्त

ताप्लेजुङको आगलागीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको दुःख ब्यक्त

समाचार
पूर्णपुष्टि, फागुन २३ ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा गत फागुन १८ लगेको आगलागीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपालले प्रेस वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेको छ । प्रेस वक्तब्यमा आगलागीबाट भएको क्षतीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपालले वक्तब्य जारी गर्दै दुःख व्यक्त गर्दछ । आगलागी पिडितहरुलाई तत्काल आवश्यक राहतको ब्यावस्था गर्न सरकारलाई ध्यानआकर्षण गर्दछौँ । भिषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो । उक्त घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेर नष्ट हुदा करिब ४० करोड बराबरको क्षती भएको थियो ।...
साइक्लिङमा रुवेनकाे सफलता

साइक्लिङमा रुवेनकाे सफलता

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ । स्कुल पढ्दा साईकल स्लो रेसमा प्रथम भएका रुवेन राई आज साईक्लिङ प्रतियोगितामा प्रथम भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका रुवेनले नगरपालिकाले आजबाट सुरु गरेको खेलकुद महोत्सव २०७७ अन्तर्गत उदयपुर साईक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका हुन् । सामान्य साईकल सानैदेखि चलाउने रुवेनले माउन्टेन साईकल चलाउन भने दुईवर्षदेखि सुरु गरेका हुन् । साईक्लिङमा खास रुची राख्ने रुवेन ब्याड्मिन्टन पनि उत्तिकै राम्रो खेल्दछन् तर, पछिल्लो समय उनको साईक्लिङमा बढि झुकाव देखिन्छ । यो जीतसंगै उनको प्रशंसकहरु बढेका छन् । प्रतियोगितामा केशब थापा दोस्रो र अवतार राई तेस्रो भए । त्यसैगरी प्रतियोगिताको महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भए । पछिल्लो समय उदयपुरमा साइक्लिङको क्रेज युवाहरुमाझ बढ्दो छ । यसले शारीरिक, मानसि...