Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरबाट एक मात्र प्रतिस्पर्धि शोभा तामाङ द भ्वाईस अफ नेपालको ब्याटल राउण्डमा प्रवेश

उदयपुरबाट एक मात्र प्रतिस्पर्धि शोभा तामाङ द भ्वाईस अफ नेपालको ब्याटल राउण्डमा प्रवेश

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र १५ नेपालको एकमात्रै ठुलो र्यालिटि  सो द व्वाईस अफ नेपालबाट उदयपुरकी शोभा तामाङ ब्याटल राउन्डमा प्रवेश गरेकी छिन् । उदयपुरको बेलका नगरपालिका ९ रामपुरकी तामाङ हाल भईरहेको द व्वाईस अफ नेपालको सिजन ३ बाट ब्याटल राउण्डमा प्रवेश गर्न सफल भईन् ।  व्वाईसको डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदक मध्ये सोभा उदयपुरको एक मात्र महिला प्रतिस्पर्धी हुन ।चार जना कोचहरु मध्य दिप श्रेष्ठ र तृष्णा गुरुङ्खले बजर बजाई तामाङ्खलाई हौसल्ला प्रदान गरेका थिए ।हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार प्रसारण हुने कार्यक्रममा २३ बर्षीय सोभाले पनि आफ्नो प्रस्तुति दिँदै २ जना कोचहरुलाई टन गराउन सफल भईन् । उनि जर्ज दिप श्रेष्टको टिममा प्रवेश गरेकी छिन् । शोभा स्टेट सिङगिङ आईडल सिजन १ को फस्ट रनर अफ पनि हुन् । उनले तिर्सना गररुङको माया मनभरी भन्ने गित गाएकी थिईन् ।  ...
बाघ र रेड पाण्डाको छालासहित ८जना प्रकाउ

बाघ र रेड पाण्डाको छालासहित ८जना प्रकाउ

समाचार
पूर्णपुष्टि, चैत १४ दैलेखमा बाघ र रेड पाण्डा (हाब्रे)को छालासहित आठ जना पक्राउ परेका छन् । नारायण नगरपालिका – ३ खुर्सानीबारी पिपलचौताराबाट बाघ र रेडपाण्डा को छालासहित आठ जना पक्राउ परेका हुन् । नौमुले बजारबाट दैलेख बजार हुँदै सुर्खेत लैजान लागेको अवस्थामा तीन वटा रेडपाण्डा र एउटा बाघको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बोलेरो गाडीमा आउँदै गरेको बेला शनिबार बिहान करिब २ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नौमुले गाउँपालिकाका ३३ वर्षीय कविराम अधिकारी, ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा, २२ वर्षीय दलबहादुर खत्री, ५१ वर्षीय धनबहादुर मगर र गाडी चालक १९ वर्षीय रोशन बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै छिमेकी गाउँ भगवतीमाई गाउँपालिकाका २७ वर्षीय गोबिन्द थापा र ५६ वर्षीय धनबहादुर रावत पनि पक्राउ परेको प्रहरीले जनाए...
देशको ५ सय २३ ठाउँमा डढेलो

देशको ५ सय २३ ठाउँमा डढेलो

समाचार
पूर्णपुष्टि, चैत १४  अहिले देशको आधा भन्दा धेरै जिल्लाको विभिन्न जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ  । अहिले ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँकले देखाएको छ । पर्सामा मात्र ६० ठाउँ जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् । हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागले जनाएको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू–संरक्षण विभ...
आन्तरिक उडान स्थगित

आन्तरिक उडान स्थगित

समाचार
पूर्णपुष्टि, चैत १४  वायु प्रदूषणका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित भएको छ । प्रदूषणका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने लगभग सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् । धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएकोे छ । उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडान भने सम्भावना रहेको जनाएको छ ।...
रेल दुर्घटनामा ३२ जनाको मृत्यु

रेल दुर्घटनामा ३२ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १४  इजिप्टको सोहाग प्रान्तको टहटा शहरमा रेल दुर्घटना हुदा ३२ जनाको मृत्यु भएको छ । यात्रु बाहक दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ भने एक सय ६५ जना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ । रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागले जनाएको छ । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ । दुर्घटनाको लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्ने इजिप्टका राष्ट्रपति अब्दुल फता अल सिसिले बताउनुभएको जनाईएको छ । इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको जनाईएको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ स...
सिकार खेल्न गएका एक जनाको गोली लागी मृत्यु

सिकार खेल्न गएका एक जनाको गोली लागी मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १४  दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति सिकार खेल्न गएका गुरुङलाई गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुग्न तीन/चार घण्टा  पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
महिलालाई यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

महिलालाई यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १४ सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिकित्सक पक्राउ परेको छ । राजविराजको छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डा. जैसवालले त्यही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी ३२ वर्षीया महिलालाई अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर डा. जैसवालले भनेपछि भेटन पुगेकी महिलामाथि बालिकालाई जाँच गर्ने बहानामा अश्लिल क्रियाकलाप गरेको प्रहरीले जनाएको छ । डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्व...
बंगलादेशमा मोदीको भ्रमणको विरोध

बंगलादेशमा मोदीको भ्रमणको विरोध

समाचार, संसार
पूर्णपुष्टि, चैत १४  बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ । बंगलादेशमा मोदीको भ्रमणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको मृत्यु भईसकेको छ । झडपमा धेरै पत्रकारहरू घाइते भएका छन् । चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चार जना घाइतेलाई अस्पताल लगिएको र उनीहरूको अस्पतालमै मृत्यु भएको जनाईएको छ । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि हिजो ढाका जानुभएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा ढाकामा विरोध प्रदर्शन भएको थियो ।...
मन्त्रिपरिषदबाट मल कारखाना खोल्ने प्रस्ताव स्वीकृत

मन्त्रिपरिषदबाट मल कारखाना खोल्ने प्रस्ताव स्वीकृत

समाचार
पूर्णपुष्टि, चैत १४ मल कारखाना खोल्ने सरकारको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको प्रस्ताव स्वीकृत गरेको हो । रासायनिक मलको अभावमा नेपाली किसानले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको जनाईएको छ । यस वर्ष किसानलाई मलको अभाव हुन नदिने जनाईएको छ । मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक...
विश्वमै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा

विश्वमै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा

समाचार
पूर्णपुष्टि, चैत १४ विश्वमै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको विश्वका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमले देखाएको छ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ । हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन । हिजो काठमाण्डौमा एक्यूआई ४७० सम्म पुगेको थियो । हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ । नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना...