Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

ब्राउन सुगर सहित गाईघाट बाट २ जना पक्राउ

ब्राउन सुगर सहित गाईघाट बाट २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र १५ लागुऔषध ब्राउन सुगर सहित उदयपुरको गाईघाट बाट २ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ बाबारानी मार्ग स्थित लागु औषध ब्राउन सुगर कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले ब्राउन सुगर सहित २ व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ३२ बर्षिय दशरथ शाह र सोहि ठाउँका २९ बर्षिय विवश राईलाई ४ ग्राम ब्राउन सुगर सहित शनिवार प्रहरीले पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो । अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको एसपी दाहालले बताउनुभयो ।  ...
सोलुखुम्बुका एक महिलाले ऋण तिर्न नसक्दा चार वर्षदेखि यौन शोषण

सोलुखुम्बुका एक महिलाले ऋण तिर्न नसक्दा चार वर्षदेखि यौन शोषण

समाचार
पूर्णपुष्टि,चैत १५ सोलुखुम्बुका एक महिलाले ऋण तिर्न नसक्दा चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ । घरायसी कामसँगै तीन–चार दिनको अन्तरमा उहाँमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको पीडितको भनाइ छ । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ । साम...
गुडीरहेको गाडीमाथी बाघको आक्रमण

गुडीरहेको गाडीमाथी बाघको आक्रमण

समाचार
पूर्णपुष्टि, चैत १५  पर्सामा गुडिरहेको अटोमाथी बाघले आक्रमण गरेको छ । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि शनिबार साँझ करिब साढे ७ बजे बाघले आक्रमण गरेको हो । ठोरी गाउँपालिका–२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गर्दा अटो अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । अटो पल्टिए पछि बाघ भारतको जंगलतर्फ गएकाले कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको, छत कुच्चिएको प्रहरीले जनाएको छ । सोही क्रममा पूर्वतर्फबाट आइरहेको प्रहरी गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ...
भारतमा एकैदिन ६२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार
पूर्णपुष्टि, चैत १५ भारतमा एकैदिन ६२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ । सङ्क्रमण तिब्र गतीले बढ्दै गएपछि महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।...
बस र स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

बस र स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत १५ चितवनमा बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शनिबार साँझ भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कीदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कीएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भारतमा एकै दिन ३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु

भारतमा एकै दिन ३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत १५ पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमीत बढ्न थालेको छ । भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक  यति धेरै कोरोना  संक्रमीतको मृत्यु भएको हो । पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ ।  शनिबार मात्रै त्यहाँ ६२ हजार  ५ सयजनामा संक्रमण पुष्टि भएको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार रहेको छ । भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने  १ लाख ६१ हजार जनाको मृत्यु भएको छ ।...
लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

समाचार
पूर्णपुष्टि,चैत १५ झापाको बिर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय सुवास ताजपुरिया पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १ ग्राम ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धसान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
आजदेखि मेलम्चीको पानी धारामा

आजदेखि मेलम्चीको पानी धारामा

समाचार
पूर्णपुष्टि, चैत १५  आजदेखि मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा वितरण हुने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै प्रणालीबाट पानी वितरण गरिने छ । परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी रहको केयूकेएलले जनाएको छ । उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ । आज वितरण हुने पानी  पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्ने जनाएको छ  । गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै ...
सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु

सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १५  म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको मृत्यु भएको जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका  अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ । प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले नै गोली चलाएको जनाइएको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहर...
उदयपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १५  उदयपुरको चौदण्डिगढी नगरपालिका–४ बर्खेडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शनिबार राती करिब ९ः४० बजे स्वर्गीय मद भण्डारी स्मृतिलोक राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार चौनपा–२ गगटे निबासी २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो । ट्याक्टरबाट झरी सोही ट्याक्टरको पछाडीको टायरले छातिमा किचेपछि गम्भिर घाईते भएका लामगादेको उपचारको लागी बेल्टार अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...