Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

म्यानमारमा रहेका बेलायती नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

म्यानमारमा रहेका बेलायती नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, चैत १६  म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतले आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गकाले बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह  गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको सेनको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् । म्यानमारमा एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको मृत्यु भएको  थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गत फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ । हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उनका जन...
होलीमा २ समूहबिच ग्याङ फाईट ः २ जनाको ज्यान गयो ,  बेपत्ता युवाहरु आए सम्पर्कमा

होलीमा २ समूहबिच ग्याङ फाईट ः २ जनाको ज्यान गयो , बेपत्ता युवाहरु आए सम्पर्कमा

समाचार
पूर्णपुष्टि, चैत्र १६ होली खेल्ने क्रममा दुई समूहबिच आफसी झगडा हुँदा २ जनाले ज्यान गुमाउनु परेको छ । होलीमा रंग दल्ने क्रममा एकआपसमा झगडा भएपछि ग्याङ फाईटमा परिणत भएको थियो । ग्याङ फाईटमा परि निसीखोला–७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दिपक दमाईको ज्यान गएको छ । भने सोही ग्याङका करिब १० जनाभन्दा बढी बेपत्ता भएका थिए । बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला– ७ राजकुत र गुल्मीको बडीगाड गाउँपालिका– १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो ।बाग्लुङ, प्युठान र गुल्मिको सिमानामा पर्ने बल्देधुरीमा उनिहरुको झगडा भएको प्रहरीले जनाएको छ । दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा नलिएको सकिरहेको छैन् । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक...
चिनले उपलब्ध गराउने कोरोना भ्याक्सिन आज नेपाल आईपुग्ने

चिनले उपलब्ध गराउने कोरोना भ्याक्सिन आज नेपाल आईपुग्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १६ चिनबाट उपलब्ध हुने करिब ८ लाख डोज बराबरको कोरोना भ्याक्सिन आज नेपाल आईपुग्ने भएको छ । भ्याक्सिन तथा अत्यावश्यक स्वास्थ्य सामाग्रि लिन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको छ । उत्तरी छिमेकी चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको हो ।सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ  गएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ । उक्त जहाज...
लागूऔषधसहित भारतीय नागरीक पक्राउ

लागूऔषधसहित भारतीय नागरीक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १५  मोरङबाट लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई जना बालकसहित एक जना भारतीय नागरिक पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साह पक्राउ परेको हो । शाहले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरु दाजुभाइ रहेको खुलेको छ । लागूऔषधसहित पक्राउ परेका दाजुभाइले दिएको सूचनाका आधारमा प्रहरीले कारोबारी शाहलार्ई पक्राउ गरेको जनाएको छ । झोला बोकेर नेपाल आउँदै गरेका बालकको झोला चेक गर्दा उनीहरुले बोकेको झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन ५ सय ७० एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नाकामा चेकजाँच नहुने भएकाले भरियाको रुपमा बालकलाई प्रयोग गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई बालक विपन्न परिवारको भएको ख...
बाघको छालासहित १ जना पक्राउ

बाघको छालासहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १५  कैलालीमा बाघको छालासहित एक जना पक्राउ परेको छ । मोहन्याल गाउँपालिका–७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका–३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ पक्राउ परेको हो । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले जैशीलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला चेकजाँच गर्दा बाघको छाला लगायतका वस्तु फेला परेको प्रहरीले जनाएको छ । बाघका छाला, खप्पर, बंगरा र जुंगासहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १५ नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार एक सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाको ज्यान गएको छ ।...
माटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

माटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १५ सल्यानमा माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अर्की एक महिला गम्भिर घाइते भएकी छिन् । शिद्धकुमाख गाउँपालिका– २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेमध्ये चलाउनेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका प्रहरीले जनाएको छ । अर्की गम्भीर घाइते बोहोरालाई श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबार राति नै बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।...
पेसोक उदयपुरले गर्यो वार्षीक समिक्षा

पेसोक उदयपुरले गर्यो वार्षीक समिक्षा

समाचार
पूर्णपुष्टि, चैत १५ सामाजिक क्षेत्रमा कृयाशिल शान्ति समाज केन्द्र (पेसोक) उदयपुरले आईतबार आफुले गरेका गतिविधीको बार्षिक समिक्षा आयोजना गरेको छ ।  रङ्गहरुको पर्व फागु पुर्णिमा (होली)को अवसर पारेर संस्थाले शुभकामना आदानप्रदान सँगै बर्षभरी गरेका कृयाकलापको समिक्षा गरेको हो । संस्थाका महासचिब सन्तोष बस्नेतले बर्षभरी गरेका कृयाकलाप बारे जानकारी दिदै रौतामाई, ताप्लि गाउँपालिका र चौदण्डिगढी नगरपालिकामा पञ्जिकरण र राष्ट्रिय परिचयपत्रको डाटाइन्ट्री (विद्युतिकरण) कार्य अन्तिमचरणमा पुगेका जानकारी दिनुभयो । पञ्जिकरण अन्र्तगत रहेका सामाजिक सुरक्षा लगायतका कामहरुलाई विद्युतिय प्रणालीमा लगि व्यवस्थित गर्ने उदेश्यले डाटाइन्ट्रिको काम सूरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा संस्थाले मासिकरुपमा कर्मचारीलाई प्रोत्साहन गर्न आयोजना गर्दै आएको आईक्यु प्रतिस्पर्धाका विजेतालाई पुरस्कृत गरेको थियो । ...
नेपाल पत्रकार महासंघको अध्यक्षमा ५ जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघको अध्यक्षमा ५ जनाको उम्मेदवारी

समाचार
पूर्णपुष्टि, चैत १५  नेपाल पत्रकार महासंघको यहि चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कांग्रेस–माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले महासंघको अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै प्रेस युनियनकै रामप्रसाद दाहालले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ । उनले महासंघलाई राजनीतिक दलका नेताबाट ठगिएको भन्दै आफ्नो नेतृत्वमा संगठित हुन आग्रह गरेको छ । त्यस्तै गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध महासंघमा आफूले उम्मेदवारी दिएको जनाएको छ । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा ध्रव लम्साल, माधव नेपाल, रमे...
प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बोलाइयो

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बोलाइयो

समाचार
पूर्णपुष्टि,चैत १५ गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको छ । आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो । बैठक भोली जिउसो २ बजे आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो । मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो । अब एमाले सांसदहरूले मुख्यमन्त्री राई विरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।...