Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १७ उदयपुरमा लागऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–८ कोठुबाट लागुऔषध गाँजासहित एक जना सोमबार पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटेका ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा बा ४ १५१६ नम्बरको यात्रु बाहक पिकअपमा सवार बेनपा–७ बस्ने करिब २४ अनिस राईलाई ६ केजी २ सय ५० ग्राम गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । गाँजासहति पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
होली खेल्ने क्रममा एसिड छ्याप्दा

होली खेल्ने क्रममा एसिड छ्याप्दा

समाचार
पूर्णपुष्टि, चैत १६ काठमाण्डौमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शङ्खरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । उनीहरुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थानीय एक डेरीमा राखेको एसिड होली खेल्ने क्रममा पानी भनेर उनीहरुले प्रयोग गरेको पाइएको छ । एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १६ आज सुनको भाउ बढेको छ । सुन दुई  सय रुपैयाँले बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको जनाईएको छ ।
गाईघाटमा होली सामान्य, तस्विर सहित

गाईघाटमा होली सामान्य, तस्विर सहित

Breaking News 1
पूर्णपुष्टि, चैत १६ कोरोना संक्रमण कायमै रहेकाले विभिन्न कार्यक्रम गरेर भब्यताकासाथ मनाईने फागु पर्व  होली यस वर्ष भने सामान्य रुपमा भएको छ ।  आज गाईघाटमा छिट्फुट रुपमा होली मनाईएका छन् । कोरोना कहरले गर्दा साना नानीहरु र केही व्यक्तिहरु मात्रै सामान्य रुपमा होली मनाईएको पाईएको छ । उदयपुर भित्रि मधेश भएकाले पहाडी होली र तराई होली दुवै मनाउने चलन रहि आएको छ । तर गाईघाटमा पहाडी होली भन्दा पनि तराई होली विशेष गरी मनाउँदै आईएको भएपनि कोरोना संक्रमणले गर्दा गतवर्ष र यसवर्ष सुनसान बनेको हो ।    ...
हात्तीको आक्रमणमा १ वृद्धको मृत्यु

हात्तीको आक्रमणमा १ वृद्धको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत १६  धनुषामा हात्तीको आक्रमणमा एक जना बृद्धाको मृत्यु भएको छ । मिथिला नगरपालिका–७ खप्तरी टोलमा गतराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मगरको  शव परीक्षणका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुका साथै १० घरमा क्षति पु¥याएको छ । गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पु¥याउँदै आएको छ ।...
छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १६  बझाङमा विद्यार्थीलाई बलात्कार गर्न खोजेको आरोपमा एक जना शिक्षक पक्राउ परेको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिंहले कक्षा ९ मा अध्ययनरत १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

समाचार
झापा, चैत्र १६ झापा भद्रपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–१० भृकुटी चौकबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको हो । आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९ सय ३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित स्थानीय ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने २१ बर्षीय रोशन मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
राष्ट्र बैंकले ८ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ८ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १६  आज नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । त्यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । त्यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
गाईघाटमा बिहानी पख होली चहलपहलको अवस्था, फोटोफिचर

गाईघाटमा बिहानी पख होली चहलपहलको अवस्था, फोटोफिचर

Breaking News 1
गाईघाटमा बिहानी पख होलीको चहल पहल खास देखिएन । कोरोनाको कारण गाईघाटमा गत बर्षको होली र यो बर्षको होलीमा उत्साह देखिदैँन । सचेत नागरिकहरुले यसलाई बिषेश ध्यान दिएर खेल्ने र मापदण्डको अनुसार खेल्नु पर्ने भएकाले पनि बजारमा होलीको रोनक देखिएको छैन् । दिउँसो यसको केहि चहल पहल देखिन सक्ने अवस्था रहेको स्थानीयहरुको भनाई छ । सँधा झै यो बर्ष होली पर्व उत्साह बन्न नसक्दा रंग र होलीको भेस्टहरु पनि उत्ति बिक्रि नभएको व्यपारीहरुको भनाई छ ।...
भारतमा एकैदिन ६८ हजार धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६८ हजार धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १६  भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २ सय ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको जनाईएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।...