Tuesday, August 11News That Matters

Month: ५ वर्ष अगाडि

ग्यास लिक भएर रेष्टुरेन्टमा आग्जनी, १० लाख बढीको क्षति

ग्यास लिक भएर रेष्टुरेन्टमा आग्जनी, १० लाख बढीको क्षति

समाचार
पूर्णपुष्टि, चैत १७ बागलुङको मुख्य बजारमा अवस्थीत एक रेष्टुरेन्टमा आग्जनी हुँदा १० लाख भन्दा बढी क्षति भएको छ । बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा आज दिउँसो अचानक आग्जनी भएको हो । किचनमा ग्यास लिक भइ आग्जनी भएको अनुमान गरिएको छ । आग्जनीबाट किचन पूर्ण रुपमा क्षति भएको छ भने नगद र जिन्सीसमेत गरी १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सेयर बजार दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २ हजार ५ सय ७५.६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४ सय ५६.१० अंकमा पुगेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २ सय ९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्र...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सुनको भाउ घटेको छ । सनु तोलाको पाँच सय रुपैयाँले घटेर तोलाको ८६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
वायु प्रदूषणले विद्यालय ४ दिन बन्द

वायु प्रदूषणले विद्यालय ४ दिन बन्द

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत १७ वायु प्रदूषण तिव्र रुपले बढ्दै गएपछि आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् । तिव्र रुपले वायु प्रदूषण बढेपछि देशभरिका सवै विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो वायु प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।...
फलामको खन्तीले हानेर कार्कीको हत्या

फलामको खन्तीले हानेर कार्कीको हत्या

समाचार
सुनसरी, चैत्र १७ सुनसरी ईटहरी २ बस्ने ५५ बर्षीय जिबन रेग्मीले स्थानीय ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुडीमा हानेर हत्या गरेको छ । सोमबार दिउसो साढे १ बजे रेग्मीले पहिलाको बिबादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुडीमा हानेर गम्भिर घाईते बनाई फरार भएको प्रहरीले जनाएको छ । घाईते कार्कीको  घोपा धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।...
रुखले किचेर १ जनाको मृत्यु

रुखले किचेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, चैत्र १७ ताप्लेजुङमा रुखेल किचेर एक जनाको मृत्यु भएको छ । मिक्वाखोला–१, सिम्ले बस्ने २८ बर्षीय मन कुमार तामाङको रुखले किचेर मृत्यु भएको हो । कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख ढाल्ने क्रममा हाँगा अड्कीएपछि हाँगा काट्ने क्रममा रूखले किचेर घाईते भएको तामाङको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । उनको उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
पानी भर्दा करेन्ट लागेर १ जनाको मृत्यु

पानी भर्दा करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, चैत्र १७ सुनसरीमा पानी भर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बर्जु–६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको हो । सोमबार बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागी अञ्जलीको घटना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।...
मोटरसाईकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

मोटरसाईकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

समाचार
सुनसरी, चैत्र १७ सुनसरी दुहबीमा मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका –१० नहरचौकमा मोटरसाईकल एकआपसमा ठोक्किदा गढि गाऊपालिका–२ सखुवारे कलरुवा बस्ने ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको हो । सोमबार दिउसो पौने २ बजे को ९ प ७००० नम्बरको  मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को४प ६११२ नम्बरको मोटरसाईकल चालक रहेका चौधरी गम्भिर घाईते भएको थियो । उनको बिराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मोटरसाईकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ बर्षीय निकेश बजारु समेत घाईते भएको छ । उनको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।...
जंगली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

समाचार
मोरङ, चैत्र १७  मोरङ मिक्लाजुङमा जंगली हात्तिको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाऊपालिका–६ थामीझोडा बस्ने ५० बर्षीय यामबहादुर बोहोराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । छिमेकीको घरमा टेलिभिजन हेरी घर फर्केन क्रममा हिजो राती करिब १० बजे जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्चेर गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा राती ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।...
ट्रिफर दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाईते

ट्रिफर दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाईते

समाचार
ताप्लेजुङ, चैत्र १७ ताप्लेजुङ पाथिभरामा ट्रिफर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक गाऊपालिका–४ डुम्रिसेमा थुम्बेदिन डुम्रिसे सडक खण्डमा ट्रिफर दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् । सोमबार राती करिब १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई  सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई–४ बस्ने २४ बर्षीय यामकुमार बिक, सहचालक लमजुङ दोर्दि–६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक–२ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते भएका मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २ जना घाईतेको वि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी ...