Monday, November 9News That Matters

Month: ६ वर्ष अगाडि

जिप दुर्घटनामा चालकको मृत्यु

जिप दुर्घटनामा चालकको मृत्यु

समाचार
पाँचथर, चैत्र १८ पाँचथरमा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । याङबरक गाऊपालिका–३ ओयाम यलम्बर चौकमा जिप दुर्घटना हुदा चालक फिदिम नगरपालिका–२ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको हो । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट करिब २ सय मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको वि एण्ड सी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
वेश्यावृत्ति गराउने २ जना पक्राउ

वेश्यावृत्ति गराउने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १८  झापामा बेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । दमकमा वेश्यावृत्ति गराएको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका–४ बस्ने नन्दिता सावाँ लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीको एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले सोही भाडाको घर खानतलासी गर्दा १७ देखि ३९ वर्ष उमेर समूहका आठ जना महिलाहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ ।...
ब्राजिलका ३ वटै सेनाका प्रमुखद्वारा राजीनामा

ब्राजिलका ३ वटै सेनाका प्रमुखद्वारा राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, चैत १८  ब्राजिलका तीन वटै सेनाका प्रमुखले एकैसाथ राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् । राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुले राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छभन् । यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला तीन वटै सेनाका प्रमुखको राजीनामाले राष्ट्रपति बोल्सोनारोमाथि थप चुनौती बढेको जनाइएको छ ।...
दिल्लीबाट धुलोसहितको वायु नेपाल प्रवेश

दिल्लीबाट धुलोसहितको वायु नेपाल प्रवेश

समाचार
पूर्णपुष्टि, चैत १८  आज नेपालको  वायुमण्डलमा केही सुधार आएसँगै काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही  सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज नेपालको वायुमण्डलमा केही सुधार देखिएको पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको जनाएको छ । अहिले यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ ।  भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको जनाएको छ । अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना नर...
बाल यौन दुराचार गर्ने १ जना विदेशी नागरिक पक्राउ

बाल यौन दुराचार गर्ने १ जना विदेशी नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १८  बाल यौन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेकोे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ । अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको  खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी परेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चार हजार ६ सय अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोले जनाएको छ ।...
घाँस काट्न गएका ७ जना बालिका बेपत्ता

घाँस काट्न गएका ७ जना बालिका बेपत्ता

समाचार
पूर्णपुष्टि, चैत १८  महोत्तरीमा घाँस काट्न गएका सात जना बालिका बेपत्ता भएका छन् । भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका बालिकाहरु अहिलेसम्म घर नफर्केको प्रहरीले जनाएको छ । घाँस काट्न गएका ७ जना बालिका बेपत्ता सूचना आए लगतै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । बालिकाहरु बेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको प्रहरीले जनाएको छ ।...
सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

समाचार
सुनसरी, चैत्र १८ सुनसरी भोक्रहामा सिटिले साईकललाई ठक्कर दिदा साईकलयात्रीको मृत्यु भएको छ । भोक्रहा नरसिंह–४ मिलनचोकमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको हो । सोमबार बेलुका साढे ७ बजे मिलनचोकको भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट आईरहेको साईकललाई ठक्कर दिदा उराउ गम्भिर घाइते भएको थियो ।  उनको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटि र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
चट्याङ लागेर १ जनाको मृत्यु

चट्याङ लागेर १ जनाको मृत्यु

समाचार
ओखलढुङगा, चैत्र १८ ओखलढुङगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा–६ भित्ते निबासी ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार बेलुका करिब साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...
अब ट्रायल सहज बन्दै, ६० प्रतिशत ल्याए पास

अब ट्रायल सहज बन्दै, ६० प्रतिशत ल्याए पास

समाचार
पूर्णपुष्टि, चैत्र १७ नेपालमा अब ट्रायलको मापदण्ड परिवर्तन हुने भएको छ । मापदण्ड परिवर्तनले बिचौलियाहरुलाई नियन्त्रण समेत गर्ने भएको छ । जान्ने चालकहरु पनि सानो तिनो एउटै गल्तिमा पनि फेल हुने भएकाले बढी भन्दा बढी बिचौलियाहरुको सम्पर्कमा लाइसेन्स बनाउने प्रविद्धिलाई पनि यसले रोक्ने भएको छ । मापदण्ड परिवर्तन गर्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागले जनाएको छ । ‘पहिले ट्रायल पास वा फेल मोडल थियो । अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुने बिभागले जनाएको छ । अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने यस मापदण्डमा तयार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक निमराज घिमिरेले कार्यविधि संशोधनक...
होली खेल्ने क्रममा कुटपिट हुँदा एकको ज्यान गयो, ६ घाइते

होली खेल्ने क्रममा कुटपिट हुँदा एकको ज्यान गयो, ६ घाइते

समाचार
पूर्णपुष्टि,चैत १७ बारामा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको ज्यान गयो ६ जना घाइते भएको छन् । कलैया उपमहानगरपालिका–२३  भथौडामा ६५ वर्षीया संजा देवीको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । सोही घटनामा ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । झै–झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...