Monday, August 10News That Matters

Month: ५ वर्ष अगाडि

आज शयर बजार ६३ अङ्कले बढ्यो

आज शयर बजार ६३ अङ्कले बढ्यो

समाचार
पूर्णपुष्टि, चैत ८ आज शेयर बजार ६३ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६३.३८ अङ्कले बढेर २५ सय ३८.४६ विन्दुमा पुगेको हो । बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३, फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर १.२५ अङ्कले बढेको छ । आइतबार दुई सय ६ कम्पनीका एक करोड २४ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ । स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजारमा सुधार आए पनि ग्रीन लाइफ र खानीखोला हाइड्रो क...
वाईसीएलको १६१ केन्द्रीय समिति सदस्यीय

वाईसीएलको १६१ केन्द्रीय समिति सदस्यीय

समाचार
पूर्णपुष्टि, चैत ८  नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १ सय ६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको जनाईएको छ । त्यस्तै वाईसीएलले २०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको जनाईएको छ । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने वाईसीएलले जनाएको छ । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका अहिलेसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।...
१५ वर्षीया किशोरीमाथि काठको मुढा लडेर मृत्यु

१५ वर्षीया किशोरीमाथि काठको मुढा लडेर मृत्यु

समाचार
पूर्णपुष्टि,चैत ८   म्यादीमा १५ वर्षीया किशोरीमाथि  काठको मुढा लडेर मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको हो । आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
मुढाले लागेर १ जनाको मृत्यु

मुढाले लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ८  म्याग्दीमा काठको मुढाले लागेर एक जनाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको मुढाले लाग्दा मृत्यु भएको हो । आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पहिरोले धुन्चे–स्याफ्रु सडकखण्ड बन्द

पहिरोले धुन्चे–स्याफ्रु सडकखण्ड बन्द

समाचार
पूर्णपुष्टि, चैत ८ पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक ठप्प भएको छ । धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गतराति पहिरो गएको हो । पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूलाठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने  भएको प्रहरीले जनाएको छ । अहिले दुई वटा स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ । सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।...
केपी ओलीले स्पष्टीकरण दिनुपर्छ :  भीम रावल

केपी ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

समाचार
पूर्णपुष्टि,चैत ८ नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ । विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ नेकपा एकालेका नेता रावलले बताउनुभयो । ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो । आजको ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताउनुभएको छ । उहाँले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद रहेको उल्लेख गर्नुभएको छ । ‘त्यस्तो निर्णयलाई म पूर्णरुपमा अस्वीकार गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले बरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ ।...
पहाडी क्षेत्रमा आज चट्याङसहित वर्षा हुने सम्भावना

पहाडी क्षेत्रमा आज चट्याङसहित वर्षा हुने सम्भावना

समाचार
पूर्णपुष्टि,चैत ८ आज पहाडी भू–भागहरुमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो । आज देशका केही पहाडी भू–भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ । राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरी आउने सम्भावना रहेकोले थप सर्तकता अप्नाउन महाशाखाले आग्रह गरेको छ ।...
कञ्चनपुरबाट लागुऔषधसहित पाँच पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित पाँच पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ८  कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–१० दैजी बजारबाट शनिबार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेदकोट–१० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध चरेश १.२४ ग्राम र ब्राउन सुगर ८.४५ ग्राम बरामद गरेको थियो । बिक्री वितरणको लागि पोका बनाउने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु माथि आवश्यक कारवाहिका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ब्राउनसुगर सहित एक जना पक्राउ

ब्राउनसुगर सहित एक जना पक्राउ

समाचार
पुर्णपुष्टि , चैत ८ झापामा लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका–३ मा बसोबास गर्ने २६ वर्षीय सुवास लिम्बु पक्राउ परको हो । बुधवारेबाट खटिएको प्रहरीले टालीले शनिबार दिउँसो, ५ ग्राम ब्राउनसुगर सहित लिम्बुलाई पक्राउ गरेको थियो । पक्राउ परको माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
श्रीमती अस्पताल भर्ना गरेका श्रीमान मृत फेला

श्रीमती अस्पताल भर्ना गरेका श्रीमान मृत फेला

समाचार
पूर्णपुष्टि, चैत ८ धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी श्रीमतीलाई उपचारको लागि भर्ना गरेका एक पुरुष मृत फेला परेका छन् । श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल  पु¥याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।...