Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

सवारी दुर्घटना २ जनाको ज्यान गयो

सवारी दुर्घटना २ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ८ झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । मोटरसाईकल चालक रतुवामाई नगरपालिका–८ का २३ बर्षीय निरन बस्नेत र पछाडी सवार अनिष कोइरालाको ज्यान गएको हो । शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक बस्नेत विएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाईकलको पछाडी सवार रहेको कोईरालालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चाल...
रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड

रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड

समाचार
पूर्णपुष्टि, चैत ८  सरकारले रासायनिक मलको प्रयोगलाई घटानउ प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । नेपालमा प्राङ्गारिक खेतीको सम्भावना भएकाले रासायनिक मलको प्रयोगलाई घटाउँदै जैविक खेतीतर्फ किसानको आकर्षण बढाउन लागेको मन्त्रालयले जनाएको छ । धान, गहुँ, मकैलगायत केही बालीलाई रासायनिक मलको आवश्यकता परे पनि तरकारी, फलफूल, चिया तथा कफी लगायतबालीमा प्राङ्गारिक मलको नै  प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ । प्राङ्गारिक खेती बढाउन नेपालमा भइरहेका प्राङ्गारिक मलको कारखानाक...
मर्स्याङ्दीमा ट्रक खस्दा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

मर्स्याङ्दीमा ट्रक खस्दा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

समाचार
पूर्णपुष्टि, चैत ८ मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । गतराति तीन वर्षका बालकको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जना घाईतेको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि हिडेको ध १ ख ५९२ नम्बरको ट्रक हिजो दिउँसो मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर नासो गाउँपालिका–४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।...
भारतसँगका १४ नाकामा कडाइ

भारतसँगका १४ नाकामा कडाइ

समाचार
पूर्णपुष्टि, चैत ८ भारतमा कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । सिमा नाकामा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश गाउँ फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन  सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको जनाईएको छ । सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने महाशाखाले जनाएको छ । त्यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्...
जङ्गली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ८  चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु  भएको छ । भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी  ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ४ः०० बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । त्यस्तै हात्तीले त्यस ठाउँका तीन वटा घर पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइनसकेको प्रहीले जनाएको । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको जनाईएको छ ।...
टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ८  झापाको दमकमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका–८ का २३ वर्षीय नीरन बस्नेत र अर्का २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ चियाबगान सडकखण्डमा प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाईते कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले टिप्पर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाईएको छ ।...
भारतमा एकैदिन ४३ हजार सङ्क्रमित पुष्टि

भारतमा एकैदिन ४३ हजार सङ्क्रमित पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ८ भारतमा एकैदिन ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा भारतमा १ सय ९६ जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको जनाईएको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको जनाईएको छ ।...
पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

समाचार
पूर्णपुष्टि, चैत ७ नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यहि चैत २५ गते हुन लागेको चिर्वानको कार्यतालिका शनिबार सार्वजनिक गरेको हो । यहि चैत ८ गते मतदाता नामावलि प्रकाशन, ९ गते मतदाता नामावली उपर दावी विरोध, ११ गते अन्तिम मदतादा नामावली प्रशासन, १२ गते उमेदवार मनोनयन र उमेदवारको नामावली प्रशासन, १३ गते उमेदवार उपरको दावी विरोध, १४ गते उमेदवारको नाम फिर्ता लिने, १४ गते उमेदवारको अन्तिम नामावली प्रशासन, २५ गते मतदान र मतगणना कार्यतालिकामा उल्लेख छ । कार्यतालिकामा उल्लेख गरिएका सवै कार्यक्रमहरु निर्वाचन समितिले तोकेको स्थानमा सम्पन्न हुने जनाईएको छ । यसपटक पत्रकार महासंघले नयाँ तरिकाबाट एकैदिन केन्द्र, प्रदेश र जिल्लाको मतदान गरी नयाँ नेतृत्व चयन गर्ने भएको छ । हरेक जिल्लामा तीन वटा मतदान पेटिका राखेर केन्द्र, प्रदेश र जिल्लाको चु...
नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ । अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट गत २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले मृत्यु भईसकेको मन्त्रलयले जनाएको छ ।...
संसदीय बोर्डमा नबस्ने नेपाल र खनालको घोषणा

संसदीय बोर्डमा नबस्ने नेपाल र खनालको घोषणा

समाचार
पूर्णपुष्टि, चैत ७  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा नबस्ने बताउनु भएका छन् । संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसमा खनाल र नेपाल पनि थिए । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताउनुभयो । नेपालले भन्नुभायो, “म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ । हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।” बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उहाँले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताउनुभएको छ ।...