Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना विरुद्धको खोप लगाएको दुई दिनपछि नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि प्रधानमनित्र खान आइसोलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको जनाईएको छ । प्रधानमन्त्रि खानले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  उहाँ पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको जनाईएको छ ।...
मौरीको विषबाट उपचार गर्ने केन्द्र स्थापना हुने

मौरीको विषबाट उपचार गर्ने केन्द्र स्थापना हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि थेरापी) केन्द्र स्थापनाको काम शुरु गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको पाँच लाख रुपैयाँको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको छ । त्यस केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालय जनाईएको छ । केन्द्र सञ्चालन आउनु अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने जनाईएको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, बीभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्...
अब, पत्रकार महासङ्घ उदयपुरमा ‘अध्यक्ष’ को बन्ला ? (लेख)

अब, पत्रकार महासङ्घ उदयपुरमा ‘अध्यक्ष’ को बन्ला ? (लेख)

बिचार, समाचार
बुद्धि  चामलिङ नेपाल पत्रकार महासंघले अवको नयाँ नेतृत्व चयनका लागि चुनाव मिति तोकिसकेको छ । यहि चैत २५ गते चुनाव हुदैछ । यसपटक पत्रकार महासंघले पुरानो परिपाटीलाई छाडेर प्रत्यक्ष चुनाव गर्दैछ । एकैदिन केन्द्र, प्रदेश र जिल्लाको मतदान गरी नयाँ नेतृत्व चयन गर्नेछ । हरेक जिल्लामा तीनवटा मतदान पेटिका राखेर केन्द्र, प्रदेश र जिल्लाको चुनाव सम्पन्न गर्ने तयारी छ । आज साँझ केन्द्रले समग्र चुनावी कार्यक्रम तालिका सार्बजनिक गर्ने र मतदाता नामावलीको अन्तिम विवरण भोलीसम्ममा सार्बजनिक गर्ने बुझिएको छ । पत्रकार महासंघ उदयपुर पनि चुनावी तयारीमा रहेसंगै जिल्लामा पत्रकारहरुको चुनावको सर्गमी बढ्दै गएको छ । मुख्य कुरा अव पत्रकार महासंघ उदयपुरको अध्यक्ष को बन्ला भन्ने जिज्ञासा सर्बसाधारण नागरिकहरुमा जिज्ञासा छ भने पत्रकारहरु र पत्रकार संगठनहरु कसलाई बनाउने भन्ने अभ्यासमा जुटिरहेको पाइन्छ । अवको अध्यक्ष...
तिम्सिना ४० वर्षपछि भारतीय जेलमुक्त

तिम्सिना ४० वर्षपछि भारतीय जेलमुक्त

समाचार
पूर्णपुष्टि, चैत ७ भारतको कारागारमा कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएको छ । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेको थियो । उनीमाथि लागेको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरी जेलमुक्त गरेको जनाईएको छ । भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको जनाईएको छ । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको ...
अमेरिकी राष्ट्रपति बाईडेनद्धारा एसियाली विरोधी जातिवादको निन्दा

अमेरिकी राष्ट्रपति बाईडेनद्धारा एसियाली विरोधी जातिवादको निन्दा

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गर्नुभएको छ । एटलान्टा क्षेत्रमा गत मंगलबार भएको बन्दुक आक्रमणपछि एसियाली–अमेरिकी नेताहरुसँग जर्जियामा भएको भेटवार्तामा राष्ट्रपति बाईडेनले एसियाली विरोधी जातिवादको निन्दा गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको जनाईएको छ । पछिल्ला समयमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको राष्ट्रपति बाईडेनले बताउनुभएको...
पहिलो एक दिवसीय खेलमा न्युजिल्याण्डको जित

पहिलो एक दिवसीय खेलमा न्युजिल्याण्डको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ७ बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेट खेलमा न्युजिल्याण्डले जित हात पारेको छ । घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका हेनरी निकोलसले अविजित ४९ रन जोडे । त्यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २÷२ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।...
बाली प्रणालीमा पोटासको कमी

बाली प्रणालीमा पोटासको कमी

समाचार
पूर्णपुष्टि, चैत ७  नेपालको धान गहुँ खेती प्रणालीमा पोटासयुक्त खनिजको कमी रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय माटो अनुसन्धान केन्द्र नार्कका वैज्ञानिकले गरेको अनुसन्धानले धान गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मलको कमी रहेको पाइएको देखाएको छ । नार्कले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई र भित्रि–मधेशमा धान गहुँ बाली प्रणालीमा गरेको अनुसन्धानमा पनि पोटासको कमी देखिएको थियो । वैज्ञानिकहरु रोशनबाबु ओझा, शोभा श्रेष्ठ, यज्ञगझाधर खड्का र दिनेश पाण्डेले गरेको अध्ययनमा धान गहुँमा डेढदेखि दुई गुणाले पोटासको प्रयोग बढाउन सुझाव दिइएको छ । नेपालमा २०३२/0३३ सालमा प्रतिहेक्टर ३० किलोका दरले पोटास प्रयोग गर्न सिफारिस गरिएको थियो । तर चार दशक अघि पोटासको मात्रा सिफारिस गर्दा त्यसबेला माटोमा पर्याप्त पोटास रहेको भएपनि अहिले माटोमा पोटास घटेको उनीहरुको दाबी छ । पोटासयुक्त मलको प्रयोग नगर...
पानीको अभावले बालबालिकालाई कुपोषण र रोग

पानीको अभावले बालबालिकालाई कुपोषण र रोग

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वका ८० भन्दा बढी देशका झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँच मध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको पछिल्लो रिपोर्टमा उल्लेख छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ । पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ । दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बा...
परीक्षामा चिट चोर्न सघाउने ५ जना पक्राउ

परीक्षामा चिट चोर्न सघाउने ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ६  सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् । जनकपुरधामको एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–३ का रोहित गुप्ता, मनोज श्रेष्ठ, वडा नम्बर–४ का विजयकुमार साह, वडा नम्बर–५ का कौशलकिशोर साह र जयकुमार साह पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।...
गाउँपालिकाद्धारा कृषकलाई कृषी औजार हस्तान्तरण

गाउँपालिकाद्धारा कृषकलाई कृषी औजार हस्तान्तरण

लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, चैत ६ उदयपुरको विकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले कषकहरुलाई कृषी औजार वितरण गरेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नका लागी कृषिमा लाग्ने युवा तथा किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले कृषि सामाग्री हस्तान्तरण गरेको हो । गाउँपालिका ‘अध्यक्ष कृषि परियोजना’ अन्र्तगत कृषि विकास शाखाद्वारा आलु पकेट संञ्चालक समिति लिम्चुङ्बुङ गाउँपालिका–३ का नागी, खर्क खलंगा, नगरे र यारिखोला बस्तिका लागि ४ वटा मिनिटेलर वितरण गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । स्थानीय उत्पादनमा आत्मनिर्भर नभई पालिकाको विकास र समृद्धि नहुने भएकाले अध्यक्ष कृषि परियोना कार्यक्रमलाई महत्वपुर्ण योजना बनाएर गघि बढेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । आलु पकेट सञ्चालन समितीलाई वितरण गरेको मिनिटेलरले आलु उत्पादनमा किसानलाई थप सहयोग पुग्ने जनाईएको छ । प्रसस...