Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

प्रतिनिधि सभा बैठक १० गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक १० गतेसम्म स्थगित

समाचार
पूर्णपुष्टि, चैत ६ प्रतिनिधि सभाको बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । बैठकमा लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । बैठकमा विभिन्न दलका नेताले सम्बोधन गरेका छन् । फागुन २३ यता प्रतिनिधि सभाका तीन वटा बैठक बसे पनि कुनै पनि सांसदले सम्बोधन गर्न पाएका थिएनन् ।...
डोटीमा छोरी बलात्कारीलाई जन्मकैद

डोटीमा छोरी बलात्कारीलाई जन्मकैद

समाचार
पूर्णपुष्टि,चैत ६ं आफ्नै छोरीलाई बलात्कार गर्ने डोटीका एक अभियुक्तलाई जन्मकैदको सजाय तोकेको छ । जोरायल गाउँपालिका–५ का डम्बर विकलाई बलात्कार कसुरमा जिल्ला अदातलले जन्मकैदको सजाय तोकेको हो । छोरी बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकलाई २५ वर्ष कैद सजाय सुनाएको हो । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई सजाय सुनाएको हो ।...
मुखबाट फिँज निस्किएको अवस्थामा दुई पुरुषको शव फेला

मुखबाट फिँज निस्किएको अवस्थामा दुई पुरुषको शव फेला

समाचार
पूर्णपुष्टि,चैत ६ मुखबाट फिँज निस्किएको अवस्थामा काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । शवको परिचय  खुलि नसकेको दक्षिणकाली प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । शव अहिले पनि घटनास्थलमा नै छ । शव भेटिएकामध्ये एक जना १८–१९ वर्षका अर्का २५–२६ वर्षका जस्ता देखिएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भारतीय युवा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ

भारतीय युवा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ६ एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौँको कान्तिपथबाट भारतीय एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भारत गोरखपुर घर भएका हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा आलमलाई पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।...
नक्कली सरकारी कर्मचारी बनेर ठग्ने १ जना पक्राउ

नक्कली सरकारी कर्मचारी बनेर ठग्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ६  सुर्खेतमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एक जना पक्राउ परेको छ । छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री पक्राउ परेको हो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र देखाएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नागुनाथ नाम गरेको गाउँपालिका नेपालमै छैन । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । महानगरीय अपराध महाशाखाबाट आएको पत्र अनुसरा पक्राउ गरी काठमाडौं पठाएको प्रहरीले जनाएको छ । मुद्दा ठगीको भएपनि घटनाको विस्तृत विवरण भने नआएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका बुढा तीन वर्षअघि प...
खोटाङमा एक महिला माथि अभद्र व्यवहार गरेको भन्दै कुटपिट गर्दा राईको मृत्यु

खोटाङमा एक महिला माथि अभद्र व्यवहार गरेको भन्दै कुटपिट गर्दा राईको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत ६ एक महिला माथि अभद्र व्यवहार गरेको भन्दै कुटपिट गर्दा एक युवाको ज्यान गएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको कुटपिटबाट मृत्यु भएको हो । राईको मृत्यु पश्चात प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो । राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प...
विश्व बैंकले दिने २ अर्ब ८० करोड वित्तीय सहायतामा हस्ताक्षर

विश्व बैंकले दिने २ अर्ब ८० करोड वित्तीय सहायतामा हस्ताक्षर

समाचार
पूर्णपुष्टि, चैत ६ नेपालको दिगो विकास लागी वन आयोजना कार्यान्वयन गर्न वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन डलर) बराबरको वित्तीय सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो । सम्झौताको कुल रकममध्ये ७१ करोड रूपैयाँ अनुदान र २ अर्ब ९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पु¥याउने अर्थ मन्त्रालय र विश्व बैंकको भनाइ छ । सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । यस आयोजनाले ५० वटा स्थानीय तहलाई सहयोग पु¥याउनेछ । आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर...
गाई फर्ममा आग्जनी, २० वटा गाई जलेर मरे

गाई फर्ममा आग्जनी, २० वटा गाई जलेर मरे

समाचार
पूर्णपुष्टि,चैत ६ आज सप्तरीको एक फर्ममा आग्जनी हुँदा १८ वटा गाई र दुई वटा बाच्छा जलेर मरेका छन् । अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा आग्जनी भएको हो । फर्ममा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आएको  छ । अहिले के–कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

समाचार
पूर्णपुष्टि,चैत ६ आज सुनको भाउमा गिरावट आएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले सस्तिएको नेपाल सुन चादी व्यावसायी महासंघले जनाएको छ । हिजो ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको भाउमा पनि आज गिरावट आएको छ । चाँदीको भाउ आज १५ रुपैयाँले सस्तिएर एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
वडाध्यक्ष होटलबाट पक्राउ

वडाध्यक्ष होटलबाट पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ६  बैतडीका एक वडाध्यक्ष होटलबाट पक्राउ परेको छ । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका हुन् । होटलमा शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई शुक्रबार बिहान करिब ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनीहरुलाई जिल्ला ल्याउदै गरेको प्रहरीले जनाएको छ ।...