Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषधसहित ६ जना पक्राउ

लागुऔषधसहित ६ जना पक्राउ

समाचार
झापा, चैत्र ६  झापाको छुट्टा छुट्टै तिन ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार साँझ साँढे ५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहिवार साँझ ७ बजे मेचीनगर नगरपालिका–१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४  बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ बर्षीय श्रवण...
उदयपुरमा बोल्न नसक्ने महिला करणी कसुरमा जन्मकैद

उदयपुरमा बोल्न नसक्ने महिला करणी कसुरमा जन्मकैद

समाचार
पूर्णपुष्टि,चैत ६ उदयपुरमा बोल्न नसक्ने महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा ४३ बर्षीय एक युवकलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले २० बर्षीया युवतीलाई करणी गरेको कसुर ठहर गर्दै त्रियुगा नगरपालिका–१२ का सुर्यबहादुर विकलाई जन्मकैदको फैसला सुनाएको हो । कसुरदारबाट असुल गर्ने गरी पीडितलाई क्षतिपुर्तिवापत २५ हजार र सरकारले सञ्चालन गरेको पीडित राहत कोषमा दुई हजार रुपैँया जम्मा गर्नसमेत आदेश दिइएको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । विकले २०७७  भदौ ३० गते बोल्न नसक्ने अशक्त महिलालाई करणी गरेको भन्दै पीडित पंक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले असोज २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार कार्कीले बताउनुभयो ।...
पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर खटिँदै

पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर खटिँदै

समाचार
पूर्णपुष्टि, चैत ६ सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सगरमाथा आधार शिविरमा सरकारले दुई जना डाक्टर पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको जनाएको छ । सरकारले खटाएका दुई जना र अर्का एक जना गरेर तीन जना डाक्टरलाई पर्यटन विभागले आउँदो शनिवार आधार शिविरतर्फ पठाउने जनाएको छ । डाक्टरहरूले जेठको १५ गतेसम्म सगरमाथाको आधार शिविरमै रहेर सेवा दिनेछन् । सगरमाथा आरोहणमा जानेहरूबाट सरकारले महँगो रोयल्टी लिने भए पनि आधार शिविरमा पर्याप्त स्वास्थ्य सेवा नभएको भन्दै गुनासो आउने गरेको थियो ।...
दुर्व्यवहार गर्ने शिक्षकलाई दले कालोमोसो

दुर्व्यवहार गर्ने शिक्षकलाई दले कालोमोसो

समाचार
पूर्णपुष्टि, चैत ६  चितवनमा एक माध्यामिक विद्यालयका शिक्षकलाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले कालोमोसो दलेका छन् । नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । विद्यार्थीहरुले शिक्षक गैरेले छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै आएका छन् । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको विद्यार्थीहरुले जनाएका छन् । विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् । त्यस्तै विभिन्न शिक्षक संगठन...
कोरोनाको तेस्रो लहर फैलिएसँगै फ्रान्सको केहि ठाउँमा लकडाउन

कोरोनाको तेस्रो लहर फैलिएसँगै फ्रान्सको केहि ठाउँमा लकडाउन

समाचार
पूर्णपुष्टि, चैत ६ कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फ्रान्समा फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित १५ ठाउँमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो । अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । लकडाउनका समयमा अतिआवश्यक बाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ । यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । समयमै खोप अभियान सञ्चालन नगरेमा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको ज...
अर्काको नागरिकतामा आफ्नो फोटो टास्ने १ जना पक्राउ

अर्काको नागरिकतामा आफ्नो फोटो टास्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ६  पर्सामा नागरिकता कीर्ते गर्ने एक जना पक्राउ परेको छ । पर्सागढी नगरपालिका–३ का सुजित थापा मगर नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेको हो । सुजितसँग दुई वटा नागरिकता रहेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो । बुधबार अपरान्ह गाउँमै हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुजितले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीमा पर्साको पर्सागढी नगरपालिका–३ बस्ने खुमबहादुर थापाको छोरा सन्तबहादुर थापाको नामको नागरिकता फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ पुस ४ गते जारी भएको ना.प्र.नं. ३४–०१–७५–१४२७४ को सक्कल नेपाली नागरिकता प्रमाणपत्र र सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि गरी दुई थान नागरिकता भेटिएको प्रहरीले जनाएको छ । तर प्रतिलिपि नागरिकतामा सुजितले सन्तबहादुरको फोटोको ठाउँमा आफ्नो फ...
मालपोतको शाखा अधिकृत घुस रकमसहित पक्राउ

मालपोतको शाखा अधिकृत घुस रकमसहित पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ५  मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकमसहति पक्राउ परेको छ । मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजाघरबाट बिहीबार दिउँसो करिब २ बजे अधिकृत जोशीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । शाखा अधिकृत जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।...
बलात्कारको झुटो मुद्दा लगाउने महिला ‘हनी ट्र्याप’मा पक्राउ

बलात्कारको झुटो मुद्दा लगाउने महिला ‘हनी ट्र्याप’मा पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ५  बलात्कार गरेको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर पक्राउ परेका छन् । होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको आरोपमा अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध लालसरीले गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।  तर उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष कैद र ६ महिना जेल सजायको फैसला गरेको प्रहरीले जनाएको छ । लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि पक्राउ गरेको छ । लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित ह...
उदयपुर सिमेन्ट उद्योेग सफलतामा बढ्दै गरेको दावी

उदयपुर सिमेन्ट उद्योेग सफलतामा बढ्दै गरेको दावी

समाचार
पूर्णपुष्टि, चैत ५ नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडले बजारीकरणमा सफल पाएको जनाएको छ । दुई वर्ष भन्दा बढी महाप्रवन्धकको पद रिक्त रहेको उद्योगले यहि माघदेखि नयाँ महाप्रवन्धक पाएपछि बजारीकरणमा सफल भएको उद्योगले जनाएको हो । महाप्रबन्धक गोपीकृष्ण न्यौपाने नियुक्त भएपछि उद्योगले माघ र फागुन महिनाको प्रगति विवरण प्रेस विज्ञप्तिमार्फ विहिबार सार्वजनिक गरेको छ । कोईलाको अभावले बन्द अवस्थामा पुगेको उद्योग महाप्रबन्धकमा न्यौपाने नियुक्त भएको १० दिन भित्रै कोईला लगायतका कच्चा प्रदार्थको बन्दोबस्त गरी संचालन गरेको, सिमेण्ट उत्पादन र विक्रिमा बृद्धि भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि अहिले ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको छ । कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथाको अन्त गरिएक...
ग्यास लिक भएर भिषण आगलागी, चार घर जलेर नष्ट

ग्यास लिक भएर भिषण आगलागी, चार घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि,चैत ५ ग्यास लिक भएर सप्तरीमा भिषण आगलागी भएको छ । आगलागीबाट चार घर जलेर पूर्णरुपमा नष्ट भएको छ । हिजो तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हरिकिसुन खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी भएको हो । आगलागीबाट चार घर जलेर नष्ट हुनुका साथै हरिकिसुन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट राति नै राजविराज ल्याइएको गाउँपालिकाले जनाएको छ । खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भएर खंगसहित रामचन्द्र खंग, नकछेदी खंगको चार घर जलेर नष्ट हुँदा घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमाननगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प...