Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

नेपाल–भारतबीच यातायात सञ्चालन गर्न सिफारिस

नेपाल–भारतबीच यातायात सञ्चालन गर्न सिफारिस

समाचार
पूर्णपुष्टि, चैत ५ नेपाल–भारतबीच यातायात सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल र भारतका १३ वटा रुटबाट पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीले जनाएको छ । तर यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत वर्षको चैत ११ गतेदेखि नेपालमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि नेपाल र भारतबीच यातायात सञ्चालन ...
शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ५ आज शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२.९५ अङ्कले बढेर २४ सय ७५.० नौ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ । दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा ...
मरिच, केराउ, छोकडा र सुपारी आयातको बन्देज हटाईयो

मरिच, केराउ, छोकडा र सुपारी आयातको बन्देज हटाईयो

समाचार
पूर्णपुष्टि, चैत ५ सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देज हटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाई परिमाणात्मक बन्देज लगाएको जनाएको छ । परिमाणत्मक बन्देज कति लाग्यो भन्ने जानकारी अहिल्यै भन्न नमिल्ने छ । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा निष्कासनको तयारी भइरहेको जनाईएको छ । कोरोना महामारीले देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो । यस अघि औद्योगिक प्रयोजनकालागि कोटा प्रणालीमा मरिच आयात गर्न दिइए पनि नधुल्याइएको मरिच, केराउ, छोकडा र सुपारीमा प्रतिबन्ध कायमै थियो । गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार ...
फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार पक्राउ

फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ५ फर्जी कागजात बनाएर ठेक्का हात पारेको आरोपमा एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ललितपुरको पुल्चोकबाट ठेकेदार रवीन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पक्राउ गरेको हो । महर्जनलाई ब्युरोको हिरासतमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रपछि सीआईबीले महर्जनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । देशका विभिन्न ठाउँ भएका विभिन्न बोलपत्रमा योग्यता नपुग्दा नपुग्दा फर्जी कागजात पेस गरी उनले ठेक्का हात पारेको आरोप छ । पक्राउ परेका महर्जन माथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।...
घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गयो

घरमा आगलागी हुँदा एक वृद्धको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ४ आज बिहान एक घरमा आगलागी हुँदा ललितपुरका एक महिलाको ज्यान गएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको जलेर ज्यान गएको हो । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।...
सिर्जनशील क्लबका कुरा : किन, कहाँ र कसरी ?

सिर्जनशील क्लबका कुरा : किन, कहाँ र कसरी ?

बिचार, साहित्य
यशु श्रेष्ठ नयाँनयाँ सिर्जनाले नै संसारलाई सकारात्मक र नवीन अनि सजिलो ढङ्गबाट अघि बढ्न सहयोग गरिरहेको हुन्छ । नवीन सिर्जनाका लागि झुकाव, चाख, लगाव, साधना र निरन्तरता आवश्यक पर्छ । यसका साथै विभिन्न छलफल, संवाद, तर्क, अध्ययन, अनुसन्धानले यो माझिँदै जान्छ र एउटा गन्तव्यमा पुग्न सक्दछ । त्यो गन्तव्यमा पुर्याउने एउटा बाटो हुन सक्दछ ‘सिर्जनशील क्लब’ । क्लब भएपछि यहाँ विभिन्न मस्तिष्क र विचारले बास गर्छन् । विचारका आदानप्रदान अनि सहयोगले हौसला, उत्साह प्रदान गर्छ, जसले काम गर्ने हातहरुलाई निकै धेरै फुर्ती ल्याइदिन्छ । एकअर्कामा गरिने मदत र दिने हौसलाले सबैलाई अगाडि बढ्न प्ररित गर्छ । सामुहिकताको विकास हुन्छ । नेतृत्व, तर्क गर्ने शक्तिको विकास, अधिकार र जिम्मेवारीप्रति वफदार हुन सिकाउँदछ । एकअर्काका दुःखसुख, संस्कार अनि संस्कृतिकोसमेत आदानप्रदान हुन्छ । एउटा फरक अभिभावकत्व प्राप्त हुन्छ । सामु...
श्रीमानसँगै होटलमा बसेकी एक महिला मृत फेला

श्रीमानसँगै होटलमा बसेकी एक महिला मृत फेला

समाचार
पूर्णपुष्टि, चैत ५ श्रीमानसँगै होटलमा बसेकी एक जना महिला धनगढीमा आज मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया मृत फेला परेकी हुन् । धनगढी–३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रोकाया भारतको पन्जाबमा बस्दै आएकी थिइन् । जग्गासम्बन्धी काम भएकाले उनी धनगढी आएको प्रहरीले जनाको छ । उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना शंकास्पद रहेकोले विशेष तरिकाबाट अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।...
होटमा आगलागी हुँदा पाँच लाख क्षति

होटमा आगलागी हुँदा पाँच लाख क्षति

समाचार
पूर्णपुष्टि,चैत ५ स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा आगलागी हुँदा पाँच लाख भन्दा बढी क्षति भएको छ । भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए । राति साढे ९ बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
आज सुनको भाउमा वृद्धी

आज सुनको भाउमा वृद्धी

समाचार
पूर्णपुष्टि,चैत ५ आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले वृद्धी भएको हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ रहेकोमा आज बढेर ८७ हजार दुई सय रुपैयाँमा  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको भाउमा पनि आज बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार दुई सय ९० रुपैयाँमा महासंघले जनाएको छ ।...
काभ्रेमा भूकम्पको धक्का महशुस

काभ्रेमा भूकम्पको धक्का महशुस

समाचार
पूर्णपुष्टि,चैत्र ५ काभ्रेमा आज भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका केही ठाउँमा पनि महसुस भएको छ ।