Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

११ को ग्रेडवृद्धि नतिजा सार्वजनिक

११ को ग्रेडवृद्धि नतिजा सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत ५ कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार हेर्न सकिने बोर्डले जनाएको छ ।...
पहाडी भूभागमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना

पहाडी भूभागमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, चैत ५ आज पहाडी भेगका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली हुने र तराईका क्षेत्रमा आंशिक बद्ली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अबको केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।...
उदयपुरको राजावासमा मोटारसाईकल दुर्घटना ः एक जनाको खुट्टा भाँचियो, अर्को प्रहरी नियन्त्रणमा

उदयपुरको राजावासमा मोटारसाईकल दुर्घटना ः एक जनाको खुट्टा भाँचियो, अर्को प्रहरी नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत्र ५ त्रियुगा नगरपालिका ९ राजावासमा बिहिबार भएको मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा सोहि स्थानका १५ बर्षिय नितेस दनुवारको खुट्टा भाँचिएको छ भने अर्का सामान्य घाईते प्रहरी नियन्त्रणमा रहेको छ । गाईघाट तर्फ आउने क्रममा दनुवारको ना ३४ प ६७ १० नम्वरको मोटर साईकलाई सोहि दिसाबाट आउँदै गरेको रौतामाई गाउँपालिका २ का १८ बर्षिय इसान मगरको अन्टेस्ट मोटर साईकलले ठक्कर दिँदाखेरी नितेस दनुवारको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते दनुवारलाई विराटनगर उपचारको लागि लगिएको छ भने मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । एउटै दिसाबाट आईरहेको अवस्थामा एकआपसमा उनिहरु ठोक्किएको प्रहरीले जनाएको छ । https://www.facebook.com/Purnapusti420730/videos/201475535064524  ...
बर्दियामा मान्छे आक्रमण गर्दै आएको बाघ समातियो

बर्दियामा मान्छे आक्रमण गर्दै आएको बाघ समातियो

समाचार
पूर्णपुष्टि, चैत्र ४ बर्दियामा मान्छेलाई आक्रमण गर्दै आईरहेको बाघलाई समातिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिनभयो । मंगलबार पनि उक्त बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको थियो । हालसम्म बाघको आक्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृत्यु भइसकेको सुवेदीले बताउनुभयो । नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने सुवेदीले जानकारी दिए । बाघलाई नियन्त्रणमा ...
उदयपुरमा नातिनि करणी गर्ने हजुरबाजेलाई जन्मकैदको फैसाला

उदयपुरमा नातिनि करणी गर्ने हजुरबाजेलाई जन्मकैदको फैसाला

समाचार
पूर्णपुष्टि, चैत्र ४ उदयपुरमा आफ्नै नातिनि करणीको आरोपमा ५६ बर्षिय बाजेलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसाला सुनाएको छ । नातिनि करणीको आरोपमा पुरपक्षको लागि कारागार चलान भएको त्रियुगा नगरपालिकाका ति बृद्धले आफ्नै ८ बर्षिय नातिनिलाई बलत्कार गरेको थियो । बृद्धले २०७७ साउन १२ गते पीडितलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोप छ । बालीकाको परिवारबाट भदौ ९ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता भएको थियो । पीडितको उजुरीपछि नियन्त्रणमा लिइएका बृद्धलाई जिल्ला अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । मंगलबार अन्तिम फैसला गर्दै जिल्ला न्यायाधिश माधवप्रसाद सिलुवालको एकल इजलासले कसुर ठहरसहित आजिवन कारावास र थप चार बर्ष कैद सजाय सुनाएको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । योसँगै जरिवानावापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत ...
आफ्नै श्रीमतीको हत्या गरी गहना लुटपाट गरेको पुष्टि

आफ्नै श्रीमतीको हत्या गरी गहना लुटपाट गरेको पुष्टि

समाचार
पूर्णपुष्टि, चैत्र ४ सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा शव फेला पर्यो । त्यो शव बल्खु स्थित ३२ वर्षीया सन्तोषी श्रेष्ठको रहेको पक्ता लाग्यो । घटना पछि अनुसन्धानका लागि प्रहरीले सन्तोषीको श्रीमान सन्तोष सापकोटालाई पक्राउ गर्यो । प्रहरीको बयानमा सन्तोषले श्रीमतीको हत्यापछि गरगहना लुटपाट गरेको बयान दिए । श्रीमती सँगको सामान्य विवादमा हतौडाले हानी श्रीमतीको हत्या गरेको र गरगहना लुटपाट गरेको पाइएको छ । लागुऔषाध दुव्र्यसनी समेत रहेको सन्तोषलाई ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा पक्राउ गरिएको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताउनुभयो । अनुसन्धानबाट सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोरा...
भारतमा नेपाली महिलाको गोली हानी हत्या

भारतमा नेपाली महिलाको गोली हानी हत्या

समाचार
पूर्णपुष्टि,चैत ४ एक नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीमा आज गोली हानी हत्या गरिएको छ । उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ बजेतिर मीनामाथि उक्त आक्रमण भएको थियो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र मीनालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको बताउनुभयो । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् । विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले बताएको छ ।...
झापामा हात्तीको आक्रमणबाट दुई घाईते

झापामा हात्तीको आक्रमणबाट दुई घाईते

समाचार
पूर्णपुष्टि,चैत्र ४ जङ्गली हात्तीले आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएको प्रहरीले जनाएको छ । इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली घाईते भएको हो । घाईतेहरु मध्य खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते भएको प्रहरीले जनाएको छ  । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।...
२७ बर्षीया युवतीलाई करणी गरेको आरोपमा ९४ बर्षीय बृद्ध पक्राउ

२७ बर्षीया युवतीलाई करणी गरेको आरोपमा ९४ बर्षीय बृद्ध पक्राउ

समाचार
पूर्णपुष्टि,चैत्र ४ स्याङजामा ९४ बर्षीय एक बृद्धलाई करणी जस्तो जघन्य अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुस्त मनस्थितिकी २७ बर्षीया युवतीलाई जंगलमा लगेर करणी गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हो । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी पछि तत्काल मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । बृद्धलाई प्रहरीले पहिल्यनै पक्राउ गरी मुद्धा चलाईसकेको थियो । तर यस्तो घटना बाहिर ल्याउँदा नराम्रो सन्देश जाने भन्दै सार्वजानिक नगरिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताउनुभयो । एसपी बोगटीले घर्तिले अपराध गरेको स्वीकार गरेको बताउनुभयोे । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी...
एउटै व्यक्तिको ३ वटा नागरिकता, दुरुपयोग गरेको आरोपमा पक्राउ

एउटै व्यक्तिको ३ वटा नागरिकता, दुरुपयोग गरेको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि,चैत्र ४ एउटै व्यक्तिले तीन वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ परेको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका–२ का ३७ वर्षीय कमल सुनार पक्राउ परेको हो । सुनुवारले बागलुङबाट एउटा मितिमा दुई फरक–फरक नामबाट दुई वटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो । सुनाले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ । सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्र...