Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

नेपाल प्रहरीको असई सहित ४ जना जुवाखालबाट पक्राउ

नेपाल प्रहरीको असई सहित ४ जना जुवाखालबाट पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ४ कैलालीमा नेपाल प्रहरीकको प्रहरी साहयक निरीक्षक (असई) सहित ४ जनालाई प्रशरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–७ का (असई) पुष्कर भट्ट, सोही नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ का ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भीमदत्त नगरपालिका–४ का ३७ वर्षीय सन्तोष चन्द रहेका छन् । कैलाली गोदवरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टले जानकारी दिनुभयो ।  ...
धरानबाट लागूऔषध सहित २ भारतिय पक्राउ

धरानबाट लागूऔषध सहित २ भारतिय पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ४ सुनसरीको धरानबाट मंगलबार दिउसो १ बजे लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बाटो खन्ने क्रममा डोजर दुर्घटनामा एक जनाको ज्याज गयो

बाटो खन्ने क्रममा डोजर दुर्घटनामा एक जनाको ज्याज गयो

समाचार
पूर्णपुष्टि, चैत्र ४ डोल्पामा डोजर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँ नजिकै काम गर्दै गरेको डोजर दुर्घटना भएको हो ।  एकको मुत्यु हुनुका साथै अर्को एक घाइते भएको छ । सुलिगार्ड–फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे डोजर दुर्घटना हुँदा जाजरकोटको नलगाड नगरपालिका–११ का १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी–११ का १५ वर्षीय एकराज बुढा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो । उनको हात खुट्टामा चोट लागेको छ । एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको डीएसपी पाण्डेले बताउनुभयो ।  ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

समाचार
पूर्णपुष्टि,चैत्र ४ पछिल्ला महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ । नेपाल आयल निगमले यो महिना पनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको छ । पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दई रुपैयाँले वृद्धी भएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सया १८ र डिजेलको एक सय १ रुपैयाँ पुगेको छ । हवाई ईन्धनको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले बढेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै रहेको निगमले जनाएको छ । यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने निगमले जनाएको छ । अर्धमासिक रूपमा  निगमलाई करिब एक अर्व २७ करोड ७० लाख घाटा रहिरहने...
भोजपुरमा यति धेरै लगानीमा यस कारणले बन्दै छ, सद्गुरुगोरखनाथबाबाको शिव मन्दिर

भोजपुरमा यति धेरै लगानीमा यस कारणले बन्दै छ, सद्गुरुगोरखनाथबाबाको शिव मन्दिर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २ बैद्धिक शक्तिले भरिपूर्ण रहेको सद्गुरुगोरखनाथ शिव मन्दिर भोजपुरमा पनि बन्ने भएको छ । सद्गुरुगोरखनाथ बाबाको अशिर्वाद र शक्ति निर्देशनमा भाजेपुरमा पनि यो मन्दिर बनाउन लागिएको हो । बिभिन्न बिषेश शक्तिको रुपमा उत्पति हुँदै आएको गोरखनाथ बाबा शिवले ठाउँ बिषेश तरिकाले शक्ति उत्पति गर्दै आउनुभएको भन्दै शक्ति पहिचान गरी भोजपुरमा पनि मन्दिर निर्र्माणको लागि सिल्यान्यास भएको छ । छुट्टा छुट्टै बिषेशतामा शक्ति उत्पति गर्दै आउनुभएको भन्ने आधारमा बिभिन्न ठाउँमा मन्दिर निर्माणको काम हुँदै आएको छ । त्रान्त्रिक विधिबाट देशको बिभिन्न ठाउँहरुमा ५ ओटा मन्दिर निर्माणको काम हुँदै आएको गोरखनाथ कल्यान केन्द्र नेपालले जनाएको छ । छुट्टाछुट्ै शक्तिको बिषेशतामा यो मन्दिर बिभिन्न ठाउँहरु सँग सम्बन्ध रहेको भन्दै हाल ३ ओटा मन्दिरहरु निर्माण गरिसकेको छ । अहिले सम्म नेपालको शिखरकोटमा पालुङ्...
उदयपुरमा खुकुरी प्र्रहारबाट भाउजु घाइते, देवर पक्राउ

उदयपुरमा खुकुरी प्र्रहारबाट भाउजु घाइते, देवर पक्राउ

समाचार
पूर्णपुष्टि,चैत ४ उदयपुरमा देवरको खुकुरी प्रहारबाट भाउजु घाईते भएकी छिन् । त्रियुगा नगरापालिका १० बोक्सेकी २५ बर्षिया मुना वि.क लाई आफ्नै देवर २३ बर्षिय मनोज बिकले खुकुरी प्रहार गर्दा भाउजु घाईते भएकी हुन् । खुकुरी प्रहार गर्ने देवर मनोज वि.क लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार पक्राउ गरेको छ । घाईते भाउजुको भने जिल्ला अस्पताल उदयपुरमा समान्य उपचार पछि थप उपचारको लागि बिराटनगर लगिएको छ । घरमा खाना खाने बिषयमा सामान्य बिबाद हुँदा उनले भाउजुलाई घाँटीमा धारिलो खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । घाईते बि.क.को घाँटीको पछाडी पट्टी चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । खुकुरी प्रहार पश्चात फरार रहेका बि.क.लाई प्रहरीको बिशेष टोलीले खोजतलासको क्रममा साँझ ६ बजे त्रियुगा नगरप...
लागूऔषधसहित २ जना भारतिय नागरिक पक्राउ

लागूऔषधसहित २ जना भारतिय नागरिक पक्राउ

समाचार
झापा, चैत्र ३ झापाबाट लागुऔष ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–१५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना भारतिय नागरिक पक्राउ परेका छन् । आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७  बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई ब्राउन सुगर १ सय५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ३  सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा दिउँसो करिब पौने ४ बजे जिप दुर्घटना हुदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा कमलामाइ नगरपालिका बाँसकोटका करिब ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा ११ जना सवार थिए ।...
हेलिकोप्टरमा चरा ठोक्कियो

हेलिकोप्टरमा चरा ठोक्कियो

समाचार
पूर्णपुष्टि, चैत ३  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान भर्ने क्रममा चरा ठोक्किएको छ । बिहान पौने १० बजे कठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्किएको हो । तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको विमानस्थलले जनाएको छ । हेलिकोप्टरले पाँच जना यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा थियो । हेलिकोप्टर अहिले ग्राउण्डेड गरिएको छ । चालक र यात्रु सकुसल रहेको जनाईएको छ ।  ...
७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स

७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स

समाचार
पूर्णपुष्टि, चैत ३  चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । साउनदेखि माघसम्म पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको सात महिनाको तुलनामा १०.९ प्रतिशतले धेरै हो । त्यस्तै अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको छ । सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको जनाईएको छ ।...